ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप 

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

नवलपरासी,पश्चिम्  ।

नेपाली काङ्ग्रेस नवलपरासीमा यति बेला उम्मेदवार सिफारिसको विषयमा किचलो उत्पन्न भएको छ ।

नवलपरासीका दुई निर्वाचन मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार सिफारिसको विषयलाई लिएर एक अर्का गुटबिच झन्डै हात हालाहालको स्थिति सिर्जना भएपछि आन्तरिक द्वन्द्व पुनः उत्कर्षमा पुगेको हो ।

क्षेत्रीय कार्यसमितिले मङ्सिर २३ गते गोपिगन्जको भिट्ठामा राखेको बैठकमा उम्मेदवारको नाम सिफारिसका विषयमा झन्डै झडपको स्थिति उत्पन्न भएपछि बैठक स्थगन भएको क्षेत्र नम्बर १ का उपसभापति बेदप्रसाद पौडेलले जानकारी दिए । विवाद उत्पन्न भएपछि सभापति मुकुल कुमार आचार्यले बैठक स्थगन गरेको सो बैठकमा उपस्थित प्रतिनिधिहरूले जनाएका छन् ।

केन्द्रीय सदस्य विनोद चौधरी र संविधानसभा सदस्य विक्रम खनालको नाम पठाउने विषयमा दुवै टिमका समर्थकहरू बिच विवाद भएपछि  सभापति आचार्यले बैठक स्थगित गरेको र नाम पठाउने विषयमा कुनै निर्णय नभएको पौडेलले बताए ।

अहिले विनोद चौधरीको नाम समेत सिफारिस भएको पत्र एकाएक बाहिर आएपछि थप विवाद उत्पन्न भएको हो ।

उम्मेदवार सिफारिसको निर्णय हुन नसकी बैठक स्थगित भएपछि पनि सभापति आचार्यले नाम सिफारिसको पत्र बाहिर ल्याएपछि उपस्थितिको हस्ताक्षरको आधारलाई नै निर्णय मानी आफूहरूको हस्तान्तरक्षर दुरुपयोग गरेको २३ गतेको बैठकमा सहभागी प्रतिनिधिहरूको आरोप रहेको छ ।

सोही विषयलाई लिएर उपसभापति बेद प्रसाद पौडेलको अध्यक्षतामा शनिबार बेलाटारीमा बसेको प्रतिनिधि सहितको क्षेत्रीय भेलाले सभापति मुकुल कुमार आचार्यलाई हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाउँदै जिल्ला कार्यसमिति समक्ष कारबाहीको माग गरेको छ ।

“टुङ्गो लाग्न नसकेपछि सभापति जी आफैले बैठक स्थगित गर्ने अनि स्थगित गरिएको बैठकको कसरी निर्णय हुन्छ कुन आधारमा नाम सिफारिस हुन्छ, उपस्थितिको सङ्ख्यालाई नै दुरुपयोग गरिएको छ, यसमा हस्ताक्षर गर्ने सबै प्रतिनिधिहरूले आपत्ति जनाउनु भएको छ, कि भने उहाँले निर्णयको क्लोजिङ मा हस्ताक्षर गरेको देखाउनु पर्‍यो ,त्यसैले आज यो भेला राखेका हौँ “उपसभापति पौडेलले भने ।

निर्णय नै नगरी उपस्थितिमा हस्ताक्षर गराइएको आरोप पछि सभापति आचार्यको कदम विरुद्ध उपसभापति पौडेल सहितका प्रतिनिधिहरूले सभापति आचार्यलाई कारबाहीको माग गरेका हुन ।

यस विषयमा जानकारी लिँदा सभापति मुकुल कुमार आचार्यले आफ्नो अनुकूलको निर्णय नभएकाले हस्ताक्षर दुरुपयोगको आरोप लगाएको जानकारी दिए ।”आफ्नो अनुकूलको निर्णय नभएपछि उहाँहरूले लगाएको आरोप मात्रै हो, निर्णयको क्लोजिङमा सभापतिको हस्ताक्षर भएपछि अरूको हुनै पर्छ भन्ने छैन”उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?