ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

‘चार बर्षमा हाम्रो नौ काम’

२६ मंसिर २०७८, आईतवार
२६ मंसिर २०७८, आईतवार

गुल्मी जिल्लामा पर्ने धुर्कोट गाउँपालिकामा साविकका नयाँगाँउ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु, धुर्कोट रजस्थल र वाग्ला गरी ७ गा.वि.स.हरु समावेस भएका छन् । गाउँपालिकाको पूर्वमा रेसुङ्गा न.पा., पश्चिममा मदाने गाउँपालिका, उत्तरमा मालिका तथा ईस्मा गाउँपालिका तथा दक्षिणमा अर्घाखाँची जिल्ला रहेका छन् । धुर्कोट गाउँपालिकाको केन्द्र वरवोटमा रहेको छ ।

स्थानीय तहहरुमा गुल्मीको धुर्कोट गाउँपालिकाको चर्चा फरक छ । धुर्कोट गाउँपालिको गरेको केही अभ्यास अरु पालिकालाई पनि सिकाइ हुन सक्छ । यसै हेतुले गाउँपालिकाका उपाध्यक्ष शिवबहादुर खत्रीसँग बुटवल टुडेले गाउँपालिकाको ४ बर्षको अवधिमा गरेका मुख्य कामको बिषयमा कुराकानी गरेको छ । प्रस्तुत छ उपाध्यक्ष खत्रीले उल्लेख गरेका मुख्य मुख्य कामहरुको सारसंक्षेपः

१) खरको छाना मुक्तः
गाउँपालिकालाई चार बर्षमा खरको छाना मुक्त अभियान सफल गर्न सक्यौं । प्रत्येक बर्ष कार्यक्रम र बजेट विनियोजन गरेर यो काम अगाडी बढाएका थियौं । अहिलेसम्म पालिकाभित्रका ५४६ घरका लागि निःशुल्क जस्ता पाता उपलब्ध गराइसकेको छौं । प्राविधिक स्टिमेटको आधारमा जस्ता पाता उपलब्ध गराएका हौं । अहिले धुर्कोटका गाउँमा खरको छाना भएका घर देखिदैनन् ।

२) कृषिमा किसानलाई प्रोत्साहनः
हाम्रो पालिका कृषिमा निर्भर पालिका हो । तर कृषितर्फ किसानकै जाँगर पलाउन सकिरहेको अवस्था नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको हुँदा हामीले पालिकाबाट कृषिमा प्रोत्साहन दिने कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाएका छौं । यो कार्यक्रमले बाँझो जग्गामा खेती गर्ने अभियान शुरु भएको छ । बाँझा जग्गा उपयोग सम्बन्धि कार्यविधि बनाई त्यसलाई कार्यान्वयनमा ल्याइएको हो ।

व्यवशायिक किसान र पशुपालकहरुलाई प्रोत्साहन स्वरुप नगद अनुदान दिने, टर्नेल प्रविधिबाट खेती गर्ने काम समेत भएको छ । सहकारी मार्फत पशुपालन कार्यक्रमलाई अगाडी बढाएका छौं । किसानले तयार गरेको खसी बोका सहकारीले खरीद गरी प्रतिकिलो ३५ रुपियाँ अनुदान उपलब्ध गराउने गरिएको छ । पालिकाका वडा नं. १, २, ३ र ७ बाख्राको पकेट क्षेत्रको रुपमा विकास भएको छ । यो कार्यक्रमको लागि पटक पटक गरेर करिब साढे ४ करोड बजेटको व्यवस्था गरिएको थियोा । किसानलाई सुरक्षित गर्नका लागि पालिकामा गाइ, भैंसी र बाख्राको वीमा गरिएको छ ।

३) पालिकाको पर्यटन प्रवर्धनः

पालिकामा रहेको बिचित्र गुफालाई नेपाल भर चिनाउने गरी संभाव्यता अध्ययनका साथै भौतिक पूर्वाधार विकास गरिरहेका छौं । धुर्कोट आउने पर्यटकलाई सुविधा पुग्ने गरी गुफा नजिक ५ कोठो आवासीय व्यवस्था गरिएको छ ।
पालिकाको सिल्टुङ चौर, धुर्कोट कोटको पुनःनिर्माण, सिढी निर्माण, अजमिरकोट, कुमारी देवी मन्दिरको पुनःनिर्माण र होमस्टको प्रवर्धन गरिरहेका छौं । शहिद शम्शेरबहादुर स्मृति पार्क बनिसकेको छ । धुर्कोटकोटदेखि बुढीकोटसम्म ग्रेटवाल बनाउने प्रक्रिया अगाडी बढेको छ । करिब ५ करोडको बजेट रहनेगरी गाउँपालिकाको साँझेदारीमा डिपिआर बनि ठेक्का सम्झौता भइसकेको छ । झल्याकोटमा रक गार्डेन बनाउने काम भइरहेको छ ।

४) विद्यालयको शैक्षिक सुधारः
हामीले विद्यालय तहलाई तल्लो कक्षाबाट सुधार शुरु गर्नुपर्छ भन्ने ठानेु बालबिकास केन्द्रको व्यवस्थापन,२०७६ साललाई कक्षा १ सुधार वर्ष कार्यक्रम राख्यौं । विद्यालयमा बगैचा सुधार, शिक्षक बैंक, स्थानीय पाठ्यक्रम निर्माण, शैक्षिक योजना निर्माणका काम गरिरहेका छौं । शैक्षिक गुणस्तर सुधार कार्यविधि २०७५ का आधारमा शैक्षिक कार्यक्रम संचालन भइरहेको छ ।

५) स्वास्थ्यमा जनताको पहुँचः
जनतालाई स्वास्थ्यमा पहुँच पुर्याउनेगरी हामीले काम गरिरहेका छौं । पालिकाको सवै वडामा स्वास्थ्य चौकी स्थापना भइसकेका छन् । त्यसमध्ये एक वटा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । प्रसुतीका साथै एक्सरे, ल्याबको सुबिधा छ । प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना एमबिबिएसका डाक्टर सेवा दिइरहनुभएको छ ।

पालिकाको ७ वटा वडामध्ये ६ वटा वडा घरमा शून्य प्रसुती वडा भइसकेका छन् । बाँकी रहेको वडालाई पनि घरमा शून्य प्रसूति वडा बनाउने गरी काम अगाडी बढेका छन् । पालिकाका १५ वेडको अस्पताल बनाउने काम पनि भइरहेको छ ।

६) महिला, बालबालिका तथा सामाजिक सुरक्षाः
घुम्ती शिवीर मार्फत घरमै पुगेर अपाङ्ता परिपत्र वितरण गर्ने गरेका छौं । बैंक मार्फत सामाजि सुरक्षा भत्ता टोलमै पुगरे दिने गरिएको छ । पालिकामा गाउँ विभाजन गरी ग्लोबल आइएमई बैंक, सनराइज बैंक र साइन रेसुङ्गा बैकले गाउँमै पुगी सामाजिक सुरक्षा भक्ता दिने गरेका छन् ।

७) भौतिक पूर्वाधारको विकासः
पालिकामा समुहगत रुपमा भेला भई हुने कार्यक्रमका लागि हामीले २ वटा सभा हल निर्माण गरिसकेका छौं । हाम्रो पालिका अपाङ्गमैत्री बनेको छ । वडाको भवनहरु बनिसकेका छन् । केही वडाहरुमा सभा हल समेत बनेको छ । कवर्ड हल बनिसकेको छ ।

सडक पूर्वाधारको कुरा गर्ने हो भने वडाबाट पालिकाको केन्द्रसम्म आउने जाने सडक स्तरोन्नती गरेका छौं । अब नयाँ सडकको ट्याक खोल्ने भन्दा पनि खनिसकेको सडकको स्तरोन्नती गर्नमा हाम्रो प्राथमिकता रहन्छ । पालिकाको केन्द्रभन्दा माथि शहिद शम्शेरबहादुर स्मृति पार्क बनिसकेको छ ।

८) यूवा उद्यमशिलताको विकासः
उद्यमशिलताको विकासको लागि कार्यविधि निर्माण गरि काम अगाडी बढेको छ । तालिम लिन चाहेको बिषयमा व्यक्ति छनौट गरी तालिममा पठाउने र हाजिरी प्रमाािणत गरी सेवा प्रदान गर्ने व्यवस्था गाउँपालिकामा छ । ३ महिने र ६ महिने तालिममा ३० जनाले भाग लिइसकेका छन् । तालिम लिएपछि उक्त तालिम व्यवहारमा लागु गरुन भन्ने हाम्रो उद्देश्य हो । त्यसरी काम भइरहेको पनि छ र हुने क्रममा छ ।

त्यसैगरी अध्यक्ष कप खेलकुद प्रतियोगिता, क्लब दर्ता, क्लबलाई खेल सामग्री हस्तान्तरण जस्ता कार्यक्रम नियमित रुपमा संचालनमा रहेको छ ।

९) एक घर एक धारा जडानः
खानेपानीको सुविधाका लागि एक घर एक धारा कार्यक्रम संचालनमा रहेको छ । हामी आएपछि करिब ३ हजार ७ सय घरधुरीमा ग्राभिटी र लिफ्टीङको माध्यमबाट खानेपानीको धारा पुर्याएका छौं । हाम्रो पालिकाको घरधुरी करिब ५ हजार हो ।
अहिले पालिकाभित्र ठूलाखोला मसुरेखर्क लिफ्टीङ खानेपानी र होमर खोला वखलढुंगा लिफ्टिङ खानेपानीगरी २ वटा आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

अबको २ महिनाभित्र ती खानेपानी आयोजना पुरा हुने अवस्थामा छ । यि खानेपानी आयोजना पुरा भएपछि करिब–करिब सबै घरमा खोपानीको पहुँच पुग्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?