ट्रेंडिंग:

>> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ?

आँपको उत्पादन घट्दा मूल्य बढ्यो

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

चन्द्रौटा (कपिलवस्तु), २ साउन ।
आँप भन्ने बित्तिकै आम नागरिकले बिशेषगरी कपिवलस्तु जिल्लालाई सझिन्छन् । जहाँ उत्पादन भएका आँप अधिकाशं शहर बजारमा पुग्ने गरेको छ । तर आँप उत्पादनको थलो रहेको स्थानमा नै मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् ।

कपिलवस्तुमा गत वर्षभन्दा यस वर्ष आँपको उत्पादन घटेको छ । विगतको वर्षभन्दा यस बर्ष १० प्रतिशतले उत्पादन कम भएपछि आँपको मूल्यमा बृद्धि भएको हो । जिल्ला कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रविन्द्रनाथ चौबेका अनुसार आँपको मञ्जरी विगतका वर्षभन्दा बढी फुलेपनि मधुवा कीराका कारण फल लाग्न नसकेको थिएन् । विगत भन्दा यस बर्ष धेरै क्षेत्रफलमा आँप खेती गरेको भएपनि उत्पादन भने कम भएको छ ।

यस वर्ष कपिलवस्तुमा १ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा १२ हजार टन आँप उत्पादन भएको ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख चौबले बताए । उनले गत वर्ष १ हजार ४ सय २० हेक्टरमा १३ हजार टनभन्दा बढी आँप उत्पादन भएको उनको भनाई छ । समयमा पानी नपर्दा साँेचे जस्तो आँप उत्पादन नभएको उनले जनाए ।

स्थानीय कृषक राहुल पाण्डेले हावाहुरी तथा कीराका कारणले आँपको दाना हुन नसक्दा सोचेजस्तो उत्पादन नभएका बताए । यो वर्ष आँप जोगाउन धेरै मुस्किल परेको थियो उनले भने : ‘कहिले कीरा लागी हैरान पारेको छ, कहिले पानी नपरेर समस्या भयो’, पाण्डेले भने, ‘धेरैपटक विषादी छर्केर केही भएपनि बचाएका हौँ, नत्र सबै सखाप हुन्थ्यो ।’

कपिलवस्तु लगायत तराईका जिल्लामा आँप उत्पादन गरिन्छ । बजारमा विगतमा ६० रुपैयाँमा पाइने आँप यतिबेला प्रतिकिलो १ सय पुगेको छ । जिल्लाको शिवराज, कृष्णनगर, यशोधरा, महाराजगञ्ज, मायादेवी, विजयनगर लगायत स्थानमा आँप बगैंचा रहेका छन् ।

शिवराज नगरपालिकाका कृषि विकास अधिकृत ताराचन्द चौधरीले नगरभित्र ७५ हेक्टरमा व्यावसायिक रूपमा आँप उत्पादन भएको बताउँछन् । यस वर्षमा ५ हजार ५ सय क्विन्टल आँप उत्पादन भएको उनले बताए । विगतभन्दा उत्पादन घटेकाले मूल्य बढेको बताउँदै ‘बगैंचा बाहिरका व्यवसायीले ठेक्कामा खरिद गर्ने भएकाले मूल्य बढेको छ’ : चौधरीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission