ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

दाङ,२७ मङ्सिर ।

घोराही उपमहानगरपालिका -५ धर्नाकि  बसन्ता के सीले व्यवसायीक रूपमा कुखुरा पाल्न थालेको ८ वर्ष भयो । उनले घरछेउमा  दुई वटा ठुला खोर बनाएकी छन् ।

पछिल्लो पटक राखेका कुखुराले अन्डा दिन थालेको पनि  १ वर्ष भयो।  घरमा  खाली बस्नु भन्दा केही गरौँ भनेर श्रीमान् श्रीमतीले सल्लाह गर्‍यो अनि कुखुरा पालन सुरु गरेको उनले बताइन् । पहिलो पटक कुखुरा  पाल्दा राम्रो आम्दानी भयो  । अहिले उनका २ वटा  कुखुरा फर्ममा  २००० कुखुरा छन् ।

दैनिक  १० बाल्टिन अण्डा उत्पादन हुने गरेको उनले बताइन् । व्यापारी  दैनिक घरमै अण्डा लिन आउँछन् , बिक्रीको कुनै समस्या छैन । कुखुरा पालनबाट राम्रो आम्दानी भएपछि घर देउमा दुई वटा पोखरी खनेर माछा पनि पालेकी छन् । माछाबाट पनि राम्रो आम्दानी भएको छ ।

दुई वटा छोरा छन् उनीहरू यहाँ बस्न मान्दैनन् विदेश जाने तयारीमा छन् । बिए पास गरेका दुबै जना पढ्न, कमाउन विदेश जाने सोचाइ गरेका छन् । उनीहरूलाई रोक्न सकेको छैन , आजभोलिका केटाकेटी आफ्नो खुसी गर्न खोज्छन् केही भन्न सकेको छैन, उनले भनिन् । माछा १ हजार रुपैयाँ किलोमा बिक्री हुन्छ ।

अण्डाको साइज अनुसार मूल्य हुन्छ। ठुलो साइजको ५५० रुपैयाँ क्यारेट, सानो ४५० देखि ४०० सम्ममा बिक्री हुने गरेको उनले बताइन् ।  कुनै दिन ५०र ६० हजारको अण्डा बिक्री हुन्छ । कुखुरा पालनमा श्रीमानले सहयोग गर्ने भएकाले सजिलो भएको उनले बताइन् । यही पेसाबाट गाउँमै १० कट्ठा जमिन थपेको बताइन् ।

मान्छेको इच्छा शक्ति हुने हो भने आफ्नै गाउँठाउँमा  प्रशस्त आम्दानी गर्न सकिने उनको भनाइ छ।   तुलसीपुर उपमहानगरपालिका (१७ बघौसीका अनिता शर्माले विगत ६ वर्षदेखि व्यावसायिक रूपमा कुखुरा पाल्दै आएकी छन् ।

उनले २० लाख लगानी गरेर दुई वटा खोर बनाएर कुखुरा पालन  सुरु गरेकी हुन् । श्रीमान् पैसा कमाउन विदेश जाने तयारी गर्दै हुनुहुन्थ्यो तर मैले यही केही गरौँ भनेर कुखुरा पालन सुरु गरेकी हु । अहिले श्रीमान् श्रीमती मिलेर राम्रो कमाई गरेका छौ ।

एक जना स्थानीयलाई रोजगारी पनि दिएको उनले बताइन । अण्डा दिने कुखुराले  पाल्न सुरुको ४ महिना मै अण्डा दिन सुरु गरेपछि आम्दानी सुरु भयो । व्यापारी घरमै आउँछन् बिक्रीको कुनै समस्या छैन , उनले भनिन् । ६  जनाको परिवार छ, सबै खुसी भएका छौँ ।

दैनिक १५  देखि २० हजार आम्दानी हुने गरेको उनले बताइन् । सानोतिनो काम नभनेर आफ्नो गाउँ ठाउँमा काम गरेर प्रशस्त आम्दानी गर्न सकिने उनले बताइन् ।
घोराही उपमहानगरपालिका पशु शाखा प्रमुख खिमबहादुर बस्नेतले पशुपालनमा सानो लगानी गरेर पनि राम्रो आम्दानी हुने बताए ।

कुखुरा पालन गर्ने किसानलाईलाई पालिकाले पनि प्राबिधिक सहयोग दिने गरेको उनले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?