ट्रेंडिंग:

>> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न

मैले भाई नै गुमाए, महामारीमा सक्दो सहयोग गरौंः सांसद कमाल

३ जेष्ठ २०७८, सोमबार
३ जेष्ठ २०७८, सोमबार

नेपाली काँग्रेस पार्टिका केन्द्रिय सदस्य तथा प्रतिनिधीसभाका सांसद अतहर कमाल मुसलमानको पहलमा कपिलवस्तु अस्पताललाई पाँच लाख सहयोग प्रदान गरिएको छ । साँसद कमालको पहलमा कतार च्यारिटी र लुम्बिनी एकिकृत बिकास संस्था (लिडो) नेपालको सहयोगको पाँच लाख रुपैयाको चेक साँसद कमालले तौलिहवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जोडेलाई हस्तान्तरण गरे ।

अस्पताललाई कोभिडका बिरामीको लागि आवश्यक पर्ने अक्सिजन र अन्य स्वास्थ्य सामाग्री खरिद गर्ने प्रयोजनका लागी गरिएको चेक हस्तान्तरण कार्यक्रममा माहुरी होमका अध्यक्ष रवि ठाकुर, गैसस महासंघका उपाध्यक्ष जय प्रकाश पाण्डेय, बुद्धभुमी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कपिलदेव तिवारी, तौलिहवा अस्पतालका व्यवस्थापक रत्नाकर शुक्ला र लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासे लगायतको सहभागीता रहेको थियो । सहयोग रकम बुझदै कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले आफुहरुले प्रयाप्त पुर्व तयारी गरेको भए पनि कोरोना संक्रमण सोचे भन्दा भयावह स्वरुपमा देखिएको बताए । “जिल्ला प्रशासन कार्यालयको बिपत व्यवस्थापन कोषबाट २२ वटा सिसिण्डर र अस्पतालले केहि सिलिण्डर खरिद गरि हाराहारी ९० सिलिण्डरमा ५० वटा टर्नओभर गर्ने गरेर प्लानिङ्ग गरेर त्यो अनुसार काम गरि राखेका थियौ । तर हामिले सोच भन्दा बढि नै भयावह अवस्थामा आयो ।” मेसु डाक्टर बन्जाडेले भने । आफुहरुले पुर्व तयारी गरिए पनि संक्रमणका कारण बिारमीको संख्या एकाएक बढ्दा पुर्ण व्यवस्थापनमा समस्या परेको उनले बताए । अहिले अस्पतालका स्वास्थ्यकर्मी २४ सै घण्टा खटिएर स्वास्थ्य सेवा दिदै आएको उनले प्रष्ट् पारे ।

कपिलवस्तु अस्पतालमा उपचार गराउने कोभिडका बिरामीलाई उपचारमा सहयोग पुर्याउन अक्सिजन सहितका स्वास्थ्य सामाग्रीका लागि आफुले पहल गरि संस्थागत सहयोग गरेको साँसद कमालले बताए । केहि दिन अघि आफुले कोभिडकै कारण आफ्नै भाईलाई गुमाउनु परेको पिडालाई स्मरण गर्दै साँसद कमालले आगामी दिनमा समेत व्यक्तिगत र संस्थागत सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताए । “हामीले तत्कालै जे जस्तो सकिन्छ सहयोग गर्नु पर्छ । किन भने म पनि कोभिडबाट पिडित नै भएको छु । केहि दिन अघि कोभिडकै कारण मैले पनि परिवारको सदस्य मेरो भाई नै गुमाएको छु ।” साँसद कमालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?