ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

अक्सिजन बेड निर्माण गर्दै स्थानीय सरकार

१९ कार्तिक २०७७, बुधबार
१९ कार्तिक २०७७, बुधबार

कोरोना संक्रमित बढ्दै जाँदा दाङका स्थानिय तहहरुले अक्सिजन सहितको (आइसोलेसन) बेड निर्माण गर्न थालेका छन् । दिनदिनै संक्रमितको संख्या बढ्दै गएको र आईसियु बेड नभएका कारण मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएकोले अक्सिजन सहितको आईशोलेसन वेड निर्माण गर्न लागेका हुन् ।

जिल्लाका १० वटा पालिका मध्ये कुनैमा आइसोलेसन बेड निर्माणको कार्य थालिएको छ भने कुनैमा निर्माण भइसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जसकालागि संघीय सरकारले प्रत्येक पालिकालाई १० लाखका दरले बजेट समेत पठाएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले दिएको जानकारी अनुसार दंगीशरणमा अक्सिजन सहितको ५ बेडको आइसोलेसन निर्माण भइसकेको छ भने सञ्चालनमा आउन अझै बाँकी छ । दाङमा अहिले प्रदेश सरकारले स्थापना गरेको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा ५ बेडको मात्रै आइसियु रहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले राप्ति प्रादेशिक अस्पताललाई आईसीयु वेड सञ्चालनका लागी सहयोग गरीरहेको जनाएको छ । कोरोना संक्रमित बढ्दै जाँदा कोरोना अस्पतालमा रेहको आइसीयु बेड अपुग हुनसक्ने भन्दै राप्ती प्रादेशिक अस्पतालमा ५ बडेको आइसीयु निर्माण थालेको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए । अस्पतालमा आईसियुको लागी समान आईसकेको छ भने जडान गर्न वाँकी छ । “आईसियु वेड सञ्चालन गरेर मात्र हुदैन, व्यवस्थापन गर्न चुनौति छ” फोकल पर्सन केसीले भने । कोरोना संक्रमणलाई व्यवस्थान गर्नेहो भने लकडाउन नै उपयुक्त विकल्प रहेको उनको भनाई छ ।

जिल्लामा अहिले ५ सय ६९ जना सकृय संक्रमितहरु रहेका छन् भने १४ जनाको मृत्यु भैसकेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जिल्लाका दुई ठुला उपमहानगरपालिकाले विगतमा बनाएका आईशोलेसन सेन्टरहरु पनि बन्द गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार लकडाउन खुलेर विद्यालयहरु सञ्चालनमा आएका कारण आईशोलेसन सेन्टरहरु बन्द भएका हुन् । “आईसियुमा राख्नुपर्ने विरामीलाई कोरोना विशेष अस्पताल बेलझुण्डी पठाउने गरीएको छ भने अन्यलाई होमआईशोलेसन बस्न भनेका छौ” केसीले भने । विद्यालयहरु सञ्चालनमा आउनेभएपछि बनेका आईशोलेसन बन्द गराएपनि २ महिनाकालागी घोराही उपमहानगरपालिकाले भाडामा आईशोलेसन सेन्टर सञ्चालनमा ल्याएको थियो । उक्त आईशोलेसन सेन्टर पनि गत साउन महिनावाट बन्द भएको छ । कोरोना संक्रमितहरु बढेपनि लक्षण नदेखिएकाहरुलाई होम आईशोलेसनमा बस्न लगाएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए । “लक्षण देखिएर समस्यामा भएका संक्रमितलाई बेलझुण्डी पठाउने गरेका छौ भने अन्यलाई होम आईशोलेसनमै बस्न सुझाएका छौ” चौधरीले भने ।

यता दाङका प्रमुख जिल्ला अधिकारी जयनाराण आचार्यले जिल्लामा कोरोना नियन्त्रणका लागि थप कदमहरु चालिएको बताएका छन् । “कोरोना नियन्त्रणका लागि जिल्लाका सरकारवाला निकायसँग छलफल पनि भएको छ, थप आइसियु बेड निर्माणदेखि जनचेतना जगाउने कार्यक्रम गरिने छ” उनले भने । समुदायमा संक्रमण थप नफैलियोस् भन्ने उद्देश्यले संक्रमितले आइसोलेसनमा रहंदा अपनाउनु पर्ने स्वास्थ्यका मापदण्डका वारेमा जनचेतना जगाउने, थप परिक्षण बढाउन र रिपोटिंङ गर्ने, उपचारकालागि आवश्यक आइसीयु बेडसँगै भेन्टिलेटर निर्माण गर्ने तयारी थालिएको आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?