ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

काठमाडौं ।

लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ ।

लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ ।

कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको उत्कृष्ट बलिङ प्रदर्शनपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गरेको थियो । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै उपाधि हात पारेको हो ।

लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्ला ६ खेलमा लगातार जित हात पारेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा हार बेहोरेको लुम्बिनी एक समय लिग चरणबाटै बाहिरिने खतारामा पुगेको थियो । तर त्यसपछि सानदार पुनरागमन गर्दै टोलीले अन्ततः एनपीएलको उपाधि जित्न सफल भयो ।

लुम्बिनीका ओपनर दिनेश अधिकारीले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि टोलीले आक्रामक सुरुवात गरेको थियो । सो ओभरमा लुम्बिनीले २७ रन जोडेको थियो ।

दिनेशले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्का प्रहार गरी ४२ रन बनाए । पहिलो विकेटका लागि उनले डार्सी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेका थिए ।

हेमन्त धामीले पाँचौँ ओभरमा सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडे । सर्ट १४ बलमा १३ रन बनाएर पाँचौँ ओभरको पहिलो बलमा बोल्ड भए भने दिनेश सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याच आउट भए ।

कप्तान रोहित पौडेलले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन योगदान गरे । निरोशन डिकवेलाले १२ बलमा अविजित ११ रन बनाए भने दिलिप नाथले विजयी रन जोडे ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो । सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएल इतिहासको संयुक्त चौथो न्यून स्कोर हो भने फाइनलको सबैभन्दा कम योगफलसमेत हो ।

लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको धारिलो बलिङपछि सुदूरपश्चिमको इनिङ्स धराशायी बनेको थियो ।

सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । ५१ बल खेलेका उनले १ चौका प्रहार गरे । चौथो विकेटका लागि कप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर उनले २५ रनको साझेदारी गरेका थिए ।

कप्तान दीपेन्द्रले २० बलमा १ छक्का प्रहार गर्दै १३ रन बनाए । हर्मित सिंह र स्कट कुगेलेइनले समान १०–१० रन जोडे ।

सुदूरपश्चिमको इनिङ्स ध्वस्त पार्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए । रोहितले ११औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले दीपेन्द्र सिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई लगातार आउट गरेका थिए । रोहितले ४ ओभरमा १२ रन मात्र खर्चिए ।

रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?