© २०२३
नेपालमा कोराना भाईरसबाट आजसम्म संक्रमितको संख्या ४० हजार पुगेको छ । कोरोनाबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जनप्रतिनिधि लगायतका संक्रमित भएका छन् । कोरोना संक्रमित जनप्रतिनिधि र उनीहरुलाई समाजले नराम्रो र ससंकित तरिकाले हेर्ने गरेको उनीहरुले बताएका छन् ।
तुलसीपुर ७ का वडा अध्यक्ष टोपबहादुर केसी कोरोना संक्रमण रोकथामका लागि व्यवस्थापनमा खटिएको समयमा कोरोना संक्रमित भए । लक्षण कुनै नभएपनि संक्रमितको सम्पर्कमा आएकाको आधारमा स्वाब परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भयो । “संक्रमण देखिएपछि शुरुमा विश्वास त थिएन, तै पनि विश्वास गर्नै प¥यो” केसीले भने । संक्रमण भएपछि केसी घरमै आइसोलेसनमा बसेर कोरोना त जिते । तर कोरोना संक्रमित भनेर समाजले घृणा गर्ने गरेको महसुस हुनेगरेको उनले बताए । यो मान्छे समाज देखि टाढा भए हुन्थ्यो भन्ने धेरैको ब्यबहारले देखाएको उनको बताए । “मुखै अगाडी संक्रमित हो भनेर भन्न नसकेपनि समाजको ब्यबहारले हेलाको दृष्टिले हेरेको मलाई लाग्छ” उनले भने । कोरोना जितेकालाई पनि संक्रमित नै हो भन्ने धेरैको बुझाई समाजमा छ । कोरोना माहामारी भयानक भएपनि आफु सुरक्षित भएमा यसबाट बच्न सकिन्छ भन्ने चेतना समाजमा नभएको केसी बताउछन् ।
यस्तै पिडा अरु जनप्रतिनिधिले पनि भोगेका छन् । कोरोना भाईरस सुन्दा सामान्य भएपनि आफैले भोग्दा निकै जटिल भएको बङ्गलाचुली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष यनुराज खत्रीको अनुभब छ । संक्रमण पुष्टि भएपछि मनमा धेरै हौसला लिएर समाज र परिवारलाई स्वस्थ भएको हसिलो मुहार देखाउनुपर्छ भन्ने सोच उनलाई थियो । क्वारेन्टाईनको बसाई, सम्झदा मरे मलामी जाने कोही नहुने कस्तो रोगले छोएछ भन्ने लाग्थ्यो रे उनलाई । क्वारेनटाई र आइसोलेशनको बसाईमा सुरक्षा साबधानी अपनाउनु नै सबै भन्दा महत्वपुर्ण कुरा भएको उनले बताए । संक्रमितले तातोपानी, बेसार, मरिच, गुर्जो जस्ता जडिबुटी खाँदापनि कोरोनाबाट मुक्त हुन सकिने उनले जानकारी दिए । नगरपालिका गाउँपालिकाले खानपानमा कुनै कन्जुस्याई नगरेपनि टाढाटाढा बाट खाना लिएर राखिदिदा आफ्नै लागि हो भन्ने बुझ्दा बुझ्दै पनि अपहेलित भएको महसुश भएको उनले बताए । जनप्रतिनिधि अथवा वडा अध्यक्ष जो ब्यक्ति एउटा सिंगो समाजको अभिभाबक हो ।
“कोरोना रिपोर्ट पोजेटिभ आउदा पनि बिश्वास गर्ने अबस्था पनि थिएन, स्वस्थ मानीस म कसरी संक्रमित हुन्छु ? कतै जाँच गर्ने मेसिन त बिग्रेको होईन ? यस्ता प्रश्न मनमा आए” घोराही उपमहानगरपालिका २ का वडा अध्यक्ष केशबराज आचार्यले भने । कोरोना रिपोर्ट पोजेटिभ आयो संक्रमित छु भनेर विश्वास गर्नै परेको थियो, आफुले सुरक्षाका साबधानी अपनाउदै र मनोबल बढाउने काम गरेको उनले बताए । आफु सचेत भएमा र कोरोना सामान्य रोग हो भन्ने सम्झिएमा कोरोनाले हार्न सक्छ भन्ने उनको भनाई छ । अहिले पनि कताकता यो संक्रमित हो है भनेको जस्तो लागेको उनले बताए ।
कोरोना रिपोर्ट पोजेटिभ आउदा आश्चर्य त कसलाई लाग्दैन र तर कोरोनाबाट बिश्व नै प्रभाबित भएको बेला म संक्रमित भएको छैन भनेर एकिन गर्न सक्ने अवस्था नभएकोले विश्वास गर्नपरेको बङ्गलाचुली गाउँपालिका २ का वडा अध्यक्ष मेघराज रानाले बताए । “पहिले पहिले निकै जटिल लागेपनि बिस्तारै सामान्य लाग्छ, सुरुवाती चरणमा आत्तिए पनि साबधानी अपनाए बाच्न र बच्न सजिलो हुनेरैछ” अध्यक्ष रानाले भने । कोरोना संक्रमित हुदैमा मरिन्छ भन्ने सोच नै मन बाट हटाउन सक्नु नै कोरोनालाई जित्नु भएको उनको भनाई छ । अहिले समाजमा कसैले मुखै खोलेर भनेका त छैनन् तर भेटहुने मानिस सशंकित हुनेगरेका छन्” रानाले भने ।