ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

‘एक दिन विद्यार्थी नआउदा पनि कारण पत्ता लगाउने संयन्त्र बनेको छ’

१३ मंसिर २०७८, सोमबार
१३ मंसिर २०७८, सोमबार

रुपन्देहीको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय २०३१ सालमा स्थापना भएको विद्यालय हो । विद्यालयमा अहिले बाल कक्षादेखि कक्षा १२ सम्म करिब २ हजार विद्यार्थीले अध्ययन गर्ने गर्दछन् । उक्त विद्यालयको प्रधानाध्यापकको रुपमा नेत्रलाल पुरी रहेका छन् । २०७७ सालमा सैनामैना नगरपालिकाबाट उत्कृष्ट प्रधानाध्यापकको रुपमा पुरस्कृत गिरीले विद्यालयलाई २०७७ सालमा सर्वोत्कृष्ट र २०७८ सालमा उत्कृष्ट विद्यालयको पुरस्कार दिलाएका छन् ।

विद्यालय पालिका र जिल्लाको मात्रै होइन देश कै नमुना विद्यालय बन्ने होडमा अगाडी बढिरहेको छ । स्थानीय तहमा उत्कृष्ट विद्यालयको रुपमा परिचित यो विद्यालयमा प्राविधिक विषय बाहेकका अरु सबै विषय अध्ययन गर्न पाईन्छ । प्रस्तुत छ, कसरी विद्यालय अभिभावकको मन जित्दै उदाहरणीय बनिरहेको छ ? नमुना विद्यालय बनाउन कसरी विद्यालयले योजनाहरु बनाइरहेको छ ? भन्ने विषयमा विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीसँग गरिएको कुराकानीको सारसंक्षेप ।

तपाईको विद्यालयलाई कसरी चिनाउनु हुन्छ ?
हाम्रो विद्यालय पहिला शिक्षक, विद्यार्थी र अभिभावकको संगम स्थल हो । यहाँ विद्यार्थीले रोजेको, अभिभावकले खोजेको शिक्षा प्रदान गर्न प्रयत्न गरिरहेका छौं । त्यो सँगै यो विद्यालयले पछिल्लो समयको माग अनुसारको शिक्षालाई पछ्याई रहेको पनि छ । हामीले हाम्रा विद्यार्थीहरुलाई सक्षम बनाउन लागि परेको छौं । अनुशासित, योग्य विद्यार्थी उत्पादन गर्ने विद्यालयको रुपमा प्रयत्नशील विद्यालयको रुपमा चिनाउन चाहान्छु ।

तपाई यो विद्यालयमा आउनु अघि र पछिको अवस्थालाई कसरी तुलना गर्नु हुन्छ ?
पहिलो कुरा म यो विद्यालयमा प्रवेश गरेको भर्खरै पाँच वर्ष भएको छ । पहिले पनि विद्यालय चलेको थियो । म आएपछि संख्यात्मक र गुणात्मक रुपमा सुधार गर्न तर्फ लागेको छु । अहिले पनि त्यो काम निरन्तर जारी छ । पहिले करिब ५ सय विद्यार्थी थिए । अहिले कक्षा ११ र १२ गरेर करिब २ हजार विद्यार्थी यहाँ छन् । त्योसँगै शिक्षाको गुणस्तरको पनि विकासलाइ पहिलो प्राथमिकतामा राखेर सबै शिक्षक कर्मचारीले काम गरिरहनु भएको छ ।

हामीले प्रत्येक वर्षको नतिजा उत्कृष्ट ल्याएका छौं । नगर भित्रका १ सय ४५ वटा सुचकलाई पुरा गरेर नगरको नमुना विद्याललयका रुपमा घोषित भएका छौं । त्यो हाम्रा लागि अत्यन्त खुशीको कुरा हो । यो विद्यालयमा अहिले विज्ञान विषय, होटल म्यानेजमेन्ट, कम्प्यिुटर साईन्स, शिक्षा संकायको अध्ययन गराईरहेका छौं । हामीले प्राविधिक विषय बाहेका सबै विषय अध्ययन गराएका छांै ।

विद्यालयको राम्रा पक्षको विकास कसरी गर्नुभयो ?
विद्यालय परिवारले सधै विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने विषयमा बहस र छलफल गरिरहन्छ । सबैले देशका अरु विद्यालयले कसरी काम गरेका छन्, हामीले राम्रा कामको सिको पनि गर्ने गर्दछौं । त्यो बाहेक हामीले विद्यालयमा अनुशसित वातावरण निर्माण गरेका छौ । अभिभावकसँग हामी यति नजिक छौं कि, एक दिन विद्यार्थी विद्यालयमा आएन भने हामीले अभिभावसँगबाट हामीले त्यसको कारण पत्ता लगाउने गर्दछांै ।

विद्यालयमा शिक्षक विद्यार्थी अभिभावक र विद्यालय व्यवस्थापन समितिको मन एउटै भयो भने राम्रा काम गर्न सहज हुन्छ । हामीले साना कक्षाका बच्चाहरुको विकासका लागि आमा कार्यक्रम पनि सञ्चालन गर्ने गर्दछौं । सबै साना विद्यार्थी आमाहरुलाई विद्यालयमा डाकेर बच्चासँग कस्तो व्यवहार गर्ने खाने, बोल्ने र उनीहरुका आनिबानीका विषयमा छलफल चलाउने गरेका छांै ।

त्यसैगरि परिक्षामा सबै विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकलाई हामी उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरेर हौसला बढाउने काम गरेका छौं । विद्यार्थीलाई पनि हामीले परिक्षमा राम्रो गर्नलाई मासिक शुल्क मिनाह गर्ने गरि प्रोत्साहन गरिरहेका छांै । त्यसैगरि हामीले शिक्षकको सुविधालाई औषत विद्यार्थीको उपलब्धीसँग जोडेर हेर्न गरेका छांै । उपलब्धी बढ्यो भने शिक्षकको सुविधा पनि बढाउने गर्दछांै । हामीले विद्यार्थीलाई किताबी ज्ञानसँगै नैतिक शिक्षा र खेलको माध्यमबाट पनि अध्ययन गराउने गरेका छौं ।

विद्यालयको तहगत सिकाई उपलब्धीको समीक्षा गर्दा कुन विषयको राम्रो र कुन विषय कमजोर देखिएको छ ?
हाम्रो विद्यालयको पछिल्लो नतिजालाई हेर्दा तहगत सिकाई उपलब्धीमा सबै कक्षामा नेपालीमा राम्रो र गणित विषय कमजोर देखिएको छ । नेपाली हाम्रो मातृभाषा भएर पनि हुन सक्छ विद्यार्थीले छिटो बुझने र लेख्न पनि सक्ने भएकाले पनि समस्या छैनन् । तर गणित विषयलाई हामीले क्रमशः सुधार गरिरहेका छौं । बेला बेलामा परिक्षा लिने र विद्यार्थी उत्तीर्ण नभएसम्म पुन परिक्षाको व्यवस्था गरेर सुधारका लागि काम गरेका छौं ।

विद्यालयमा तपाईले चाहेको तर गर्न नसकेका कामहरु के के छन् ?
मैले विद्यालयमा चाहेर गर्न नसकेको काम भनेको पहिलो विद्यालयको भौतिक संरचना हो । त्यसपछि पर्याप्त मात्रामा यातायात र शिक्षक दरबन्दी हो । यसका लागि पहल भईरहेको भौतिक संरचनाका लागि पनि अहिले काम भइरहेको छ । हामीले नमुना विद्यालयका लागि डिपिआर तयार गरेर यो वर्ष करिब १ करोड ५० लाखको काम गर्ने योजनामा छौं । अरु विषयमा पनि विद्यालय व्यवस्थापन समितिको साथ र सहयोगमा कामहरु भईरहेका छन् । त्यसका स्थानीय सरकार, प्रदेश सरकार केन्द्रीय सरकारको सहयोगले मात्र हाम्रा योजना पुरा गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?