ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

सल्यान, २७ मङ्सिर ।

वर्षौँदेखि सास्ती बेहोर्दै आएका सल्यान कपुरकोट क्षेत्रका स्थानीयहरू तथा विद्यार्थी चुनढुङ्गा बोकेका अत्यधिक भारवाहक टिप्पर सञ्चालनमा रोक लगाउँदै सडकमै उत्रिएका छन् ।

कपुरकोट–कोइला सडक खण्डमा सयौँको सङ्ख्यामा चल्ने टिप्परहरु सञ्चालनमा रोक लगाउँदै स्थानीयहरूले सडक पूर्ण रूपमा कालोपत्रे हुनुपर्ने माग गरेका छन् । बुधबार कपुरकोट गाउँपालिका वडा नम्बर ५ स्थित मिलन बजार व्यवस्थापन समिति र मिलनबजार युवा क्लबले यसको नेतृत्व गरिरहेका छन् ।

बुधबार १२७ बढी स्थानीय एवं सरोकारवालाको भेलाले टिप्पर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी बिहीबार जिल्ला प्रशासन कार्यालय सल्यान, जिल्ला प्रहरी कार्यालय तथा कपुरकोट गाउँपालिकामा गएर दिइसकेको पनि मिलन बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर विकले बताए ।

“हाल टिप्पर चल्न दिएका छैनौँ । ठप्प छन्”, उनले भने, “वर्षौँदेखिको अत्यधिक धुलो, सडकको जीर्ण अवस्था, खाल्डाखुल्डी र भारी टिपर आवत जावतका कारण स्थानीय जीवन, स्वास्थ्य र बालबालिकाको सुरक्षामा गम्भीर असर परेको छ । विद्यार्थी पनि सडकमा उत्रिसकेका छन् ।”

चुनढुङ्गा सम्बन्धी खानी उद्योगले हाल सडकमा ट्याङ्करबाट पानी खन्याएर धुलो कम गर्ने प्रयास गरे पनि त्यसलाई कम्पनीको नाटकको संज्ञा दिँदै अध्यक्ष विकले अघि भने, “यस्ता ललिपप धेरै देखियो । सडक कालोपत्रे गरेपछि मात्र टिप्पर चल्न दिन्छौँ । अरू विकल्प छैन ।”

स्थानीयका अनुसार कपुरकोटदेखि कोइला सडक खण्डमा चल्ने सिमेन्ट उद्योगसम्बन्धी भारी टिप्परहरुले वर्षौँदेखि सडक भत्काउँदै आएका छन् ।

अत्यधिक धुलो, सडकको भत्किएको अवस्था, साना तथा मझौला सवारीको जोखिम, विद्यालय जाने बालबालिका र पैदल यात्रुका लागि दैनिक सास्ती, साथै वातावरणीय प्रदूषण र स्वास्थ्यमा परेको गम्भीर असर सम्बन्धी गुनासो स्थानीयहरूले लगातार उठाउँदै आएका छन् ।

स्थानीय वासी, विद्यालयका विद्यार्थी र प्रभावित बस्तीमा पुगेको असरको स्थलगत अनुगमन गरी निर्णय कार्यान्वयनमा आवश्यक सहकार्य गर्न सम्बन्धित सबै निकायलाई आग्रह पनि गरिएको मिलनबजार युवा क्ल्वका अध्यक्ष झलक वलीले जानकारी दिए ।

यसअघि पनि रोल्पा सिमेन्ट प्रालि, चुनढुङ्गा सम्बन्धी उद्योग र स्थानीय तहबीच पटकपटक सहमति भए पनि कार्यान्वयन नहुँदा स्थानीयहरू निराश बनेका थिए । विशेषगरी २०७९ मा भएको सात बुँदे सहमति र त्यसपछि भएको सम्झौताहरु उद्योगहरुले पालना नगरेको स्थानीयको आरोप छ । यही कारण अन्तिम विकल्पका रूपमा स्थानीयले अब सडक कालोपत्रे नहुँदासम्म टिपर बन्द गर्ने कडा निर्णय गरेका हुन् ।

२०७९ मा कपुरकोट गाउँपालिका, उद्योगी तथा टिप्पर व्यवसायीबीच भएको सात बुँदे सहमतिमा सडकको नियमित मर्मत, धुलो नियन्त्रण, आरसीसी ढलान वा कालोपत्रे गर्ने पहल, विद्यालय तथा कार्यालय आउजाउ गर्ने समयमा टिप्पर रोक्ने, वार्षिक २५ लाखको सामाजिक उत्तरदायित्व कोष, स्थानीयलाई रोजगारीमा प्राथमिकता, संयुक्त अनुगमन लगायतका स्पष्ट व्यवस्था गरिएको थियो ।

तर यी सबै बुँदाहरु व्यवहारमा लागू नभएपछि स्थानीयले निर्णायक आन्दोलन गर्नुपरेको बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?