© २०२३
रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा न ५ मा अवस्थित भगलापुर माध्यमिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको छ ।
शिक्षकको ५० प्रतिशत लागत र राष्ट्पति शैक्षिक सुधार कार्यक्रमको साझेदारीमा विद्यालयले ल्यापटप वितरण गरिएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नव प्रवर्तन र सिकाई सामग्री व्यवस्थापन अन्तरगत प्राप्त बजेटबाट ल्यापटपको व्यवस्थापन गरिएको विद्यालयका शिक्षक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार मंगलबार एक कार्यक्रम गरी विद्यालयमा कार्यरत नौ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ ।
कोराना महामारीका कारण विद्यालयमा उपस्थित भइ विद्यार्थीलाई पठन पाठन गर्न नसकिरहेको अवस्थामा ल्यापटपले अनलाइन कक्षा संचालन र प्रविधि मैत्री सिकाईमा अगाडी बढाउनमा सहयोग पुग्ने देखिएको छ ।