ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

काठमाडौँ ।

घर निर्माणका लागि अत्यन्तै महत्वपूर्ण मानिने सिमेन्ट उत्पादनमा अर्घाखाँची सिमेन्ट उद्योगले गम्भीर लापरबाही गरेको खुलासा भएको छ। बढी नाफा कमाउने लोभमा उद्योगले कम गुणस्तरको सिमेन्ट उत्पादन गरी बजारमा बिक्री गरिरहेको अनुगमनका क्रममा पुष्टि भएपछि उद्योगमाथि कडा प्रश्न उठेको छ। यही कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार जरिवाना गरेको छ।

घर निर्माणको मुख्य सिजनमै निकृष्ट सामान उत्पादन गरिनुले उपभोक्ताको जीवन र सम्पत्तिमा गम्भीर जोखिम देखिएको विभागको भनाइ छ। पटक–पटक ध्यानाकर्षण दिइँदै आएको भए पनि उद्योगले ऐनअनुसार सुधार नगरेपछि यो कारबाही गरिएको हो। विभागका अधिकारीहरूका अनुसार यस्तै गल्ती निरन्तर दोहोरिए उत्पादन तथा बिक्री वितरण नै रोक्ने तयारी भइरहेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ मा उल्लेखित कसुरमा उद्योग दोषी ठहरिएपछि सोही ऐनको दफा ३९ को उपदफा (१) बमोजिम जरिवाना गरिएको हो। विभागले आइतबार काठमाडौँ र रूपन्देहीका विभिन्न उद्योग तथा प्रतिष्ठानमा गरिएको अनुगमनपछि कैफियत भेटिएका कम्पनीहरूमाथि जरिवाना र निर्देशन दिएको छ। विभागका एक स्रोतका अनुसार रूपन्देही र काठमाडौंमा गरिएको अनुगमनमा अर्घाखाँची सिमेन्टको गुणस्तर अत्यन्तै कमजोर पाइएकाले कडाभन्दा कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

यो उद्योग यस्तै कम गुणस्तरका कारण पहिले पनि पटक–पटक कारबाहीमा परिरहेको र सुधार देखिएको नभएकाले विभागले विशेष निगरानी बढाउने तयारी गरेको जनाइएको छ। उपभोक्ता संरक्षण ऐनले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य वा बनावट लुकाएर बिक्री–वितरण गर्ने कार्यलाई अनुचित व्यापारिक क्रियाकलाप मानेको छ। ऐनअनुसार निरीक्षण अधिकृतले यस्तो अवस्थामा रु दुई लाखदेखि रु तीन लाखसम्म जरिवाना गर्ने, जरिवाना नतिरे वा सुधार नगरे उत्पादन तथा बिक्री वितरण नै रोक्का लगाउने व्यवस्था छ।

अनुगमनकै क्रममा विभागले सिद्धार्थनगर, रूपन्देहीस्थित तिरुपति फुड प्रोसेसिङ इन्डस्ट्रीजलाई पनि रु दुई लाख पाँच हजार जरिवाना गरेको छ। पञ्चकन्या स्टीलमा भने सामान्य त्रुटि पाइएकाले विभागले निर्देशनमार्फत सुधार गर्न आग्रह गरेको छ।

अर्घाखाँची सिमेन्टको गुणस्तरमा बारम्बार समस्या देखिनु उपभोक्ताप्रति गैरजिम्मेवारीपूर्ण व्यवहार भएको भन्दै विभागले आवश्यक परे थप कडा कदम चालिने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?