© २०२३
काठमाडौं,४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्वीन्टल सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले एकजना भन्सार एजेन्टसमेत ६ जनालाई पक्राउ गरेको हो ।
नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । स्रोतका अनुसार पक्राउ पर्नेमा आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दीलिप भुजेल, सुन हालेर लैजान लागिएको ट्याक्सीको चालकसहित रहेको बताइएको छ । अनुसन्धान प्रभावित हुनसक्ने भन्दै पक्राउ परेकाहरूको नाम खुलाइएको छैन ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
विभागले विमानस्थल भन्सार कार्यालयको गेटअगाडि सुन बरामद गरी तत्काल दुईजना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चारजना पक्राउ गरिएको ढुंगानाले बताए ।
सुन हङकङबाट ल्याइएको स्कुटरको पार्टसमा रहेको बताइएको छ ।
‘