ट्रेंडिंग:

>> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ?

मगर भाषा–भेषभूषा जोगाउँदै सुनछहरी

४ श्रावण २०८०, बिहीबार
४ श्रावण २०८०, बिहीबार

रोल्पा, ४ साउन ।  पहिचानको पहिलो आधार भाषा र भेषभूषा भएको भन्दै रोल्पाको सुनछहरी गाउँपालिका यसको संरक्षणमा जुटेको छ । मगर खाम भाषा संरक्षणका लागि विद्यालय तह देखि नै पठनपाठनको थालनी गरेको उसले मगर भेषभूषालाई कार्यालयको औपचारिक पोशाक बनाएको छ ।

गाउँपालिकामा मगरको जनसंख्या ७२ प्रतिशत, रहेको छ । मगर सुनछहरी गाउँपालिकाको सबभन्दा ठूलो जातीय समूह हो । गाउँपालिकामा २० प्रतिशत दलित, ८ प्रतिशत क्षेत्री तथा अन्य जाती १ प्रतिशत भन्दा कम रहेका छन । गाउँपालिकामा क्षेत्री, बाहुन, मगर, कामी, नेवार, सार्की, कामी, दमाई, सन्यासी, दशनामी र गुरुङ्ग गरी ११ भन्दा बढी जातजातिको बसोबास रहेको छ । गाउँपालिका भित्र मगर जातीको बाहुल्यता रहेको भएपनि मगर खाम भाषा बोल्नेको संख्या भने कम छ ।

मगर भाषा भित्र पनि मगर भाषा र खाम भाषा गरि २ भागमा विभाजन गरिएको छ । जस अनुसार सुनछहरी गाउँपालिकामा ४३ प्रतिशतले मगर भाषा र ६ प्रतिशतले खाम भाषा गरि मगर खाम भाषा वोल्नेको संख्या ४९ प्रतिशत मात्रै रहेको छ । गाउँपालिकामा ५१ प्रतिशतले खस भाषा वोल्ने गर्दछन । रोल्पामा बोलिने मगर भाषालाई मुख्य तीन भागमा वाड्ने गरिएको छ । रुकुम पूर्व र थवाङ आसपासमा वोलिने भाषलाई पर्वते खाम भनिन्छ । यसैगरि जेल्वाङ, स्युरी, गाम आसपासका क्षेबमा वोलिने लाई गमाल खाम र माडीखोला आसपासका कोर्चवाङ, कोटगाउँ, जंकोट, भावाङ आसपासमा वोलिनेलाई शेषी खाम भनिने मगर भाषाका जानकारहरू वताउँछन ।

गाउँपालिका भित्र मगर वाहुल्यता रहेपनि भाषिक हिसाबले खस भाषीको वहुमत देखिन्छ गाउँपालिका अध्यक्ष पुनले भने । मगरहरू नै मगर वा खाम वोलेको देखिदैन उनीहरूलाई आफ्नो भाषा प्रति साक्षर वनाउँदै लैजाने सोचका साथ यो कार्यक्रम अघि सारेका हौ अध्यक्ष पुनले भने । विद्यालय उमेरका वालवालिकालाई औपचारिक विद्यालय शिक्षा मार्फत र विद्यालय नजानेहरूका लागी अनौपचारिक शिक्षाको माध्यमवाट मगर खाम भाषामा साक्षर वनाउने योजनामा छौ अध्यक्ष पुनले भने । गाउँपालिकाले कक्षा १ देखी ८ सम्म मगर भाषा पठन पाठनका लागी पाठ्यक्रम तयार गरिसकेको छ । यसै वर्षको भाद्र १ देखी गाउँपालिका भित्रका ३३ वटै विद्यालयको कक्षा १ मा मगर भाषामा पढाई गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । ‘यस वर्ष कक्षा १ मा पढाई सुरु गरि हरेक वर्ष क्रमशः कक्षा थप गर्दै कक्षा ८ सम्म पुराउने लक्ष्य अघि सारेका छौ ।’ –गाउँपालिका अध्यक्ष धनवहादुर पुनले भने । ‘मगर भाषामा पठन पाठन मेरो चुनावी प्रतिवद्धता भएकाले यसलाई महत्वका साथ अघि वढाएका हौ ।’ –अध्यक्ष पुनले भने ।

गाउँपालिकामा २० प्राथमिक, ६ आधारभूत र ६ मावि गरि ३२ वटा सामुदायिक विद्यालय र १ संस्थागत गरि ३३ वटा विद्यालय रहेका छन । ती विद्यालयमा हाल ४ हजार २२८ विद्यार्थीले अध्ययन गर्दछन भने विद्यालय उमेरका २ हजार ९२२ जना विद्यालय वाहिर रहेको गाउँपालिकाको तथ्यांक छ । यसका लागि गाउँपालिकाले वजेट समेत विनियोजन गरिसकेको छ । उसले आर्थिक वर्ष २०८०/०८१ का लागी यस शिर्षकमा १ करोड २५ लाख वजेट विनियोजन गरेको छ । सो वजेटवाट गाउँपालिकाले ११ जना मगर खाम भाषा पढाउने शिक्षकको साथै गाउँपालिका अनुदान शिक्षक र बालविकास सहजकर्ताको तलव भत्तामा खर्च गर्ने जनाएको छ । गाउँपालिकाले कक्षा १ को पाठ्यपुस्तक छपाईका लागी थप ४ लाख वजेट समेत विनियोजन गरिसकेको छ । चालु आर्थिक वर्ष सकिने वित्तिकै पाठ्यपुस्तक छपाईको काम सुरु हुन्छ गाउँपालिका अध्यक्ष पुनले भने ।
मगर खाम भाषाको अध्येता वमकुमारी वुढामगरले आफ्नो भाषा र संस्कार जोगाउन लाग्नु पर्ने वताईन । मगर भाषा संरक्षणमा देशका केही स्थानीय तहहरूले सुरुआत गरेकोमा खुसी व्यक्त गर्दै भाषा र भेषभुषा मरे राष्ट्रियता कमजोर हुने उनको भनाई छ । भाषा जोगाए संस्कार र संस्कृती जोगिने वुढामगरको भनाइ छ । रोल्पा रुकुममा बोलिने मगर भाषाको नाम खाम कि पाङ भन्ने विषयले मगरहरू नै विभाजित हुदै आएका छन । वर्णविन्यास, भेद र भाषिकाहरूमा समेत केही भिन्नता पाईए पनि यसलाई खाम पाङ भनेर वुझाईमा एकरूपता बनाउन खोजेका छौ अध्येता वुढामगरले भनिन ।

घर छोडेर शहर पसेकाहरू पनि मातृभाषा जोगाउने कुरा गर्छन, उनीहरूवाट भाषा जोगिन नसक्ने मगर भाषाका जानकार बताउँछन । पैतिक थाकथलो छोडेर शहर पसेकाहरू उतैको संस्कार संस्कृतीसंग घुलमिल हुदा मातृभाषा हराउदै जाने उनीहरूको भनाइ छ ।
सुनछहरी गाउँपालिकाले यस अघि नै मगर पोशाकलाई कार्यालयको औपचारिक पोशाकको रूपमा प्रयोग गर्दै आएको छ । हप्तामा पाँच दिन नेपाल सरकारले निर्धारण गरेको पोशाक लगाउने स्थानीय तहका कर्मचारीले हप्ताको एक दिन भने मगर भेषभुषा झल्काउने पोशाक लगाउने गर्छन । हप्ताका पाँच दिन सरकारी पोशाक लगाउने उनीहरू स्वच्छिक पोशाक लगाउने दिन स्थानीय भेसभुषामा कार्यालय आउने गर्छन सुनछहरी गाउँपालिकाका नायव सुव्वा दयावहादुर वुढामगरले भने । ‘हप्ताका एक दिन मात्रै भएपनि स्थानीय पोशाकमा कार्यालय जाँदा मौलिक भेषभुषा र संस्कृती संरक्षणमा टेवा पुग्ने आशा गरेका छौं’ –बुढामगरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?