ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

बादी समुदायको दुःखेसो — बिगत सम्झाएर पीडा दिने काम भयो

९ श्रावण २०७५, बुधबार
९ श्रावण २०७५, बुधबार

यौन व्यवसायसंग जोेडिएको आफ्नो समुदायको बिगतलाई घोतल्ने काम गरेर समाजका ऐना मानिने साहित्यकार र चलचित्रकर्मीले नै पीडा दिने काम गरेको बादी समुदायका अगुवाले दुःखेसो पोखेका छन् । यथार्थ भन्दा फरक र तथ्यलाई बिगार्दै चलचित्र, उपन्यास र कथाहरु प्रकाशन गरेर बिगतलाई बिर्सिएर आत्मसम्मानका साथ बाँच्न खोजेको नयाँ पुस्तालाई तनाव दिइरहेको राष्ट्रिय वादी परिषदका अध्यक्ष केशव नेपाली बादीले बताए ।
‘ एउटा कालखण्डमा राज्य सन्चालकबाट जर्बजस्ती हाम्रा चेलीहरुलाई बेश्याबृतिमा लगाइयो । हाम्रा पुर्खाले व्यहोर्नुपरेको त्यो कालो समय अहिले छैन । हामी बिर्सिन चाहान्छौं । तर नभएका कुराहरु समेत बाहिर ल्याउने काम गरेर हामीलाई पीडा दिने काम भइरहेको छ , अहिले । ’— केशवले भने । अहिले बिभिन्न चलचित्र हलमा चलेको चलचित्र पण्डित बाजेको लौरीमा बिगतमा पनि आफ्ना पुर्खाले नगरेको काम प्रस्तुत गरेर होच्याउने काम भएको उनले बताए ।
चलचित्रमा बिबाहित बादी युवतीले परपुरुषसंग सम्बन्ध नराख्ने गरेको भएपनि चलचित्रमा श्रीमानलाई ग्राहक खोजिदिने गरेको देखाइएको अर्का वादी समुदायको अधिकारका लागि काम गर्ने अगुवा सुकलाल नेपाली वादीले बताए । त्यस्ता कुराहरु कहिल्यै नभएको अध्ययनले पनि देखाएको सुकलालले जानकारी दिए । ‘ भएका कुराहरु सार्वजनिक गर्दा हामीलाई आपत्ती हुने कुरा भएन तर यहाँ त नभएको कुरा ल्याउन थालियो । सायद यिनीहरुलाई जे भने पनि जे गरेपनि हुन्छ भन्ने परेको जस्तो लागिरहेको छ ।’ सुकलालले भने ।
यसअघि सार्वजनिक भएका नथिया, ऐलानी जस्ता साहित्यीक कृतीमा पनि नभएका कुरा लेखिएको बादी अगुवाको भनाई छ । उनीहरुले यस्ता प्रबृतिका बिरुद्धमा कानुनी उपचार खोजिने पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?