© २०२३
बुटवल, ४ मंसिर । युवाहरुलाई क्रिकेट खेलप्रति आर्कषितगर्दै क्रिकेटर उत्पादन गर्ने लक्ष्यसहित बुटवलमा पाच दिने बुमन क्रिकेट क्याम्प शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा पृथ्वीनारायण शाह स्पोर्ट्स फाउन्डेसनको आयोजनामा पाच दिने वुमन क्रिकेट क्याम्प/सिरिज शुरु भएको हो ।
बुटवल उपमहानगरपालिका वडा नं १६ का वडाअध्यक्ष कृष्ण प्रसाद पौडेलले प्रशिक्षक घनश्याम थारुलाई बल हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका छन । क्रिकेट खेलप्रतिको युवा आर्कषणलाई मध्येनजर गरि खेल पूर्वाधार र प्रतियोेगितालाई पालिकाबाट कार्यक्रम अघि बढाएको उनले बताए ।
कार्यक्रममा पृथ्वीनारायण शाह स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष निरजप्रताप खाडले क्रिकेट खेल विकासमा फाउण्डेसनमार्फत वर्षेनी विविध कार्यक्रमहरु गर्दै आएको बताए । क्रिकेट बारे चाख बढाउने र फिल्डिङ, ब्याटिङमा आकर्षित गर्ने गरि कार्यक्रम गरिएको उनले बताए । निशुल्क प्रशिक्षण दिईने कार्यक्रममा धेरै विद्यालयबाट माग आएको उनले बताए । ‘करीब ३ दर्जन बढिलाई सहभागी बनाएर प्रशिक्षण शुरु भएको छ ।’— उनले भने ।
बुटवल क्रिकेट बिकास समितिका कार्यबाहक अध्यक्ष रोमित बज्राचार्यले रुपन्देही क्रिकेटको उर्वरुभुमी भएपनि यहा पूर्वाधार विकासमा सरकारको चासो जान नसकेको दुखेसो गरे । खेलाडीहरुलाई पूर्वाधार अभावकै कारण क्षमता विकासमा समस्या रहेको उनले बताए ।
क्याम्पसमा लेभल वान कोच घनश्याम थारु, शंकर राना, भुवन पाण्डे लगायतले ३ दिनसम्म प्रशिक्षण दिने छन । दुई दिने भने प्रतियोगिता गरिने संयोजक राजु रानाले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी