ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

लुम्बिनीमा भागवण्डा नपुगेपछि मन्त्रालय फुटाउँदै

३२ श्रावण २०७८, सोमबार
३२ श्रावण २०७८, सोमबार

गठबन्धन दलमा मन्त्रीको भागवण्डा नपुगेपछि लुम्बिनी प्रदेश मन्त्रिपरिषदको संख्या बढ्ने भएको छ । यसअघि १० सदस्यीय रहेको मन्त्रिपरिषद १५ सदस्यीयसम्म पुर्याउने तयारी छ । मन्त्रीको संख्या बढ्ने भएकाले केही मन्त्रालय टुक्रयाउने बाध्यतामा सरकार छ ।

स्रोतका अनुसार कांग्रेस र माओवादीबीच ४–४ मन्त्री र एक–एक राज्यमन्त्री तथा जसपालाई तीन मन्त्री दिने समझदारी भएको छ । यस अघि कांग्रेस र माओवादीबीच ३–३ मन्त्री बनाउने सहमती थियो ।

सरकारमा माओवादी केन्द्रसहित कांग्रेस र जनता समाजवादी पार्टी सहभागी छन् । यस्तै सूर्य चिन्हबाट निर्वाचित नवलपरासीका अजय शाही पनि विना विभागीय मन्त्री बनेका छन् । जसपाका तीन मन्त्री बनिसकेकाले अब विस्तार हुने मन्त्रिपरिषद्मा माओवादी र कांग्रेसबाट थप मन्त्री बन्ने छन् । काग्रेस र माओवादीमा मन्त्रीका आकांक्षा बढी भएपछि मन्त्रालय फुटाउने तयारी गरिएको हो ।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काले प्रदेश सरकारमा तीन दल सहभागी भएकाले मन्त्रिपरिषद् पहिलेको भन्दा केही ठूलो आकारको बनाउने तयारी भएको पुष्टि गरे ।

माओवादी संसदीय दलका उपनेता प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजनामन्त्री, कांग्रेस नेता दाङका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकासमन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भइसकेका छन् । जसपाकी सुमन शर्मा रायमाझी र पुरमति ढेंगा विना विभागीय मन्त्री छन् ।

माओवादी र कांग्रेसमा मन्त्री छान्न सकस
माओवादी र कांग्रेस दुवै पार्टीमा आकांक्षी धेरै भएकाले मन्त्रीको नाम छान्न सकस परिरहेको छ । विश्वासको मत अघि मन्त्रीमण्डल विस्तार गर्दा मन्त्री नपाउने सांसदले धोका दिने डरले मुख्यमन्त्री कुलप्रसाद केसी विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने रणनीतिमा छन् ।

विस्तार हुने मन्त्रिपरिषद्मा माओवादीबाट पाल्पाका तुलाराम घर्ती, दाङका इन्द्रजित थारु, दाङकै विमला खत्री वली, बर्दियाका तिलकराम शर्मा र बाँकेकी कृष्णा केसी र गुल्मीका गिता थापाको मन्त्री हुने चर्चा छ । प्रदेश सभा उपनिर्वाचनमा तत्कालिन नेकपाबाट निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् । उनलाई एमालेले आफ्नो पक्षमा पार्न निकै प्रयास गरेको थियो ।

कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल, पाल्पाका बीरबहादुर राना, अर्घाखाँचीकी निर्मला क्षेत्री, रुपन्देहीकी रमा अर्याल र वसिउद्दिन खान मनत्री बन्ने चर्चा छ ।

काग्रेका प्रमुख सचेतक फखरुद्दिन खानले साथीहरू मध्येबाटै सिनियारिटी, पार्टीमा गरेको योगदान र अनुशासनलाई हेरेर पार्टीले न्यायोचित निर्णय गर्ने बताएका छन् । माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा २७ साउनमा ६ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?