© २०२३
काठमाडौं ।
भारतको कर्नाटकाको यू-१९ टिमले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई पराजित गर्दै जारी सिरिज बराबरी गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज कर्नाटकाले नेपाललाई ५ विकेटले पराजित गर्दै सिरिज २-२ को बराबरी गरेको हो ।
नेपालले दिएको १०६ रनको लक्ष्य पछाएको कर्नाटकाले ३७ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ३५.२ ओभरमा अलआउट हुदै १०५ रन बनाएको थियो ।
यस सिरिजमा पहिलो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो ।
योसँगै ५ खेलको सिरिजमा नेपाल २-२ ले बराबरी भएको । अब सिरिजको पाँचौं तथा अन्तिम खेल विहिबार हुने छ ।
नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू-१९ एशिया कपको तयारीको रुपमा यो सिरिज खेलिरहेको छ ।
एशिय कपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी