ट्रेंडिंग:

>> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट

नेत्रहीन खेलाडी क्रिकेट मैदानमा

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

दाङ, ३ मङ्सिर ।

दाङको लमहीस्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा खेलाडीको चहलपहल बढेको छ । मुगुका १७ वर्षका पदम कार्की दृष्टिविहीन हुन् । पदमलाई क्रिकेटमा निकै चासो छ । उनी राम्रो खेल्छन् । नेपालको प्रतिनिधित्व गर्दै पाकिस्तानमा हुने नेत्रहिन टि–२० विश्व कप पुरुष क्रिकेटमा सहभागी हुने अवसर पाएपछि अहिले बन्द प्रशिक्षणमा निकै मेहनत गरिरहेका छन् ।

दाङको लमहीस्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बन्द प्रशिक्षण पदम जस्तै देशभरबाट छनौट भएका अरु खेलाडी पनि निकै मेहनत गरिरहेका छन् । आवाज दिएर स्टम्प छामेर सेतो बल भुईबाट गुर्काएर फालेपछि क्रिजमा रहेका अर्का दृष्टिविहीन खेलाडीले बललाई ब्याटको सहारामा प्रहार गर्ने काम अहिले उनको दैनिकी बित्ने गरेको छ ।

सागर लामा नेत्रहिन क्रिकेटको सिनियर खेलाडी हुन् । उनले यसअघि नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । यो पटक नेपालको टोली निकै सन्तुलित र परिपक्व देखिएकाले विश्वकप उचाल्ने लक्ष्यका साथ तयारीमा जुटेको सागर बताउछन् । अर्का खेलाडी सन्त पहरीलाई पनि यो पटक नेपालले विश्वकप उचाल्ने विश्वास लागेको छ । बन्द प्रशिक्षणका लागि समय केही कम भएपनि पाएको अवसर पूर्ण सदुपयोग गर्दै कडा मेहनतका साथ तयारी भईरहेकाले यो पटक नेपालले नेत्रहिन विश्वकप क्रिकेटको उपाधि जित्नेमा विश्वस्त छन् । नेत्रहीन क्रिकेट संघ नेपालले नोभेम्बर २१ बाट पाकिस्तानमा हुन लागेको टि–२० विश्व कप पुरुष क्रिकेटका लागि १५ जनालाई समेट्दै उनले खेल खेलिरहेका छन् ।

बन्द प्रशिक्षणमा रमेशबहादुर बानियाँको कतानीमा उपकप्तान दम बहादुर बडैला, सुनिल सुवेदी क्षत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, भरत थापा,प्रविन स्याङ्तान, मदन न्यौपाने, अमिश गुरागाईँ, सुनिल रानामगर, नरेश चौधरी पनि सहभागी भएका छन् ।

पुराना तथा अनुभवी खेलाडीसहित केही नयाँ प्रतिभावान खेलाडी समावेश गर्दै विश्वकपको तयारी गरिएकाले यो पटक नेपालको टीम सन्तुलित बनेको कप्तान बानियाँको भनाई छ । टि–२० विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर ३ सम्म पाकिस्तानमा हुँदैछ । प्रतियोगितामा नेपाल, पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, साउथ अफ्रिका, न्युजिल्याण्ड र अफगानिस्तान गरी ८ देश सहभागी हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%