© २०२३
गुल्मी अस्पताल तम्घासमा ५ बेड क्षमताको आइसियू संचालन गर्नका लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
अहिलेसम्म जिल्ला अस्पताल, गुल्मीमा आइसियू बेडको व्यवस्था छैन् ।
परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधीसभा सदस्य प्रदिप ज्ञवालीको विशेष चासो र पहलले बजेट विनियोजन भएको हो ।
मन्त्री ज्ञवालीले बुधवार विनियोजित बजेटका बारेमा जानकारी गराएका छन् ।
कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त बजेट गुल्मीमा विनियोजन भएको हो । अर्थ मन्त्रालयले बुधवार बजेटको स्वीकृत दिएको छ ।
मन्त्री ज्ञवालीकै चासोमा यसअघि अक्सिजन प्लान्ट विस्तार गर्न १ करोड रुपैयाँ बजेट जिल्ला अस्पतालमा आएको थियो ।