ट्रेंडिंग:

>> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो

सार्वजनिक जग्गा ब्यक्तिको नाममा, २९ बर्ष पछि खुल्यो रहस्य

७ श्रावण २०७५, सोमबार
७ श्रावण २०७५, सोमबार

बिभिन्न निकायहरुको मिलमतोमा सार्वजनिक जग्गा ब्यक्तिको नाममा दर्ता भएको २९ बर्ष पछि रहस्य खुलेको छ । सार्वजनिक जग्गा भएको कारण स्थानियहरुले उद्यानको रुपमा प्रयोग गर्दै आएको जग्गा ब्यक्तिको नाममा रहेको पाईए पछि स्थानिय आक्रोशित भएका छन ।
रुपन्देही सदरमुकाम भैरहवा संगै जोडिएर रहेको मायादेवी गाउपालिकाको १६ कठ्ठा ३ धुर जग्गा नवलपरासी जिल्ला  बर्दघाट नगरपालिकाका सुरेश अर्यालले आफ्नो नाममा दर्ता गराएको रहस्य खुलेको छ । साविक हाटी बनगाई गाविस वडा नम्बर ५क को कित्ता नम्बर ३५९ र ३६० को गरि १६ कठ्ठा ३ धुर जग्गा निज अर्यालले २०४६ सालमा नै आफ्नो नाममा दर्ता गराएका छन ।
करोडौ मूल्य पर्ने उक्त जग्गा अर्याललाई २०४६ सालमा लुम्बिनी अञ्चल क्षेत्रिय वासोवास कार्यालयले सुकुम्वासी भन्दै उपलब्ध गराएको छ । सुकुम्वासी भनिएका सुरेश अर्यालले भने उक्त जग्गा कहिले पनि भोग गरेनन् । अहिले पनि उक्त जग्गामा स्थानियहरु घर टहरा बनाएर बसोबास गरि रहेका छन । २०४६ सालमा अर्यालको नाममा जग्गा आए पनि के कति प्रमाणले उनको नाममा आएको हो त्यो केही पनि खुलेको छैन । उनको नाममा जग्गाधनि श्रेस्ता मात्र भएको र जग्गा आएको देखिने अन्य कुनै पनि मिसिद नभएको मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोतथ अधिकृत शिव प्रसाद रेग्मीले बताए । प्रमुख मालपोत अधिकृत रेग्मीले अहिले जग्गाधनि अर्यालले उक्त जग्गा पनि ५० लाखमा धितो राखेको बताए ।
यता स्थानियहरुले उक्त जग्गा जग्गाधनि सुरेश अर्यालले किर्ते गरि आफ्ना नाममा गराएको दावी गरेका छन । “कुनै प्रमाण नै पेश नगरी सो जग्गा सिधै अर्यालको नाममा गएको छ ।” स्थानिय शंकर ज्ञवालीले भने । जग्गाधनिको नाममा जग्गा हस्तान्तरण हुदा उनको उमेर १२ बर्षको मात्र देखिन्छ । फिल्डबुक उतारमा अहिले पनि उक्त जग्गा पर्ति जग्गा भएको उल्लेख छ । “यति मात्र हैन नवलपरासी माकरको मान्छेलाई कसरी यहाको जग्गा सुकुम्वासी भनेर दिन मिल्छ ?” ज्ञवालीले भने ।
यता यस बिषयमा मायादेवी गाउपालिका वडा नम्बर ८ को भूमिका पनि शंकास्पदख देखिएको स्थानियहरुको दावी छ । अहिलेका वडाध्यक्ष चोक बहादुर थापा दलिय प्रतिनिधि रहेको अवश्थामै २०६४ साल तिर उक्त सार्वजनिक जग्गाबाट बाटो लैजाने भन्दै ४ वटा उद्योगहरुबाट ५० हजारका दरले तत्कालीन गाविसले कर उठाउने निर्णय भएको थियो । उनै वडा अध्यक्ष चोक बहादुर थापाले अहिले उक्त सार्वजनिक जग्गाको कर बापत रकम पनि उठाई रहेको र सोही जग्गालाई निजि भन्दै बिभिन्न सिफारीस समेत दिएको स्थानियहरुको आरोप रहेको छ ।
मायादेवी गाउपालिकाको वडा नम्बर ८ को कार्यालयले २०७४ भदौ १९ गते सोही जग्गाको जग्गाधनि प्रमाण पूर्जाको प्रतिलिपि र २०७४ असोज २ गते चारकिल्ला सिफारीस गरि दिएको छ । सोही प्रमाणहरुको आधारमा नै जग्गाधनि अर्यालले उक्त जग्गा धितो राखी कर्जा लिएका हुन ।

सार्वजनिक जग्गाको संरक्षण गर्ने निकाय स्थानिय तहकै संलग्नतामा ब्यक्तिको नाममा गएको स्थानिहरुको आरोप रहेको छ । यस बिषयमा मायादेवी गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चोक बहादुर थापाले उक्त जग्गा सार्वजनिक नै भएको आफुलाई जानकारी भएको बताए । उनले झुक्किएर चारकिल्ला सिफारीस दिएको बताए । अहिले गाउपालिकाको निर्देशनमा मालपोत कार्यालय रुपन्देहीलाई उक्त जग्गा कुनै प्रकारले कारोबार गर्न नमिल्ने गरि रोक्का राख्न अनुरोध गरिएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%