ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

२७ वर्षदेखि व्यक्तिको जग्गा गुठीको नाममा

२१ जेष्ठ २०७८, शुक्रबार
२१ जेष्ठ २०७८, शुक्रबार

रोल्पा त्रिवेणी गाउँपालिका वडा नंं ६ का चन्द्रवहादुर घर्ती आपनो पैतृक सम्पत्तीको तिरो नतिरेको २७ वर्ष भयो । साविक वुढागाउँ गाविस वडा नंं ९ मा रहेको उनको ७ कित्तामा रहेको २६ हजार २२५ वर्गमिटर जग्गा उनको नाममा छैन । खैरावाङ कालि गुठीको नाममा रहेको जग्गाको उनी मोहिको रुपमा रहेका छन ।

पुर्खादेखी चर्चिदै आएको जग्गा तालुकदारले गुठीका नाममा रसिद दिएपछि २०५१ सालमा भएको कित्ता नापी टोलीले सो जग्गा गुठीकै नाममा नापनक्सा गरिदिएको थियो । उनको १ कित्ता घरवारी,३ कित्ता खेत र ३ कित्ता पाखो जग्गा सवै गुठीको नाममा दर्ता छ । उनको पुख्यौली सम्पत्ती चार हजार ९ सय वर्गमिटर खेत, पन्ध्र हजार ४ सय पच्चिस वर्गमिटर पाखो जग्गा र पाँच हजार ९ सय वर्गमिटर घरवारी गुठीको नाममा दर्ता छ ।

त्रिवेणी गाउँपालिका वडा नंं २ नुवागाउँका दिलवहादुर डाँगीको साविक गैरीगाउँ गाविस वडा नं. ४ मा रहेका ७ कित्ता जग्गा पनि आफ्नो नाममा छैन । चौध हजार ५३० वर्गमिटर क्षेत्रफल रहेका ती जग्गा दर्ताका लागी उनले धेरै कोशिस गरे । श्री सिद्धकैलास भगन्ते नाथ गुठीमा दर्ता रही आफ्नो नाम मोहीको रुपमा रहेका ती जग्गा आफ्नै हकभोग र स्वामित्वमा लिन उनले नापी कार्यालयमा निवेदन दिए । नापीवाट सुनुवाई नभएपछि मालपोत कार्यालय रोल्पामा पटक पटक धाईरहेका छन । तर उनको माग सुनुवाई हुने छाँटकाट अझै देखिएको छैन ।

चन्द्रवहादुर घर्ती र दिलवहादुर डाँगीजस्तै रोल्पाका ३ स्थानीय तहका १८८ घरधुरीको आवादी जग्गा,खेत र घरसमेत विभिन्न धार्मिक मठमन्दिरको नाममा दर्ता भएपछि उनीहरु सम्पत्तीको अधिकारवाट वंचित भएका छन । ती जग्गाहरु कित्ता नापी हुनुपूर्व रैकर सरह खरिद विक्री भएको स्थानीयको भनाई छ । कित्ता नापी टोलीले समेत व्यक्तिकै नाममा रसिद प्रमाणित गरेको थियो । साविक सल्यान जिल्ला मालवाट प्राप्त साविकका मोठहरु पनि व्यक्तिकै नाममा नाममा थिए । नापनक्साको क्रममा जग्गाधनी दर्ताप्रमाण पुर्जा तथा श्रेस्ता वन्नुअघि फिल्डवुकको कैफियत महलमा “यो जग्गा सिद्ध भगवान्त नाथ गुठीको रैतान गुठी हो” भनि लेखिएका कारण स्थानीयहरु जग्गा भोगाधिकार भएपनि हस्तान्तरण गर्नवाट वंचित भएका हुन ।

त्रिवेणी गाउँपालिका वडा नं. २ नुवागाउँ, वडा नंं ६ वुढागाउँ र वडा नंं ७ गैरीगाउँ तथा रुन्टीगढी गाउँपालिका वडा नं. २ सखीका १८८ घरधुरीको ३०७ वटा कित्ता धार्मिक संस्थाको नाममा दर्ता भएको छ । त्रिवेणी गाउँपालिका वडा नंं २ नुवागाउँ साविक नुवागाउँ गाविस वडा नंं ४,५र ६ का ११० घरधुरीको १७२ वटा कित्तामा रहेको दुई लाख वाईस हजार ७०९ वर्गमिटर जग्गा श्री सिद्ध भगवान नाथ गुठीको नाममा दर्ता भएको छ । यसैगरि सोही गाउँपालिका वडा नंं ६ वुढागाउँ साविक वुढागाउँ गाविस वडा नं. ९ को ३९ घरधुरीको ८१ वटा कित्ता जग्गामा रहेको दुई लाख उनान्चास हजार ४२२ वर्गमिटर जग्गा खैरावाङ कालिका गुठीको नाममा दर्ता भएको छ । सोही गाउँपालिका वडा नं. ७ गैरीगाउँ साविक गैरीगाउँ गाविसका १६ घरधुरीको २४ वटा कित्तामा रहेको छयालिस हजार ८७५ वर्गमिटर जग्गा सिद्ध भगन्तेनाथ गुठीको नाममा दर्ता भएको छ ।

रुन्टीगढी गाउँपालिका वडा नं.२ सखी साविक सखी गाविस वडा नंं १ र २ को २३ घरधुरीको ३० कित्तामा रहेको उनान्असी हजार २९० वर्गमिटर क्षेत्रफलको जग्गा ¥याले पौवागुठीको नाममा दर्ता भएको छ । जिल्लाको लुंग्री गाउँपालिका वडा नं. ६ गुम्चाल साविक गुम्चाल गाविस वडा नंं १,२ र ३ मा रहेको १९२ कित्तामा फैलिएको तीन लाख पचासी हजार ९३५ वर्गमिटर जग्गा महादेव शिला गुठीमा दर्ता भएको छ । सो गोठीमा दर्ताभएको जग्गाको भने मोहियानी कायम गरिएको छैन ।

जग्गा आफ्नो नाममा नहुदा २०५२ साल यता मालपोत तिरो तिर्न नपाएको जग्गाधनीहरुको भनाई छ । जग्गा हकभोग त गरेका छौ तर स्वामित्व आफ्नो नाममा नहुदा धेरै कानूनी जटिलता व्यहोर्दै आएका छौ त्रिवेणी गाउँपालिका २ नुवागाउँका धनवहादुर वस्नेतले भने । जग्गाको लालपुर्जा नहुदा वैंकवाट ऋणकर्जा गर्न नपाएको उनीहरुको गुनासो छ । लालपुर्जा पेश गरेर सरकारी सेवा सुविधा लिने सवै ठाउँवाट वंञ्चित हुनुपरेको छ वस्नेतले भने । नेपाल विद्युत प्राधिकरणवाट मिटर लिदा समेत लालपुर्जा खोज्ने भएकाले लालपुर्जा नहुदा प्रत्येक घरधुरीले रु २ हजार धरौटी शुल्क तिरेर मिटर निकालेका हौ वस्नेतले भने । जग्गा अंशवण्डा गर्ने, किनवेच गर्ने जस्ता हकहस्तान्तरणको सवै काम रोकिदा धेरै समस्या भोगेको उनीहरुको भनाई छ ।
जग्गाको नापी नक्साका क्रममा मागेको घुस नदिदा नापीले सवै जग्गा गुठीमा राखिदिएको स्थानीयहरुको भनाई छ । घुस दिएकाहरुको कान्ला र कमसल जग्गा गुठीमा राखेर खेत र राम्रा जग्गा दर्ता भएका छ, स्थानीय धनवहादुर वस्नेतले भने । गुठी भनि दर्ता भएका ती जग्गा आफ्नो नाउमा दर्ता गरि ल्याउन धेरै प्रयास गरेको स्थानीयहरुको भनाई छ ।

उनीहरुले २०६५ साल फाल्गुन २३ गते गुठी खारेज गरि रैकर सरह छुटजग्गा दर्तामा कारवाही गरि पाउ भनि मालपोत कार्यालय रोल्पामा निवेदन दिएका थिए । साविक सखी गाविस वडा नंं ९ वस्ने पूर्णवहादुर डाँगी निवेदक रहेको सो निवेदनमा कित्ता नापी हुनुपूर्व रैकर सरह खरिद विक्री भई कित्ता नापी टोलीले समेत व्यक्तिकै नाममा रसिद प्रमाणित गरेको,साविक सल्यान मालवाट प्राप्त साविकका मोठहरु पनि व्यक्तिकै नाममा भएको , सिद्धभगवान्त नाथको गुठी नै खारेज भएको,नापनक्साको क्रममा जग्गाधनी दर्ताप्रमाण पुर्जा तथा श्रेस्ता वन्नुअघि फिल्डवुकको कैफियत महलमा यो जग्गा सिद्ध भगवान्त नाथ गुठीको रैतान गुठी हो भनि लेखिएका कारण यी जग्गाहरु नभएको दर्ता नभएका हुन भनि उल्लेख गरिएको छ । २०३२ सालमा रोल्पा जिल्ला पुनरसंरचन हुदा ती जग्गाहरु सल्यान जिल्लावाट रोल्पा आएका हुन ।

उनीहरुको निवेदन वमोजिम मालपोत कार्यालय रोल्पाले २०६५ फाल्गुन २५ गते सोही व्यहोराको गुठी संस्थान केन्द्रीय कार्यालयमा पत्राचार गरि भूमिसुधार तथा व्यवस्थापन विभागमा वोधार्थ पठाएको थियो । मालपोत कार्यालयको सो पत्रको जवाफ गुठी संस्थानले २०६६ वैशाख १६ गते पठाएको थियो । गुठी संस्थानले पठाएको पत्रमा गुठी अमानतवाट संचालन भई आएको देखिएको, सो गुठीका कुनै पनि जग्गाहरु गुठीवाट खारेज भएको भन्ने कुनै व्यहोरा उक्त लगतमा उल्लेख भएको देखिदैन पत्रमा उल्ल्ेख छ । सो थप कुरा अध्ययन गरि कागजसमेत संलग्न गरि पठाउन हुन भनि लेखिएको पत्र पछि थप प्रकृया अघि नवढेको स्थानीयहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?