पाल्पा, २६ असार ।
पाल्पाको माथागढी गाउँपालिका बहादुरपुरका ७० वर्षीय कृषक लाल बहादुर सुर्यवशी खेतमा धान रोप्दा होस या बारीमा कोदो रोप्दा, सुरिलो भाकामा गित गाउने व्यक्ति हुन् । विगत केही वर्ष यता आफुले जस्तो गरी गित गाएर रोपाई गरेको देखेका नै छैनन् ।आफु जस्तै गित गाउने पनि छैनन् । त्यसैगरी गाउँमा परिश्रम गरेर खेती लगाउने चलनै लोप भएको उनको बुझाई छ ।
खेती लगाउने समयमा एक आपसमा वरिम, परिम गरेर काम गर्ने, बारीमा कोदो रोप्दा होस् या खेतमा धान रोप्दा, असारे गितले गाउँवेशी नै गुन्जायमान हुन्थ्यो । यस्ता पुराना चलनहरु सबै हराउँदै गए । आजभोलि त्यसरी नै रोपाई हुँदैन । भए पनि गित गाउने नै छैनन् । पहिला पहिला हल गोरु, खेताला सबै अरिम परिम हुन्थ्यो । गाउँमा बाक्लो बस्ती हुन्थ्यो । एकपछि अर्को गरी मेला पात हुन्थ्यो । यस्तो प्रचलन हराउँदै गएको रहवासका इन्द्र सुनारी बताउँछन् ।
जिल्लाको सबै भन्दा ठुलो अन्नको भण्डार मानिने माडी फाँट हो । यहाँ धान रोपाई गर्दा हल गोरु होस् या खेताला होस्, ज्याला भन्ने थिएन । एक आपसमा सहयोग भन्ने थियो । जब असार लाग्दछ माथिबाट झरेका खेतालाले असारे गितको भाकामा रोपाई गर्दाको दृश्य नै फरक हुन्थ्यो । खेती लगाउनका लागि पनि त्यति ठुलो आर्थिक बोझ नै हुँदन थियो । पछिल्लो पुस्तामा कृषिमा आधुकिनीकरण बढ्दै जानु र अन्य पेशा तथा व्यवसायतर्फ लागेपछि यस्ता पुराना सभ्यता र संस्कृति नै लोप भएको पुराना पुस्ताको बुझाई रहेको छ ।
कसेनीका डिलबहादुर दर्लामी पनि पहिले पहिले र अहिलेको समयमा खेती लगाउने चलन नै फरक भयो । पहिले पहिले एक आपसमा सहयोग तथा अरिम परिम, आँखाले देख्दा सम्म रोप्ने मेलो सक्ने भन्ने हुन्थ्यो । असारे गित गाउँदै हिलो छयाप्पा छयाप्प गर्दा काम गर्दा दिन बितेको पत्तै हुँदैनथ्यो । त्यो समयमा त्यस्तो रमाइलो हुन्थ्यो तर यो समयमा त्यस्ता दिनहरु कथा जस्तै भएको उनी सम्झान्छन् । पहिले पहिले गाउँघर नै रमाइलो हुन्थ्यो । गाउँमा सबै काम गर्ने हुन्थे । असारको समयमा घरमा मानिस भेट्न कठिन हुन्थ्यो । अहिले त विकासको क्रमसँै समय पनि परिवर्तन भयो । अहिले त नयाँ पुस्ताले हिलो माटो छुन हँुदैन भन्ने छ । त्यसैगरी गाउँ घरहरु रित्तिदै गयो । गाउँमा बस्नेको सख्या अन्त्यन्त कम भयो । त्यसैको असर परेको दमकडाका पुराना पुस्ताका दुर्गा प्रसाद अर्याल बताउँछन् ।
एक आपसमा सहयोगसँगै परिमो गरेर खेती लगाउने प्रचलन अत्यन्त पुरानो हो । जब गाउँमा जिमुवाल, मुखियाको दवदवा थियो । त्यतिबेला गाउँका सबै भएर तिनीहरुको खेती लगाइ दिनु पथ्र्यो । त्यसैबाट सुरु भएको हो यस्तो परम्पराको । यसको महत्व नै ठूलो छ । यसले अर्थ र श्रमसँग अत्यन्तै निकट सम्बन्ध राखेको छ । सहयोगको बदलामा सहयोग नै हो भनेर बुझ्न सकिन्छ । यो त सामाजिक सम्बन्धको मापन नै भएको पुराना किसान तथा पुर्व जन प्रतिनिधि हरि सुमर रेग्मीको बुझाई रहेको छ ।
धान, कोदो रोप्दा होस् या वाली स्याहार्ने समयमा परिवारका सदस्यले मात्र सम्भव हुँदैन । यस्तो अवस्थामा एक अर्काको काममा सघाउ गर्ने हो । यसले गर्दा कम लागतमा छिटो काम सकिनु हो । यसरी रोपाई गर्दा पञ्चेबाजा बजाउने चलन थियो । धान खेतबाट लैजाँदा पनि बेग्लै रमाइलो हुन्थ्यो । डम्फु, मादल बजाउने चलन थियो । त्यसले हाम्रो कला तथा संस्कृतिको जगेर्ना गरेको थियो । तर आजभोलि कृषिमा भित्रिएको यान्त्रिकरणले पनि हाम्रा पुराना रीतिरिवाजहरु हराउँदै गएको जानकारहरु बताउँछन् ।
यस्तो कार्य पहाडी जिल्लामा मात्र हुन्छ । यो एउटा समाजको सभ्यता पनि थियो । यसले हाम्रो पहिचान सम्म बनाएको थियो । पछिल्लो समयमा यसको पहिचान हराउनु मुख्य कारण बसाई सराई हो । यसपछि पछिल्लो समयमा जनसंख्या पनि कम हँदै जानु हो । जिल्लाको जनसख्या प्रत्येक वर्ष कम हँुदै गएको छ । त्यसैको प्रभाव भएको स्थानीयहरुको बुझाई रहेको छ ।