© २०२३
जिल्लाका बजारमा घरेलु तथा साना उद्योग कार्यालयको अनुगमन, स्थानीय पालिकाको अर्को अनुगमन, आन्तरिक राजश्व कार्यालयको पटके अनुगमन, औषधि व्यवस्था विभागको अर्को र वाणिज्य तथा आपूर्ति विभागको समेत अनुगमन पटक–पटक हुने गरेको छ । स्थानीय पालिकाहरुले शहरी क्षेत्रमा मात्र नभएर ग्रामीण बस्तीमा रहेका साना बजारसम्म अनुगमनलाई विस्तार गरेका छन् तर,जति अनुगमन गरे पनि बजार भने सुध्रन सकेको छैन ।
विशेषगरी पर्व लक्षित तथा अन्य पटके अनुगमनका क्रममा जहिले पनि बजारमा भेटिने त्रुटिहरु रोकिन सकेका छैनन् । अनुगमनका क्रममा म्याद गुज्रेका सामान, उपभोग मिति र उत्पादन मिति समेत नलेखिएका दैनिक उपभोग्य खाद्य सामग्री देखिन छाडेका छैनन् । पालिका तथा घरेलुका अनुगमनले जहिले पनि एक पटकलाई चेतावनीभन्दै त्यही स्थानको दोहो¥याएर अनुगमन र कारबाही प्रक्रिया अघि नबढाउनुले अनुगमनले अपेक्षित रुपमा बजारलाई सुधार्न नसकेको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् । सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा सञ्चालित पसलहरुबाट पनिउपभोक्ताहरु ठगिने गरेको गुनासो बढेपछि घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले अनुगमनलाई गाउँ–गाउँसम्म पु¥याएको हो । ग्रामीण क्षेत्रमादर्ता बिना सञ्चालन भएका पसलहरुलाई राज्यको करको दायरामा ल्याउने र उपभोक्ताहरुलाई ठगिनबाट जोगाउने उद्देश्यले अनुगमनलाई सहरसँगै ग्रामीण क्षेत्रमा पनि अनुगमन सुरु गरिएको घोराही उपमहानगरपालिका उपभोक्ताहित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीले बताए ।
अनुगमनका क्रममा किराना पसलहरुमा भेटिएको म्याद सकिएको खाद्य सामाग्री पनि विक्रि गरीरहेको पाईए पनि चेतावनी दिएर छोड्ने गरीएको अधिकारीले बताए । त्यस्तै होटल तथा पसलहरुमा उत्पादन मिति र सकिने मिति नराखेर प्याक गरिएको चाउमिन, डेट नराखिएको ससलगायतका सामग्री पसलबाट जफत गरेर नष्ट गर्ने गरेको उनले बताए । त्यस्तै खाने तेल प्रिन्टेड मूल्य १०८ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएकाले बढी मूल्यमा बिक्री गर्ने पसलहरुलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको शाखा प्रमुख अधिकारीले बताए । “पसल सञ्चालकहरुलाई आगामी दिनहरुमा कानुन विपरीतका सामग्री नराख्न समेत सचेत गराउने काम गरेका छौ भने केहीलाई कारवाहीको प्रकृया र किराना पसलहरुमा तौल नमिलाएर राखिएका तीनवटा तराजु जफत समेत गरेका छौ” शाखा प्रमुख अधिकारीले भने ।
अनुगमनका क्रममा दर्ता नभएर सञ्चालन भएका पसलहरुलाई प्रक्रिया पूरा गरेर सम्बन्धित ठाउँमा दर्ता गर्न निर्देशन दिइएको भन्दै अटेरी गर्ने पसलहरुलाई कानुन अनुसार कारबाही गर्ने घोराही उपमहानगरपालिका उपभोक्ताहित संरक्षण शाखा प्रमुख अधिकारीले बताए । उनले दर्ता नभएर सञ्चालन भएका पसलहरुलाई प्रक्रिया पूरा गरेर सम्बन्धित ठाउँमा दर्ता हुन समेत निर्देशन दिइएको भन्दै अटेरी गर्ने पसलहरुलाई कानुन अनुसार कारबाही गरिने बताए ।“निर्देशनमा गर्दा पनि अटेरी गर्ने पसल सञ्चालकलाई कारबाहीको प्रक्रिया समेत सुरु गरेका छौ,अनुगमनका क्रममा पुनः दोषी देखिएका पसलहरुलाई छुट दिइने छैन”अधिकारीले भने ।
यो आर्थिक वर्षमा घोराहीका एक सय बढी पसलहरुको अनुगमन गरिएको छ । त्यसक्रममा अखाद्य बस्तु भेटिए नष्ट गर्ने,दर्ता नभएका पसलहरुलाई प्रक्रिया आउन निर्देशन दिने काम मात्रै भएको छ । शाखाले दिएको निर्देशन पालना नगरे कारवाहीगर्ने चेतावनी दिए पनि वितेका चार बर्षमा कसैलाई पनि कारवाही गरीएको छैन ।