ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

जोखिममा खटिने प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री

२४ भाद्र २०७७, बुधबार
२४ भाद्र २०७७, बुधबार

प्रदेश ५ का बिभिन्न जिल्लाका प्रहरी युनिटमा अग्रपंतीमा खटिने प्रहरीका लागी स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । अग्रपंतीमा खटिएर काम गर्ने प्रहरीहरुमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढन थाले पछि कपिलवस्तु सहितका बिभिन्न जिल्लाका प्रहरी युनिटमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो ।

डिएफआईडीको सहयोगमा मधेस मानव अधिकार गृह (माहुरी होम) ले सञ्चालन गरेको सहज परियोजनाको कार्य क्षेत्र अन्तर्गतका ७ जिल्लाका २२ पालिकाका प्रहरी युनिटलाई केन्द्रित गरि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराईएको हो । मंगलबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको परिसरमा माहुरी होमका अध्यक्ष रवि ठाकुर, महासचिव माया ज्ञवाली र सहज परियोजना संयोजक बिना चौधरी लगायतले करिब ५३ हजार मुल्य बढिको स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रहरी उपरिक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामाग्रीमा पिपीई सेट, स्यानेटाईजर, हेण्ड वास, थर्मल गन, ग्लोब्स र माक्स लगायतका सामाग्री थिए । प्राप्त सामाग्रीले हरेक समय नागरिकको शान्ति सुरक्षाका लागी अग्रपंतीमा खटिने प्रहरीको स्वास्थ्य सुरक्षाको प्रत्याभुती गर्न सहयोग पुग्ने प्रहरी उपरिक्षक नवराज अधिकारीले बिस्वास व्यक्त गरे । “कोरोना संक्रमणको जोखिम बिच अग्रभागमा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षाको प्रत्याभुती गराउन सहयोग पुग्ने छ । ” उपरिक्षक अधिकारीले भने ।

परियोजना अन्र्तगत प्रदेश प्रहरी कार्यालय सगै कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, दागं, प्यूठान, रोल्पा र बाँके जिल्लाका जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी चौकी सम्मका ४८ प्रहरी युनिटमा करिब १० लाख ५० हजार मुल्य बढिका स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको सहज परियोजनाकी संयोजक बिना चौधरीले जनाईन । अग्रपंतीमा खटिएर काम गर्ने सुरक्षाकर्मी कोरोना संक्रमणको बढि जोखिममा रहेकाले सुरक्षाकर्मीका लागी स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएका माहुरी होमका अध्यक्ष रवि ठाकुरले बताए । “स्वास्थ्य सुरक्षा सामाग्री बितरणले अग्रपंतीमा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षाको अवस्था बलियो भई मनोवल थप बढने छ ।”ठाकुरले भने । जिल्लाभर हालसम्म १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएकोमा ५७ जना सुरक्षाकर्मीसमेत संक्रमित भईसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?