ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

तिनाउमा अब चुहिने छैनन् ‘विरबहादुरका छाना’

५ भाद्र २०७८, शनिबार
५ भाद्र २०७८, शनिबार

तिनाउ गाउँपालिका वडा नम्बर–१ ओखलढुङ्गाका विरबहादुर बगाले ६५ बर्ष लागे । बैसमा उनले जग्गा जमिन त जोडे तर घर परिवार, छोरा छोरीको लालन–पालनमा व्यस्त हुँदा घरको छानो फेर्न पाएनन् ।

कतिपय बर्खा विरबहादुरले तप तप चुहिने छानोको पानी छेक्नका लागि छानामा खर थप्दै गए । कहिले त अलि ठुलो बर्खा लाग्यो कि उनलाई घर जोगाउदै आपत पर्दथ्यो । चुहिने घर जोेगाउनका कहिले बटुका, कहिले थाल त कहिले गिलास नै थाप्थे । विगत सम्झदै विर बहादुर भन्छन्–‘साह्रै दुख पाएको थिए, बर्षामा अव त्यसो नहोला भन्ने लाको छ ।’

बुटवल टुडेसंगको कुराकानीमा विरबहादुर बगाले भन्छन्–‘गाउँ पालिकाले घर बनाईदिएको छ, खुसी छु, अझै बाटोमा जाली पनि हालिदियो भने राम्रो हुने थियो ।’ पुर्खैली घर भत्काएर पुरानो स्थानमै बगालेले छोरा बुहारीको सहयोगमा नयाँ टिनले छाएको चिटिक्क घर बनाएका छन् । अव उनको सिरमा खरको छानो होईन, जस्ताको छानो परेको छ ।

विरबहादुर एउटा उदाहरण पात्र हुन । उनी जस्ता बर्षौंदेखि घरको छानो फेर्न नपाएका तिनाउ गाउँपालिकाका ९० घरका छाना यो बर्ष फेरिएका छन् । अर्थात उनीहरुको चुहिने छानोमा जस्ता पाता टल्कीएको मात्रै छैन, घरले समेत स्वरुपम परिर्वतन गरेको छ । सुरक्षित आवास कार्यक्रम अन्र्तगतको संघीय सरकारको प्रति परिवार ५० हजार र तिनाउ गाउँपालिकाको थप रकम सहित गत आर्थिक बर्ष २०७६/७७ मा ९० जना स्थानिय जनताको घरमा टिनको छानो हालिएको हो । गाउँपालिकाका ९० घर परिवारहरुले अव चुहिने घरमा बस्नुपर्ने छैन, न बर्षेनी खर नै खोज्नु पर्ने, फेर्नुपर्ने बाध्यता हटेको छ ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार गाउँपालिकाले फुस (खर) को छाना भएका घरको संख्या २ सय ५ वटा यकिन गरेको छ । सोही अनुसार खरको छाना हटाउने र नयाँ घर बनाउने योजना अनुसार गत आर्थिक बर्षमा ९० घर निर्माण सम्पन्न भएका हुन । गाउँपालिकाका अध्यक्ष घर्तिमगर भन्छन्–‘यो बर्ष पनि कार्यक्रमलाई हामी निरन्तरता दिएका छौ, गत बर्ष संघीय सरकारको अलवा हामी गाउँपालिकाबाट थप रकम विनियोजन गरी ९० घर निर्माण सम्पन्न गरेका हौं ।’

गत बर्ष संघीय सरकारबाट ३० लाख रुपैयाँ अनुदान स्वरुप आएको थियो । जसमा अपुग रकम ५४ लाख मध्ये १५ लाख गाउँपालिकाले सहयोग गरेको थियो । जसबाट नयाँ घर बन्न सफल भएका हुन । अव बाँकी रहेका कुल २ सय ५ वटा घर मध्ये १ सय १५ घर यो बर्ष गाउँपालिकाले बनाउने गरी योजना अगाडी बढाएको छ । गाउँपालिका अध्यक्ष घर्ती भन्छन्–‘यो बर्ष हामीले सबै स्थानियको खरको छाना विस्थापीत गरी नयाँ सुरक्षित आवास बनाउने योजना बनाएका छौ ।’ नयाँ बनेको घरको संरचना भुकम्प प्रतिरोधी प्रकृतिको हुने गरी निर्माण गरिएको छ ।

घरको चारै तिर सिमेन्टेन्ट पिल्लर र तलामा सिमेन्टेट आरसीसी गरी नयाँ घर बनाइएको छ । जसबाट अन्य सामान्य प्रकृतिका माटोले बनेका घरहरु भन्दा बढि सुरक्षित हुने प्राविधिकहरुको दावी छ । यो बर्ष गाउँपालिकामा थप घर निर्माणको लागि संघीय सरकारबाट ४४ लाख रुपैयाँ अनुदान स्वरुप आएको छ । जसबाट जम्मा ८८ वटा घर निर्माण हुने छन् तर बाँकी घर पनि निर्माणको लागि अपुग रकम गाउँपालिकाले नै व्यवस्थापन गरेको छ ।

प्रति परिवार ५० हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउने गरी यो बर्ष थप २० लाख रुपैयाँ विनियोजन गरेको छ । जसबाट बाँकी रहेका सबै घर र अन्य छुट पुट भएका घरहरु पनि समेटेर निर्माण गर्ने योजना गाउँपालिकाले बनाएको छ । यहि चालु आर्थिक बर्ष २०७८/७९ मा नै सबै काम सक्ने गरी प्राविधिक तयारी भैरहेको गाउँपालिकाले जनाएको छ । यसको अलवा कुनै कारणबस छुटेका स्थानियहरुलाई सूचना मार्फत जानकारी दिएर थप घरहरु पनि निर्माण गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?