ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

कतार, २७ मङ्सिर ।   

कतारमा कार्यरत नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली सङ्घ,राष्ट्रिय समन्वय परिषद् कतारको २३ औ स्थापना दिवसको अवसर पारेर नासिम सर्किजल मेडिकल सेन्टरको समन्वय तथा सहयोगमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

स्वास्थ्य परीक्षणमा करिब ६५० जना नेपालीहरू सहभागी भएका थिए, जस मध्य ३८६ जना सहभागीहरूलाई  प्रत्यक्ष स्वास्थ्य परीक्षण गरिएको थियो । समय अभावका कारण चेकअप गराउन बाकी रहेका १८५ जनालाई आगामी डिसेम्बर ३१ तारिक सम्म चेकअप गराउन पाउने व्यवस्थापन सहित भौचर उपलब्ध गराइएको छ ।

विशेषज्ञ चिकित्सकहरूद्वारा रक्तचाप, सुगर, कोलेस्ट्रोल, बिएमआइ परीक्षण, सामान्य,दन्त परामर्श तथा आधारभूत स्वास्थ्य परीक्षणका साथै सामान्य चिकित्सकीय परामर्श सेवा प्रदान गरिएको थियो । विशेषज्ञ चिकित्सकहरूको टोलीले श्रमिकहरूलाई नियमित स्वास्थ्य परीक्षणको आवश्यकता र रोगबाट जोगिन अपनाउनुपर्ने जीवनशैलीबारे सल्लाह सुझाव समेत दिएका थिए ।

परीक्षण कार्यक्रममा सहभागी एनसिसी कतारका सल्लाहकार यास्मिन नाजले यस्ता  कार्यक्रमले कतारमा काम गरिरहेका नेपाली श्रमिकहरूलाई ठुलो राहत र अपार फाइदा पुगेको बताइन् । कार्यक्रममा अन्य सहभागी रहेका नेपालीहरूले कतार जस्तो मुलुकमा यस्ता निःशुल्क स्वास्थ्य सेवाले आफूहरूलाई राहत भएको प्रतिक्रिया दिँदै गैर आवासीय नेपाली सङ्घ, एनसिसी कतारप्रति आभार प्रकट गरेका थिए ।

स्थापना दिवसको अवसरमा केक काटेर खुसीयाली मनाउँदै नेपाली सङ्घका अध्यक्ष कृष्ण पन्थीले कतारमा कार्यरत नेपालीहरूको स्वास्थ्य जगेर्ना गर्नु हाम्रो पहिलो प्राथमिकता भएको बताउँदै यस्ता पहलले श्रमिकहरूलाई ठुलो सहयोग पुग्ने बताए । गैर आवासीय नेपाली सङ्घले विभिन्न समयमा कतारमा रहेका नेपाली श्रमिकहरूको हक हित तथा लाभदायक हुने काम गर्दै आइरहेको छ भने सङ्घले आगामी दिनमा फेरि यस्तै स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा एनआरएन अभियन्ता, समाजसेवी, बुद्धिजीवी पत्रकार लगायत नेपाली तथा अन्य समुदायका कामदारहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?