ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

मल छैन ‘मुरिको आश’

अन्नभण्डारको रूपमा रहेको कपिलवस्तु जिल्लामा ७० प्रतिशत भन्दा बढि खेतमा मल विना नै रोपाई गरिएको छ । खेतमा धान रोप्दा हाल्नुपर्ने डिएपी मल किसाले पाएनन् भने टप ड्रेसको लागि चहिने युरिया मल समेत अभाव रहेको छ ।
५ श्रावण २०८०, शुक्रबार
५ श्रावण २०८०, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु), ५ साउन । अन्नको भण्डार भनेर चिनिने जिल्ला हो, कपिलवस्तु । जहाँ यतिबेला करिब ७० प्रतिशत रोपाई सकिएको छ । तर मल विनाको रोपाई भएको भन्दापनि फरक नपर्ला । हरेक खेतिपातीको सिजनमा किसानलाई चिन्ता हुने गर्दछ, त केवल सिंचाई र मलको ।  “अकाशे सिंचाईको भरमा सुरु भएको खेतिपाती मल बिना नै सकिन्छ” विजयनगर गाउँपालिकाका कृषक कृष्णबहादुर थारु भन्छन् ।

सिंचाईको उचित व्यवस्थापन नहुदा अधिकांश किसानहरू पम्पसेट कै भरमा धान रोप्ने गरेका छन् । खेतिपातीको सिजनमा पर्याप्त रूपमा अकाशे पानीसमेत नपर्दा असार सकि सक्दा रोपाई सकिएको छैन् । पर्याप्त बर्षा नहुँदा उनीहरू पम्पसेट कै भरमा सिंचाई गरेर धान रोप्न बाध्य भएको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरी बताए । उनले भने ः “यहाँ नहर कुलो, सेलो टियुवेल, खोलानाला र पोखरी लगायतबाट पानी तानेर सिँचाई गर्ने गरिएको छ । समयमा पानी नपर्दा रोपाईका लागि कृषकहरूले पम्पसेट कै सहारा लिनुपर्ने बाध्यता रहेको छ ।”

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रविन्द्रनाथ चौबेले पानी नपरेकै कारण असार सकि सक्दासमेत मुस्किलले जिल्लामा ७० प्रतिशत रोपाई सकिएको बताए । यतिबेला स्थानिय कृषकहरूले धान रोप्नका लागि पोखरी कुलो लगायत नहरबाट पम्पसेटले खेतमा सिंचाई गरेर धान रोप्ने गरको उनले जनाए । बिउ बिजन, मलखाद नपाउँदा मर्कामा परेका कृषकहरूलाई प्रकृतिले समेत साथ नदिँदा उनीहरू समस्यामा परेको उनको भनाई छ । जिल्लामा ६ हजार ९ सय ३३ मेट्रिक टन युरिया, २ हजार ९ सय ४४ मेट्रिक टन डिएपी र २०२ मेट्रिक टन पोटास असारसम्म बिक्री भएको चौबेले जनाए ।

शिवराज नगरपालिका वडा नम्बर–११ मरजादपुरका कृषक आनन्द यादवले पानी नपरेकोले पोखरीबाट पम्पसेटले पानी तानेर धान राप्ने गरेको बताए । ‘पानी परेको छैन, बल्लतल्ल बीउ राखेको थिए, पम्पसेटले सिँचाई गरी धान राप्ने गरेको छु’ ः उनले भने । मजदुरको ज्यालासमेत बढेको र त्यसैमा झन पम्पसेटले सिंचाई गर्नुपर्दा धान खेतीमा धेरै लागत बढको उनले बताए । समयमै बर्षा भएन भने धान मात्र होईन अन्य बाली लगाउन समेत पम्पसेट कै साहारा लिन् पर्ने यादवले बताए ।

शुद्धोधन गाउँपालिकाको लवनीका किसान विश्वम्भर कुर्मीले आफुले पम्पसेटले नै सिंचाई गरी बल्लतल्ल धान रोपेको बताए । ‘पानी परको छैन, धान खेतीका लागि अहिले पम्पसेट कै साहारा छ’ । कुर्मीले थपे– ‘महंगो डिजलले पम्पसेट चलाउनु पर्छ, धान खेतीको लागतसमेत धेरै बढेको छ’ उनले भने । पोखरीबाट सयम मिटर बढी सेक्सनपाईप जोडर पम्पसेटले पानी तानेर खेतमा पानी ल्याएको उनले बताए । सरकारले कृषि क्रान्तिको नारा मात्र लिएर कृषकहरूलाई झुक्काउने गरेकोभन्दै सिँचाई नहँुदा कृषकहरू मारमा परेको उनले बताए ।

अहिले गाँउगाउँमा कृषकहरूले खेतमा पम्पसेटले सिंचाई गरिरहेको दुश्य समान्य जस्तै बनेको देखिन्छ । महारजगञ्ज नगरपालिका कृषक नरसिंह कोहारले भने– “ऋण गर्जो गरेर खेती गर्छौं तर समयमा पानी नपर्दा लगानीमात्र नभई श्रमपनि खेर जाने गरेको छ ।” सरकारले सिँचाईमैत्री निति ल्याएर गाउँगाउँमा कृषि गर्न खोज्ने कृषकहरूलाई सहयोग गर्नुपर्नेे कृषकको भनाई छ ।
यता कृषि सामग्री कम्पनी लिमिटेड बहादुरगञ्ज शाखा प्रबन्धक तारा प्रसाद खनालले सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रमा जाने गरेको बताउँदै पालिकामा खेतियोग्य जमिन क्षेत्रफलको आधारमा दर्ता भएका सहकारीलाई कृषकको माग अनुसार पालिकाको कृषि शाखाले पठाएको तथ्यांकमा कृषि सामाग्री कम्पनीले मल पठाउने गरेको उनको भनाई छ । उनका अनुसार यो बर्खाको सिजनमा २ सय मेट्रिक ट्रन परेको छ । यतिबेला शिवराज, कृष्णनगर, बुद्घभूमि, विजयनगर लगायतको पालिकामा मात्रै १० हजारदेखि १२ हजार मेट्रिक ट्रन आवश्यकता रहेको प्रबन्धक खनालको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका अनुसार समयमा बर्षा नहँुदा अहिले कषकहरू पम्पसेटले सिंचाई गरेर बलजफ्ती खेती गरिरहेका छन् । खेतीयोग्य जमिनको २० प्रतिशतमात्र सिंचाई सुविधा पुगको छ । बाह्रै मासे खेती हुने क्षेत्रफल भने केवल ६ प्रतिशत मात्र रहेको छ । सिंचाईको सुविधा नहँुदा कृषक मारमा पर्ने गरेका छन् । जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिन भएपनि ८१ हजार ५७६ हेक्टरमा खेती हुँदै आएको छ ।
जसमध्ये ७१ हजार ५ सय हेक्टरमा धान खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभर बर्खा सिजनको लागि मात्र ७७ हजार मेट्रिक ट्रन युरिया, ३६ हजार मेट्रिक ट्रन डिएपी र १४ हजार मेट्रिक ट्रन पोटास लगायतको रासायिनक मलको आवश्यकता रहेको छ । खेतियोग्य जमिनको आधारमा धान, मकै लगायत अन्न बालीका लागि ६० प्रतिशतमात्रै अनुदान मलको आपूर्ति भएपनि जिल्लाका किसानहरूलाई मलको समस्या समाधान गर्ने ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?