ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

नेपाल सुपर लिगको उपाधि काठमाडौंको हातमा

१ जेष्ठ २०७८, शनिबार
१ जेष्ठ २०७८, शनिबार

नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो ।

च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख पक्का गर्दा धनगढीको हातमा १५ लाख रुपैयाँ पारको छ ।

काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । यो जितपछि काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको दुई हारको बदला समेत लिएको छ । यसअघि लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाडौंलाई २–१ ले हराएको थियो ।

दशरथ रंगशालामा खेलको २१औं मिनेटमा मेसोउके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । धनगढीका विशाल राईबाट विश्वास श्रेष्ठले बल खोस्दै दिएको पासमा मेसोउकेले धनगढीका दुई डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट फिनिङ मार्फत गोल गरे । धनगढीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले रोक्ने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको सुरुमै धनगढीले बराबरी गर्ने अवसर गुमायो । ४७औं मिनेटमा सिक्स यार्ड बक्समा प्राप्त बलमा धनगढीका बुद्ध बल तामाङको प्रहार गोलकिपर विकेश कुथु बिट भइसकेको अवस्थामा डिफेण्डर फ्लोरेन्ट क्वाराले गोललाइनभन्दा केही अघिबाट बचाए ।

५५औं मिनेटमा धनगढीका अशोक खवासको प्रहार काठमाडौंका गोलकिपर विकेशले क्रस बार माथिबाट बाहिर पठाएका थिए । ६५औं मिनेटमा काठमाडौंका स्टेफेन विनोङले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर किरण चेम्जोङको हातमा लाग्दै बाहिर गयो ।

८८औं मिनेटमा पुजन उपरकोटीको प्रहार क्रस बारको केही माथिबाट बाहिरिंदा धनगढीले अर्को अवसर गुमायो । ८९औं मिनेटमा काठमाडौंका स्टेफेन विनोङ समिरले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङको हातमा लाग्दै बाहिरियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?