ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

महामारीमा सशस्त्र प्रहरीको रक्तदान

५ जेष्ठ २०७८, बुधबार
५ जेष्ठ २०७८, बुधबार

कोभिडको संक्रमणका बेला रगतको अभावमा नागरिकको अकालमै ज्यान नदिन कपिलवस्तुको चन्द्रौटामा रक्तदान गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नंं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तुमा आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । बुटवलमा रगतको कमि छैन भन्ने मूल नारा सहित नेपाल स्वयंसेवी रक्तदाता समाज रोटरी रोट्रयाक्ट र नं. ५ विन्ध्याबासिनी बाहिनीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा बुटवल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रमका बीच सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक बाहिनीपति किशोर प्रधानले सशस्त्र प्रहरी देशका नागरिकको शान्ति सुरक्षासँगै विभिन्न विपतका बेला नागरिकको उद्धारमा काम गर्दै आएको जानकारी गराए । महामारी नियन्त्रणमा प्रदेशका ठूला नाकाहरुमा सिमा सुरक्षासगै कोरोना नियन्त्रणका लागि नागरिकलाई सचेत गराउने काममा अग्रपंक्तिमा रहेर काम गर्दै आइरहेको बताए । प्रदेशको सुनौली, कृष्णनगर जमुना नाकाबाट प्रबेश गर्ने नेपाली दाजुभाइलाई सुरक्षित नेपाल प्रबेश गराउन, स्वास्थ्य सुरक्षा सम्बन्धी चेतना दिन सशस्त्र प्रहरीलाई तालिम दिएर खटाइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानले बताए । रगतको कमिले यो कोरोना महामारीमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्दै सशस्त्र प्रहरीले रक्तदान गरेको उनले जनाए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले अहिले कोभिड १९ को महामारीको बेला कसैले पनि रगतको अभावले ज्यान गुमाउन नपरोस् भन्दै यस किसिमको अभियान संचालन गरेको बताए ।

रगतको अभाव हुन नदिन कोभिड सँगै अन्य किसिमका विरामीलाई रगत उपलब्ध गराउन रक्तदान कार्यक्रम गरिएको रोटरी रोट्रयाक्ट कोभिड १९ सहजीकरणका संयोजक सुरज खरेलको भनाई छ । कार्यक्रममा चौहान र खरेलले सशस्त्र प्रहरीलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?