ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जमा ७० वृत्तचित्र मनोनयन

५ जेष्ठ २०८०, शुक्रबार
५ जेष्ठ २०८०, शुक्रबार

बुटवल,५ जेठ ।   ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दश विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो ।
पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउन्डेसनले गतवर्ष फाल्गुण १२ देखि यसवर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो । आयोजकले वेस्ट भिडियो अफ द इयर, जजेज च्वोइस अवार्ड, स्टोरी कन्सेप्ट/वेस्ट डिरेक्सन, वुनम भिडियो मेकर अफ दि इयर, फ्युचर स्टार अफ दि इयर, मोष्ट पोटेन्सियल डेस्टिनेसन, मोष्ट एर्नजेटिक भिडियो मेकर, वेष्ट स्क्रिप्ट/भ्वाईस ओभर, वेस्ट सिनेमाटोग्राफर र बेष्ट एडिटर गरी विभिन्न दश विधामा मनोनयन गरेको हो । प्रत्येक विधामा सात–सात वटा भिडियो मनोनित गरिएको छ ।
वृत्तचित्र छनौट टोलीमा निर्देशक भुषण दाहाल, अभिनेत्री करिश्मा मानन्धर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, निर्देशक तथा सिनेमाटोग्राफर सबनम मुखिया, नेपाल पर्यटन बोर्डकी म्यानेजर अर्चना केसी राना, नेपाल उद्योग परिसंघका महाप्रबन्धक एवं टुरिज्ज बोर्डका पूर्व सिईओ दीपकराज जोशी र वि विल राइज फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठ निर्णायक छन् ।
उत्कृष्ट भिडियोहरू मध्य बेष्ट भिडियो अफ द इयरले पाँच लाख रुपैयाँ, जजेज च्वोइस अवार्डले दुई लाख र बाँकी सबै विधामा एक–एक लाख रुपैयाँ नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको सयुंक्त आयोजनामा जेठ १३ गते साँझ राष्ट्रिय सभागृह, काठमाडौँमा हुनेछ । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको छ । –दीपक न्यौपानेको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?