ट्रेंडिंग:

>> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो

तुलसीपुर बसपार्क निर्माणको एक बर्ष तीन महिनामा सकिएला आधा काम

७ श्रावण २०७५, सोमबार
७ श्रावण २०७५, सोमबार

दाङको तुलसीपुर बसपार्क निर्माण सम्पन्न हुनुपर्ने तीन महिनाको म्याद बाँकी रहदा आधा काम मात्र पूरा भएको छ । सम्झौता भएको एक बर्षमा टर्मिनल भवन, सपिङ स्टल निर्माणको काम पुरा भएको छ । ट्वाईलेट ब्लग, सडकबाटो, सडक बत्ति निर्माणको काम बाँकी रहेको तुलसीपुर उपमहानगरपालिकाका ईञ्जिनियर पवनकुमार योगीले बताए । तुलसीपुर उपमहानगरपालिका र ठेकेदार कम्पनी शिबशक्तिबीच १५ महिनामा आधुनिक बसपार्क निर्माणको काम सक्ने सम्झौता भएको थियो ।
बसपार्क निर्माणका लागि छुट्यााएको १० करोड मध्ये ४ करोड रकम एक बर्षमा खर्च भईसकेको उनले बताए । तुलसीपुर बसपार्कको ग्यारेजले गर्दा समस्या भएको भन्दै ग्यारेज जति छिटो अन्यत्र ठाउँमा सर्छ, त्यति छिटो काम पुरा हुने निर्माण ब्यबसायीको भनाई छ । ग्यारेज सार्नका लागि तुलसीपुर ६ र ९ को किनारामा अटोभिलेज निर्माणको काम भईरहेको छ । तुलसीपुर बजारको बसपार्क पातुखोलामा सारेको २२ वर्ष वितिसक्दा पनि त्यसको अवस्थामा सुधार आउन सकेको थिएन् । बर्षादमा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने समस्या थियो । तर बसपार्क आधुनिक भएसंगै त्यो समस्या हट्ने अनुमान गरिएको छ । विगत २२ बर्ष देखि पातुखोलाको वसपार्कको स्तरउन्नती गर्ने वा आधुनिक बनाउने सपना पुरा हँुदैछ । करिब ३४ करोडको लागतमा निर्माण हुने उक्त बसपार्कको पहिलो चरणको काम दश करोडको हुने छ । बहुबर्षिय योजना अन्तरगत राखिएको बसपार्क निर्माणको पहिलो चरणमा ५÷५ प्रतिसत व्याजदरमा नगर बिकास कोषले उपलब्ध गराएको ९ करोड तथा कोषको एक करोड अनुदान र तुलसीपुर उप–महानगरपालिकाको ५० लाख गरि कुल १० करोड ५० लाखमा काम हुने छ । सोही रकमबाट १६ कोठे टर्मिनल भवन, गार्डेन, रेष्टुरेन्ट, ५२ वटा सपिङ्ग स्टल, सार्बजनिक सौचालय, रेष्टरेन्ट, पक्की सडक र सडक बत्ति निर्माण गरिने ईञ्जिनियर योगीले बताए ।

३ करोड १६ लाख ९८ हजारमा टर्मिनल भवन निर्माण हुने छ भने २ करोड ४४ लाख २२ हजारमा ५२ वटा सटर रहेको सपिङ स्टल निर्माण गरिने ईञ्जिनियर योगीले जानकारी दिए । भित्र टिकट काउन्टर, रेष्टुरेष्ट, प्रशसनिक भवन, हेल्प डेक्स र बीचमा बगैचा निर्माण हुनेछ ।
टर्मिनल भवन निर्माण सम्पन्न भए लगतै सार्वजनिक सौचालय निर्माण, सडक तथा सडक वत्ति निर्माणको काम शुरु गरिने उनले जानकारी दिए । साबिक तुलसीपुर नगरपालिकाले ५ बर्ष अघिदेखि बसपार्क निर्माणका लागि प्रक्रिया शुरु गरेपनि बिभिन्न बाधा व्यवधान र अबरोधका कारण समयमा बसपार्क निर्माणको कार्य शुरु हुन सकेको थिएन् । त्यहाँका बासिन्दाले बसपार्कलाई आधुनिक बनाउन लामो संघर्ष गरेपछि आधुनिक बसपार्क निर्माणको कार्य शुरु भएको हो ।
२०५२ सालमा पातुखोलाको बगरमा स्थानतरण गरिएको उक्त बसपार्क आधुनिक बनाउन माग गर्दै त्यहाँका बासिन्दा पटक पटक बिभिन्न निकायमा डेलिगेशन गएका थिए । कहिले नगरपालिका, कहिले नगर बिकास कोषमा डेलिगेशन गए । त्यसको फल स्वरुप अबको १० महिनामा आधुनिक बसपार्क निर्माणको कार्य शुरु हुँदैछ । आधुनिक बसपार्क निर्माण भएपछि यहाँ आउने यात्रुहरुलाई आवत जावतमा पनि सहज हुने छ । गाडि पार्किङ ब्यबस्थित हुने तथा बसपार्क आसपासमा बसोबास गर्दै आएका बासिन्दाहरु धुलो मुक्त हुने छन् ।
(((

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?