ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

पुर्वी नवलपरासीमा रोपाई सुरु, किसान उत्साहित

१३ असार २०८०, बुधबार
१३ असार २०८०, बुधबार

नवलपुुर, १३ असार ।

नवलपरासी पूर्वमा ढिला गरी पानी पर्न थालेपछि खेतमा रोपाई सुरु भएको छ । रोपाई सुरु भएपछि किसानहरु उत्साहित भएका छन् ।

लामो समयको खडेरीपछि अहिले आकाशबाट पानी पर्न थाले सँगै नवलपरासी पूुर्बका किसानहरुलाई अहिले रोपाईमा ब्यस्तता बढेको छ । जिल्लाका आठै पालिकामा रोपाई शुुरु भएको अमरापुरीका कृषक रत्नबहादुुर खडकाले बताए । पानी परे सँगै पुर्बी नवलपरासीमा धान रोपाईले तीब्रता पाएको छ ।

यसवर्ष समयमा पानी नपरेका कारण पुर्वी नवलपरासीमा धान रोपाई शुुरु भएको र रोपाई साउनको अन्तिम सम्म जान सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । धान रोपाई यो वर्ष ढिला भए पनि किसानहरु भने उत्साहित छन् र ढिलै भए पनि पानी परेको र खेत रोपाई चाँडो सक्ने गरी किसानहरु खेतखेतमा लागिपरेका छन् ।

पूर्वी नवलपरासीको कुल १९ हजार ७५० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिने गरेको र यो जिल्ला धानमा आत्मनिर्भर जिल्लाका रुपमा रहेको छ भने यो वर्ष समयमा पानी नपरेकाले र अहिले बल्ल शुुरु भए पछि धानको लागि क्षेत्रफल खासै नघट्ने कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए ।

दुुई वर्षअघि ६३ हजार ७८५ मेट्रिक टन धान उत्पादन भएकोेमा गत वर्ष ६९ हजार ३७० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्दले जनाएको छ ।

भित्री मधेशका रुपमा रहेको गण्डकी प्रदेशको समथर जिल्ला पुर्वी नवलपरासीमा समयमै धान रोप्न थालेपछि कृषकहरुमा समेत खुशी छाएको स्थानीय गैंडाकोटका कृषक शिव कुमारी रानाभाटले बताईन् । पहाडी भेगका बुलिङटार, बौंदीकाली गाउँपालिका संगै कावासोती, गैंडाकोट नगरपालिकाका धेरै भूभाग अहिले धान रोपाईले हरियाली भैसकेको गैंडाकोट नगरपालिका अध्यक्ष मदनभक्त अधिकारीले बताए । गत बर्ष सम्म बाँझै अबस्थामा रहेको करीब पाँच हजार हेक्टरमा यो वर्ष भने लिक ढिला भए पनि समयमै पानी परेकाले खेत रोपाई भएको नगरपालिकाका अध्यक्ष अधिकारीले बताएका छन् ।

जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवा लगायत हाईब्रिड जातका धान बढी लगाईन्छ । खेती बढाउनका लागि हिउँदे धान लगाउने किसानलाई अनुदानको व्यवस्था गरे पनि प्रकृया झन्झटिलो हुँदा किसानले कुनै लाभ लिन नसकेको कृषक प्रेम सिहं लुगेली मगर बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?