ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

कहाँ पाउनु तीजको मौलिकता ?

२४ भाद्र २०७८, बिहीबार
२४ भाद्र २०७८, बिहीबार

गाउँहोस् या शहर बजार पहिले भज्याड्ड, चौतारो र चौरमा तीज गितमा नाँच्ने, गाउने र हेर्नेले भरिन्थ्यो । अहिले ती ठाउँहरु तीजका दिन सुनसान हुने गरेका छन् । शहर बजारमा त यसको स्थान पार्ट प्यालेस र होटलहरुले लिन थालेका छन् । तीजका गीतमा शब्द फेरिए झैं गाउने नाँच्ने र हेर्ने ठाउँ परिवर्तन हुँदै गएका छन् ।

हिन्दु महिलाहरुको महान पर्व तीज हरेक वर्ष जस्तै छैन । तीजपर्वमा पहिले जस्तो रमझम र रमाइलो महसुस धेरै चेलीबेटीले गर्न सकेका छैनन् । सधै रम्ने तीज गत बर्षदेखि भने घरभित्रै सीमित भएको छ । यसो भनिरहँदा कहिँकतै सावधानी अपनाएर यो वर्ष भेटघाट र रमाईलाका केही तस्बीर भने नदेखिएका भने होइनन् ।

वर्षदिनभरिका दुःख र बेदनालाई गीतका माध्यमबाट भएपनि पोख्ने अवसर थियो तीज । पहिले लामो समयसम्म माइती जान नपाएका चेलीहरु पनि यो पर्वमा माइती जाने निहुँमा खुुसी पर्खेर बस्थे ।

महिलाहरुले आफ्ना घर परिवारमा भएको थिचोमिचोलाई गीतबाट गाएर आफ्ना बुवाआमालाई परिवारको सन्देश दिने गर्दथे । गाउँ होस् या शहर बजार पहिले भज्याड्ड, चौतारो र चौर तीज गितमा नाच्ने, गाउने र हेर्नेले भरिन्थ्यो । अहिले ती ठाउँहरु तीजका दिन सुनसान हुने गरेका छन् । शहर बजारमा त यसको स्थान पार्टी प्यालेस र होटलहरुले लिन थालेका छन् । तीजका गीतमा शब्द फेरिए झै गाउने नाँच्ने र हेर्ने ठाउँ परिवर्तन हुँदै गएका छन् ।

तीज पर्व महिलाका लागि कम महŒवको नहुने रुपन्देही सैनामैना नगरपालिकाकी ५९ वर्षकी कृष्णमाया चापागाई बताउँछिन् । उनी भन्छिन्–‘जब असार, साउन सकिन थाल्छ मनमा माइती जाने हुटहुटी छाएको हुन्थ्यो । आमा, बाबा, दाजु, भाईसँग बसेर आफूलाई वर्षदिन भरि घरमा परेका पीर व्यथा सुनाउँदा मन हलुंगो हुने गर्दथियो । त्यसैले पनि तीज दिदीबहिनी सबैका लागि महŒवपुर्ण बनेको थियो । हामीले ‘आकासमा बादलु टम्मै छ मनमा के छ भन्नेलाई सम्मै छ’ हाम्रा ‘बाबाले दिनु भयो ठूलो घर छानेर त्यहि घरमा यो छोरीलाई बस्ने ठाउँ छैन बरिलै’ यस्तै यस्तै धेरै गित थिए, यिनैलाई भाका हालेर हामीले गाउने गर्दथ्र्याैं । पछिल्लो समय बिस्तारै तीजपर्व परिवर्तन हँुदै आयो । समयको माग जस्तै । तर पनि यसको अर्थ उही हो । दिदीबहिनीहरु भेटघाट हुने रमाउने । पहिले जस्ता धेरै महिला माथि आजभोलि घरायसी हिंसा कम हुने गरेको छ ।

आजभोलि यदि हिंसा भईहाले पनि त्यसको प्रतिकार गर्नुपर्छ भन्ने कुरामा धेरै महिला दिदीबहिनीहरु सचेत पनि छन् । त्यसैले पनि तीजमा यस्ता खालका गीतहरु बन्न छाडेको तर्क चापागाईको छ तर उनले कहिल्यै पनि गतवर्ष र यो वर्ष जस्तो नमिठो तीजको कल्पना नगरेको बताईन । समय यस्तो आउला चाडपर्वमा नजिक भएर आफन्तसँग रमाउन नपाउँदा यो उमेरमा असाध्यै नराम्रो लागेको बताउँछिन ।

उनी मात्र होईन तिलोत्तमा नगरपालिकाकी खगिसरा पाठकको अनुभव पनि उस्तै छ । माईती लिन आउने चलन, वर्षदिन भरि लगाएर फाटेका कपडा फेर्दाको मिठो अनुभव छ उनीसँग । उनी सम्झन्छिन–‘अहिले जस्तो नयाँ कपडा जहिले पनि लगाउन कहाँ पाइन्थ्यो र हाम्रो पालामा । जब तीज आउँछ घरकाले माइत पठाउनकै लागि भएपनि एकसरो नयाँ कपडा ल्याउने परम्परा नै थियो ।’

तीज पर्वले महिलालाई दिने हौसला अरु पर्वले अहिले पनि दिन नसक्ने उनको बुझाई छ । पहिले तीजमा वर्ष दिनभरी समाजमा घटेका घटनालाई गीत बनाइन्थ्यो त्यहि गीत मार्फत हामी सबैले फलानो ठाउँमा यस्ता घटना भएछन् भनेर सुचना पाउने गर्दथ्र्याैंै । यसले पनि यो पर्वको महत्व थियो तर पछिल्लो समय यस्तो रहेन प्रविधिको विकाससँगै तीजपर्वमा पनि परिवर्तन आयो यसलाई हामी सबैले स्वभाविक रुपमा लिन सक्नु पर्छ उनले भनिन् । त्यो बाहेक यो दुई वर्षको तीज बेग्लै रह्यो पहिले जस्तो रंग रमाईलो भएन । यो बीचमा कोरोनाका कारणले धेरैका आफन्त गुमेका छन् । उनीहरुको पीडा छ मनमा यसले पनि यो पर्वलाई खल्लो बनाएको छ ।

तीज पर्व समय अनुसार परिवर्तन हुनु नौलो नभएको शिक्षक सुमित्रा विकको तर्क छ । यो पर्व रमाउने दिन हो । महिलालाई जसरी खुशी मिल्छ त्यसरी नै मनाउने हो । हामीपनि समयसँगै परिवर्तन भएका हौं । यसो भनिरहँदा हामीले पछिल्लो समयलाई पनि ख्याल गनुपर्ने छ । कोरोना कहरबाट बच्न पनि हामीले विभिन्न सावधानीहरु अपनाएर यो पर्वलाई मनाएका छौं यो वर्ष ।

पत्रकार महांसघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलका अनुसार तीजपर्व महिलाका लागि महŒवपुर्ण पर्व हो । आजभोली यो पर्व भड्किलो बन्न थाल्यो भन्ने कुराहरु सुन्न पाईन्छ । त्यो नभएर समय अनुसारको परिवर्तन हो भनेर बुझ्न आवश्यक रहेको उनको बुझाई छ । उनी भन्छिन्–‘अहिलेको पुस्ताले कहाँको चौतारीमा बसेर गीत गाउने, शहर बजारमा कस्को घरमा आँगन छ र ? आँगनमा बस्नलाई त्यसको विकल्पमा विभिन्न होटल तथा पार्टी प्यालेसमा वर्षको एक पटक रमाउँदा विरोध गर्नु आवश्यक नभएको तर्क गर्छिन ।’

उनी भन्छिन् –‘अहिले समय फरक छ धेरैजसो महिलाहरु कामकाजी छन् पहिले जस्तो महिना दिन अघिबाट तीजमा रमाउने समय कसैसँग पनि छैन त्यसैले छोटो समयमा विभिन्न संघ संस्था आफूले काम गर्ने संस्थाले तीजमा दर खुवाएर मनोरञ्जन दिएर वर्ष दिनभरिको कामको बोझलाई हुलुंगो बनाउने संस्कारको विकास हुनु आवश्यक छ । जुन कुराको अभ्यास केही समयदेखि भईरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?