© २०२३
प्रतितिधि सभाकी सांसद गंगा चौधरीले देउखुरीस्थित दुई वटा अस्पतालका लागि स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेकी छिन् ।
सांसद चौधरीले पाँच थान सिलिण्डरसहितका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेकी हुन् । स्वास्थ्य विभागले दुई सय थान गाउन, सर्जिकल मास्क २ हजार, पञ्जा १ सय, सेनिटाइजर २० लिटर, गम्बुट १२, फेससिल्ड १ सय पिस दिएको चौधरीले बताएकी छिन् ।
ती स्वास्थ्य सामग्रीहरू लमही र सिसहनियाँ अस्पताललाई प्रदान गरिन ।
सांसद चौधरीले सरकारसँग माग गरेर स्वास्थ्य सामग्री ल्याएको बताएकी छिन् ।