ट्रेंडिंग:

>> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल
एन्फाको ग्रासरुट बन्द

खेलाडीको पर्खाइमा एन्फा एकेडेमी

ग्रासरुट फुटवलको विकास गर्ने लक्ष्यसहित फिफाको नीति अनुसार अखिल नेपाल फुटवल संघले मोफसलमा एन्फा एकेडेमी सुरु गरेको थियो । धरान र बुटवलमा रहेको दुवै एन्फा एकेडेमीमा नयाँ ब्याचको खेलाडीको भर्ना २०७७ बाट बन्द भएको छ भने २०८० सालदेखि बजेट रोकिएको छ ।
६ श्रावण २०८०, शनिबार
६ श्रावण २०८०, शनिबार

बुटवल, ६ साउन ।

वर्षाको पानीले मैदानको दुबो हरियो छ । गोल्डकप सकिएको एन्फा बुटवल रंगरोगनबाट सजिएको छ । सुन्दर मैदान, मनमोहक पूर्वाधारमा खेलाडी भने छैनन् । केही महिना अघिसम्म देविनगरको फुटवल मैदानमा बिहान साँझ एकेडेमीका युवाहरु अभ्यास गर्दथे । एन्फाको २०७७ छनौट भएर बुटवल एकेडेमीमा आवासीय सेवासहित फुटवल सिक्न आएका उनीहरु नियमित अभ्यास गर्थे । मैदानमा दौड्ने, फुटवललाई खुट्टाले ड्रिबिल गर्ने, शुट हान्ने, छकाउने जस्ता सीपहरु प्रशिक्षकबाट सिक्थे ।

दिनभर विद्यालय जाने उनीहरु बिहान र साँझको समयमा फुटवलका ज्ञान प्रशिक्षक पुकार गहतराजले गराउँथे । क्लबस्तरको खेलबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी दिलिप क्षेत्रीले गोलकिपरलाई प्रशिक्षण दिन्थे । उनै एकेडेमीका फुटबल प्रशिक्षकहरु अहिले भने खाली छन् । नयाँ सत्रका लागि भर्ना गर्ने स्वीकृति केन्द्रबाट नपाउँदा अहिले एकेडेमी सुनसान छ । एकेडेमीका कोठाहरु खाली छन् । एकपटकमा २५ जना युवाहरुलाई शैक्षिक र आवासीय सुविधासहित निःशुल्क फुटबल प्रशिक्षण गराउँदै आएको एकेडेमीमा केन्द्रको बजेट रोकिएको हो ।

 एन्फा केन्द्रमा उत्पन्न विवाद जिल्लास्तरमा पुगेको छ । एन्फाका पदाधिकारी खेल विकासभन्दा नेतृत्वबीच एकअर्कामा दोषारोपणमा ब्यस्त छ । एन्फा एकेडेमी सञ्चालन गर्ने बारे समयमा निर्णय हुन नसक्दा एकेडेमी सुनसान भएको छ । एकेडेमीको पूर्वाधार खाली भएको छ ।

अखिल नेपाल फुटवल संघका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले केन्द्रमा बैठक बस्न नसक्दा ढिलाई भएको बताए । ‘एन्फाको केन्द्रीय बजेटबाट सञ्चालन हुँदै आएको थियो’—उनले भने । पुराना बच्चाहरु पास आउट भएर गैसकेको र नयाँ छनौट गर्नेबारे एन्फाको बैठक बस्न नसक्दा निर्णय अन्यौल भएको उनले बताए । एन्फाको बैठकबाट एकेडेमी चलाउन बजेट दिने वा अन्य कुनै निकास निकाल्ने उनले बताए । एन्फा केन्द्रबाट बजेट नहुने भए निकास निकालेर जिल्लालाई सञ्चालनको जिम्मेवारी दिईने उनले बताए । यता एन्फा एकेडेमी बुटवलका निर्देशक बुद्धि गुरुङले केन्द्रबाट नयाँ छनोटको लागि कुनै किसिमको जानकारी नआउँदा आफुहरु अन्यौलमा परेको बताए ।

विद्यालयहरुमा पहिलो चरणको परीक्षा समेत भएको हुँदा अब यो वर्षलाई एन्फामा भर्ना हुने सम्भावना टरेको उनले दुःखेसो गरे । केन्द्रबाट बजेट रोकिने मात्र नभई सञ्चालनको बाटो नखुलाउँदा एकेडेमी सुनसान भएको उनले बताए । तीन वर्षअघि केन्द्रबाट बजेट नपठाउँदा आफुहरुले न्यूनतम शुल्कमा दाता खोजेर एकेडेमी चलाएको उनले बताए ।

बच्चाहरुको डाईट, खानासहित वार्षिक ४० लाख रुपैयाँ पठाउँदै आएको केन्द्रबाट सहयोग रोकिएको छ । ‘वि.सं. २०७७ को ब्याचपछि नयाँ छनोट भएको छैन’—उनले भने । नजिकको स्थानीय केटाकेटीहरु साँझ बिहान मैदानमा सिक्न भने आउने गरेको उनले बताए । ‘बजेट रोकिदा नयाँ भर्ना लिन सकेका छैनौं’—उनले भने । यत्रो भव्य पूर्वाधार अलपत्र परेको उनको दुखेसो छ । खेलाडी उत्पादनको मुख्य आधार मानिएको ग्रासरुटलाई प्राथमिकता नदिनु दुखद भएको उनको तर्क छ ।

राष्ट्रिय टिमका स्ट्राईकर विमल घर्तीसहित दर्जनौ खेलाडीहरु जन्माएको रुपन्देहीको एन्फा बन्दा हँदा यसको असर नेपाली फुटबललाई परेको छ । एन्फा चेन्जको नारा बोकेर आउने नयाँ नेतृत्वबाट समेत फुटवल विकासभन्दा व्यक्तिगत स्वार्थको काम भएको खेलप्रेमीहरुको गुनासो छ । कोभिड १९ संक्रमणसंँगै विद्यालयस्तरको राष्ट्रिय कोकाकोला कप, मोफसलमा लिग प्रतियोगितालाई विकेन्द्रीकरण जस्ता कुनै खेलकुद गतिविधि भएन । जिल्लास्तरमा आयोजना गरिने फुटवल प्रतियोगिता नै पछिल्लो केही वर्षदेखि खेलको साख जगाउन काम भएको छ । यसले नयाँ युवा खेलाडी उत्पादन रोकिने छ । प्रत्येक वर्ष २५ जनाको दरले १२ वर्षमुनिका बच्चाहरुलाइ राखेर आवासीय सेवासहित फुटवल र शैक्षिक ज्ञान दिने गरेको एन्फा आर्थिक कारण नै रोकिनु दुखद भएको खेलप्रेमीहरुको दुखेसो छ ।

फुटवलमा नाम कमाएको रुपन्देही जिल्ला पछिल्लो समय सुस्ताएको छ । फुटवलको युवा खेलाडी उत्पादन गर्न सफल संघहरुको क्रियाशिलता घटेको छ । रुपन्देहीको गौरवको रुपमा हेरिने तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिता संचालन गर्न बुटवल उपमहानगरपालिकाबाट ३५ लाख रुपैयाँ, प्रदेश सरकारबाट १० लाख रुपैयाँसहित धेरै सौजन्यदाताहरुको सहयोगमा गतवर्ष सम्पन्न भयो । यो वर्ष भने बुटवल उपमहानगरपालिकाले तिलोत्तमा गोल्ड कप संचालनको बजेट घटाएको छ । अब केवल १० लाख रुपैयाँ पाउने भएको छ ।

प्रत्येक वर्ष खेल सकिएसँगै हिसाव सार्वजनिक गर्ने संघ ४÷५ महिना हुँदा यसपटक भने चुपचाप छ । अर्कोतर्फ नाम अनुसारको स्तरका टिम, खेलाडी र आयोजना हुन नसकेको धेरै गुनासो समेत आयो । ‘तिलोत्तमा गोल्डकप पछि मिटिङ समेत बसेको छैन’—एक सदस्यले भने । नयाँ नेतृत्व आएसँगै संघको पदाधिकारी, सदस्यहरुबीच छलफल र योजना समेत बन्न नसकेको उनको दुःखेसो छ । ‘हामी त नाममात्रका सदस्य भयौ’—उनले गुनासो गरे । जिल्लामा आवद्ध क्लबहरुको क्षमता अभिवृद्धि गर्न छुट्टयाएको बुटवल उपमहानगरपालिकाबाट विनियोजना भएको ८ लाख रुपैयाँ बजेट समेत फ्रिज भएको छ ।

फुटबल क्लबहरुलाई एकतावद्ध गराउने, नयाँ योजना दिने र खेल गतिविधि गराउने गरी जिल्ला नेतृत्व सशक्त र क्रियाशिल नभएको खेलप्रेमीहरु बताउँछन् । जिल्लाबाट सुरु हुने भागबण्डा प्रदेश र केन्द्रमा पुग्दा नै नेपालको फुटबलमात्र नभई हरेक खेल पछि परेको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?