ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

पानी, स्वास्थ्य र कोरोना भाइरस

१४ भाद्र २०७७, आईतवार
१४ भाद्र २०७७, आईतवार

पानीको न रंग हुन्छ,

न स्वाद हुन्छ, न गन्ध !

तर त्यही रंग, स्वाद र गन्धरहित तरल पदार्थ पानीविना मानव जीवन अधुरो नै हुन्छ ।

पानी सम्पूर्ण जीवजन्तु तथा वनस्पति जिउने आधार हो । मानिसको शरीरमा करिव ८० प्रतिशत पानीको मात्रा हुन्छ । य

दि शरीरमा पानीको मात्रा २० प्रतिशतभन्दा कम भयो भने ज्यानै जाने सम्भावना हुन्छ ।

पानीको शरीरमा प्रभावः

हामीले जति नै स्वस्थकर खाना खाएता पनि शरीरमा पानीको मात्रा कमी हुँदा हामीलाई विभिन्न रोगहरु लाग्न सक्छन् । पानीको कमीले ओँठ सुक्ने, छटपटी हुने, पेट पोल्ने, पिसाब पोल्ने, मृगौला बिग्रने, मुटुलाई असर गर्ने, अपच हुने, कब्जियत, ग्यास्टिक बढ्ने, कलेजोमा असर गर्ने, मृगौलाको पत्थरी हुने, मुख गन्हाउने, मांसपेशी फर्कने, मानसिक समस्या हुने, शारीरिक दुर्बलता हुने, रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने, छालाको एलर्जी हुने, टाउको दुख्ने आदि समस्याहरु देखा पर्छन् । नुहाउँदा पानीले जसरी शरीरका बाहिरी अंगहरुलाई सफा गर्छ, त्यसरी नै पानी पिउँदा यसले शरीरका भित्री अंगहरुलाई सफा गर्छ । शरीरमा रहेका युरिया, युरिक एसिडजस्ता विभिन्न किसिमका विकार तत्वहरु हुन्छन् । त्यस्ता विकार तत्वहरुलाई सफा गर्न पानीको आवश्यकता पर्दछ ।

पानी कति पिउने ?ः

हामीले पानी पिएकै हुन्छौं । तथापि ‘पानी पिएको छु’ भनेर मात्र हुँदैन । कति पिइएको छ भन्ने कुरामा भर पर्छ । हरेक वयस्क व्यक्तिले दैनिक कम्तिमा २ देखि ३ लिटरभन्दा बढी र अधिकतम ६ लिटर पानी पिउन आवश्यक छ । पानी एकैचोटी धेरै पिउन हुँदैन । एकैचोटी धेरै पनि पिउँदा मृगौलालाई भार पर्दछ भने शरीरमा भएको खनिज तत्व पानीले बगाएर पिसाबको मध्यमबाट बाहिर फ्याँक्छ । हामीले दैनिक कति पानी पिउने, कुन कुन समयमा पिउने भन्ने कुराको पुरै वेवास्ता गरिरहेका हुन्छौं । कसैले खानासंगै पानी टन्न पिउनुहुन्छ भने कसैले पानी देखेपछि वा भेटेपछि मात्र पेटभरी पिउनुहुन्छ । कसैले खाना लगत्तै एक दुई माना पानी पिउनुहुन्छ भने कसैले खाना खानुभन्दा अघि टन्न पानी पिउनुहुन्छ । कतिपय युवायुवतीले त ‘पिसाब लाग्छ’ भनेर पनि पानी नपिउने भेटिएको छ ।

पानी कतिखेर कति पिउने ?ः

हाम्रो दैनिकी पानी पिएर शुरु हुनुपर्छ । विहान उठ्ने बित्तिकै विना ‘ब्रस’ र मुख कुल्ला नगरी खाली पेट कम्तिमा एक लिटर उमालेको मन तातो शुद्ध पानी बिस्तारै पिउनु पर्छ । यसले पेटको विकार खलास गर्न मद्दत गर्छ । हाम्रो शरीरको तापक्रम करिव ३७ डिग्री सेल्सियस हुन्छ । त्यसैले एकाविहानै चिसो पानी पिउँदा शरीरले समन्वय गर्न सक्दैन र शरीरमा अनेक समस्या देखिन थाल्छ । हामीले चिसो पानी पियौं भने पनि शरीरले त्यो चिसो पानीलाई तताउन थाल्छ । शरीरको तापक्रमसंग मेल नखाँदासम्म शरीरले चिसो पानी शोषण गर्दैन । शरीरले पानी छिटो शोषण गरोस् र उर्जा प्राप्त होस् भन्नाका लागि मनतातो पानी निकै उपयुक्त हुन्छ । बिहान र बेलुका मनतातो पानी पिउनुपर्छ भने दिउँसो घाम लागेको अवस्थामा चिसो पानी पिउन सकिन्छ । जाडो याममा भने मन तातो पानी नै पिउनु पर्छ । ‘फ्रिज’को चिसो पानी स्वास्थ्यको लागि हानिकारक छ । बालबालिका र वृद्धहरुले आफ्नो शारीरिक अवस्था हेरी बिहान खाली पेट एकदेखि दुई गिलास पानी पिउनुपर्छ । विहान पानी पिइसकेपछि दिशा पिसाबबाट निवृत्त भई स्नान गरी आफ्नो आवश्यकता अनुसार एक देखि २ घण्टासम्म पसिना आउने गरी योग, ध्यान तथा प्राणायाम वा व्यायाम गर्नुपर्छ । व्यायाम गरेको २० देखि ३० मिनेटको विश्राम पछि पुनः एक वा दुई गिलास पानी पिउनुपर्छ । अब एक एक घण्टाको अन्तरमा वा आवश्यकता अनुसार एक एक गिलास पानी चुस्की लगाउंदै पिउन सकिन्छ । खाना खानुभन्दा कम्तिमा एक घन्टा अघि, खानासंगै र खाना खाएको कम्तिमा एक देखि दुई घण्टासम्म पानी पिउनु हुँदैन । खाना खानुभन्दा अघि पानी पिउँदा तपाईलाई भोक कम लाग्छ र पाचन प्रक्रियामा असर पुग्दछ । खाना खाएपछि हाम्रो पाचन प्रणालीमा रहेको जठराग्नी सक्रिय हुनुका साथै पाचन रस उत्पादन हुन्छ । जठराग्नी आगो जस्तै हो । यसले खाना पचाउने काम गर्छ । यदि खानासंगै वा खानापछि तुरुन्तै पानी पियौं भने पाचन रस पानीमा घुल्छ, जठराग्नी शिथिल हुन्छ र हाम्रो पाचनप्रक्रिया अवरुद्ध हुन्छ ।

तर खानापछि दुध, दही वा मही भने पिउन सकिन्छ । आगोमा घिउ हाल्दा दन्किए झैँ दुध, दही वा महीले पनि जठराग्नीलाई सक्रिय गर्न मद्दत गर्छ । दिउँसो खाजा खाँदा, खाजासंगै वा खाजापछि तुरुन्तै पानी पिउन हुँदैन । कम्तिमा आधा घण्टाको अन्तर हुन जरुरी हुन्छ । बेलुकाको खाना खानुभन्दा आधा घण्टा अघिसम्म हामीले हाम्रो शरीरलाई आवश्यक पर्ने पानीको मात्रा पुरा गरी सक्नुपर्छ । बेलुका सुत्ने बेलामा एक गिलासभन्दा बढी पानी पिउनुहुँदैन । सुत्दा खेरी शरीर पुरै शिथिल अवस्थामा हुन्छ । दिनभरी पिएको पानीले नै शरीरमा काम गरिरहेको हुन्छ ।

पानी कसरी पिउने ?ः

पानी कहिल्यै पनि उठेर र ठाडो घाँटी गरेर पिउन हुँदैन । यसो भनिरहँदा हामीलाई अचम्म लाग्न सक्छ । तर वास्तविकता त्यही नै हो । पानी जहिले पनि पलेटी कसेर वा टुक्रुक्क बसेर गिलासमा राखेर पिउनुपर्छ । ठाडो घाँटी गरेर पानी पिउनु स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिँदैन । उठेर वा ठाडो घाँटी लगाएर पानी पिउँदा पानी सोझै हाम्रो जोर्नीहरुमा जान्छ । फलस्वरूप जोर्नीसम्बन्धी समस्याहरु देखा पर्न थाल्छन् । जोर्नी दुख्नु वा बाथ हुनु यसैको कारण हो । पिसाब छिटो लाग्नुको साथै मृगौलालाई पनि असर गर्छ । घुँडाको समस्या छ भने कुर्सीमा बसेर पनि पानी पिउन सकिन्छ । पानी मुखमा राखी खेलाई खेलाई ¥यालसहित पिउँदा बढी लाभ लिन सकिन्छ । मुख भित्र रहेको ¥यालले पाचनक्रियामा महत्वपूर्ण भूमिका खेल्दछ । ¥यालले मुख तथा आन्द्रामा भएको घाउलाई निको पार्न पनि सहयोग गर्छ ।

निचोडः

पानी यत्ति नै पिउनुपर्छ भन्ने कुनै नियम छैन । हरेक मानिसको शारीरिक बनोट फरक फरक हुन्छ । भूगोलअनुसार पनि पानीको मात्रा थपघट हुनसक्छ । संक्रमणकालमा पानीको मात्रा, गुणस्तर छुट्टाउनु जरुरी हुन्छ । जस्तो अहिले कोरोना भाइरस संक्रमित छ । यो बेला मनतातो पानी एक देखि दुई ग्लास घण्टा घण्टामा पिउनु पर्छ । सफा पानीले हात धुनुपर्छ । नित्य नुहाउनु पर्छ । आफुलाई कति पानीको आवश्यक पर्छ, व्यक्ति आफैले निक्र्याैल गर्नुपर्छ । खाना भोक लागेपछि मात्र खानुपर्छ भने पानी तिर्खा नलागे पनि पटकपटक पिउनुपर्छ । जसले दिनको कम्तिमा ४ लिटर पानी पिउँछ उसलाई कहिल्यै मानसिक रोग अथार्त‘डिप्रेसन’ हुँदैन । गर्मी किसिमको शरीर भएकाहरु र ज्यादा पसिना आउनेहरुले अलि बढी नै पानी पिउनुपर्छ । मृगौलाको रोगीले एकदिनमा जति पिशाब फेर्छ त्यो भन्दा आधा लिटर बढी पानी पिउनुपर्छ । मधुमेहका रोगीहरुले पनि ‘सुगर’को मात्रा अनुसार पानीको मात्रा घटाउने बढाउने गर्नुपर्छ । पखाला लाग्दा बचाउने भनेको पानीले नै हो ।

तातो पानी पिउँदा मोटोपन घटाउन सकिन्छ । फलफूलबाट पनि केही मात्रामा पानीको आपूर्ति हुन्छ । पानीका अनेक श्रोत हुने भएकोले पिउने पानी किटाणुरहित हुनुपर्छ । देख्दा सफा भए पनि पानीमा किटाणु हुन सक्छन् । ब्लिचिंग पाउडर, पियुस जस्ता पानी शुद्ध बनाउने औषधि राखेर पनि पानी शुद्ध गराउन सकिन्छ । सफा पानीलाई ५–७ मिनेट उमाल्दा पानीमा भएका सम्पूर्ण किटाणु नष्ट हुन्छ र पानी शुद्ध हुन्छ । आजभोलि पानी प्रायः प्लास्टिकको भाँडा वा बोतलमा राख्ने चलन छ । तातो पानी प्लास्टिकको बोतल वा भाँडामा राख्नुहँुदैन । यसो गर्दा प्लास्टिकमा भएको क्यान्सर कारक रसायन पानीमा घुल्दछ र त्यस्तो पानीले शरीरलाई असर गर्दछ । पानी सकेसम्म तामाको भाँडामा राख्दा राम्रो हुन्छ । सफा पानी करिब ८ घण्टा तामाको भाँडामा राख्दा पानीमा भएका किटाणुहरु नष्ट हुन्छन् । बजारबाट किनेर ल्याएको जारको पानी पनि विभिन्न कारणले अशुद्ध हुनसक्छ । त्यसैले जारको पानी पनि उमालेर पिउँदा राम्रो हुन्छ । मानिसलाई लाग्ने विभिन्न रोगहरु मध्ये करिब ९० प्रतिशत रोग अशुद्ध पानीबाटै लाग्ने गर्छ । सही तरिका, मात्रा र समय मिलाएर पानी पिउने गरौँ र स्वस्थ जीवन व्यतीत गरौँ । कोरोना भाइरसबाट बच्न पनि यो विधिले सघाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?