ट्रेंडिंग:

>> कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न >> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’ 

एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलीय व्यवस्था र समावेशीतालाई जोगाउँदै नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तीन ठूला राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीहरू जोगाएर राजनीतिक दल, परम्परागत शक्ति र नवपुस्ताबीच समझदारी गर्नुको विकल्प नरहेको बताए ।

उनले २००७, २०४६ र २०६२/०६३ सालका राजनीतिक परिवर्तनका उपलब्धीहरू — प्रजातन्त्र, बहुदलीय व्यवस्था तथा समानुपातिक समावेशीतालाई सबैले स्वीकार गर्नुपर्ने उल्लेख गरे । सबै शक्तिबीचको समझदारीमार्फत नै देशलाई अघि बढाउन सकिने उनको भनाइ थियो ।

लिङदेनले भने, “नेपालका ठूला राजनीतिक परिवर्तनहरू २००७, २०४६ र २०६२/०६३ सालमा भएका हुन् । ती परिवर्तनका बेला हामीमध्ये धेरैको जन्म नै भएको थिएन, कसैको प्रत्यक्ष सहभागिता पनि थिएन होला ।

तर ती तीन परिवर्तनका महत्वपूर्ण उपलब्धी  २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था र २०६२/०६३ को समावेशी तथा समानुपातिक प्रणालीलाई जोगाउँदै अब देशमा नयाँ समझदारी कायम गर्नुपर्छ ।”

हाल संविधानलाई मृत अवस्थामा पुर्‍याएर जबर्जस्ती व्युत्याउन खोज्दा मुलुक थप जोखिमतर्फ जान सक्ने उनको चेतावनी थियो । निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अंगहरूमा भएको दलीयकरणलगायत कारण भदौ २३ र २४ गते विद्रोह भएको उनले बताए ।

देशलाई सबैले जित्ने गरी अघि बढाउनुपर्नेमा जोड दिँदै उनले एमालेको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुन नहुने धारणा राखे ।

उनले भने, “हाम्रा आ–आफ्ना राजनीतिक दर्शन र मान्यताहरू छन् । कसैले यो संविधान बिना देश चल्दैन भन्छ, कसैले यो संविधान अपूर्ण छ भन्छ । संविधान गीता, बाइबल वा कुरान होइन, फेर्न नसकिने दस्तावेज पनि होइन ।

संशोधन गर्नुपर्छ, मिलाएर जानुपर्छ भन्ने कुरा हामीले पहिल्यै उठाउँदै आएका थियौँ । तर आज संविधानको अवस्था के छ ? संविधान त व्यवहारमै मरेको छ । त्यसैले त्यसलाई जबर्जस्ती व्युत्याएर देशलाई थप दुर्घटनातर्फ लैजानुभन्दा नयाँ समझदारी कायम गर्नु आजको आवश्यकता हो । भदौ २३ र २४ गतेको घटनालाई विद्रोह भनौँ वा विध्वंस, देशले अकल्पनीय र अपूरणीय क्षति व्यहोर्नुपर्‍यो । त्यसमा कतै न कतै योजना र उक्साहट पनि भएको हुन सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?