ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

लुम्बिनी प्रदेशकै सर्वोत्कृष्ट बने पब्लिकका राकेश बानियाँ

३२ श्रावण २०७८, सोमबार
३२ श्रावण २०७८, सोमबार

रुपन्देहीको पब्लिक माध्यमिक विद्यालयका दुई विद्यार्थीले लुम्बिनी प्रदेशमा डिप्लोमा प्राविधिकतर्फ उत्कृष्ट नजिता ल्याएका छन् । सर्भे इन्जिनियरिङको तेस्रो समेष्टरमा राकेश कुमार बानियाँ र सिभिल इन्जिनियरिङको पाचौ समेष्टरमा पवन कुमार गुप्ताले उत्कृष्ठ नतिजा ल्याएका हुन् ।

बाँनियाको ९२.५९ प्रतिशत अंक आएको छ भने गुप्ताको ८८.५७ प्रतिशत अंक आएको विद्यालयका प्रधानाध्यापक डिलाराम खनालले जानकारी दिए । बाँनियाको ९२.५९ प्रतिशत अंक प्रदेशकै सर्वोत्कृष्ट भएको खनालले बताए ।

उक्त विद्यालयमा दुबै धारको डिप्लोमाको सबै समेष्टरमा गरी सिभिलतर्फ १ सय जना र सर्भेतर्फ ६७ जना गरी १६७ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा २७ जिल्लाका विद्यार्थीहरु भर्ना भइ पढिरहेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार रुपन्देही सहित नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा, दाङ, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, जाजगरकोट, कैलाली, सुर्खेत, कालिकोट, सप्तरी, धनुषा, बारा, स्याङजा, बाग्लुङ, पर्वत, मोरङ, डडेलधुरा लगायत जिल्लाका विद्यार्थी पढिरहेका छन् । तुलनात्मक रुपमा प्रदेशमै नतिजा राम्रो देखिएको हुँदा पब्लिक माविमा संचालन भउको सर्भे र सिभिल इन्जिनियरीङतर्फ विद्यार्थीको आकर्षण बढेको विद्यालयले जनाएको छ ।

विद्यार्थीले स्थानीय रुपमा कोठा भाडामा खोजेर पढ्दै आएपनि यो बर्षदेखि छात्राहरुका लागि विद्यालयको छात्रावासमा आवासको व्यवस्था गरिने प्रधानाध्यापक खनालले बताए । उनका अनुसार विद्यालयमा निर्माण भएको छात्रावासमा ४८ जना छात्रा अट्नसक्ने क्षमता रहेको छ । उक्त दुबै डिप्लोमा तहको तीनबर्षे कोर्सका लागि विद्यालयले १ लाख ८० हजार शुल्क लिने गरेको जनाएको छ । उक्त रकमबाट विद्यार्थीले ६ सेमेष्टरका सबै पाठ्यपुस्तकहरु निःशुल्क रुपमा विद्यालयले उपलब्ध गराउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?