ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

जोखिम भत्ता नपाएपछि स्वास्थ्य संयोजक फेर्न माग

७ श्रावण २०७७, बुधबार
७ श्रावण २०७७, बुधबार

कपिलवस्तु जिल्लामै सबै भन्दा बढि कोरोना संक्रमित भेटिएको यशोधरा गाँउपालिकाका स्वास्थ्यका कर्मचारी जोखिम भत्ता नपाएपछि आन्दोलनको तयारीमा जुटेका छन । कोरोना संक्रमणका बेला सेवा प्रवाह गरे पनि जोखीम भत्ता नदिईएको भन्दै गाँउपालिकाका स्वास्थ्यका कर्मचारीले आन्दोलनको तयारी थालेका हुन । छिमेकी पालिकाहरुले सरकारले जारी गरेको कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ अनुसार कार्यक्षेत्रमा खटिएका स्वास्थ्यका कर्मचारीलाई जोखीम भत्ता दिएका छन । त्यति मात्रै नभई अन्य केहि पालिकामा स्वास्थ्यका कर्मचारी सगै सुरक्षाकर्मीलाई समेत बिभिन्न सुबिधा दिईएको छ । तर जिल्लामै सबै भन्दा बढि कोरोना संक्रमित भेटिएको यशोधरा गाँउपालिकाले स्वास्थ्यकर्मीलाइ जोखिम भत्ता नदिईए पछि स्वास्थ्यका कर्मचारी आन्दोलनको तयारीमा जुटेका हुन ।

पालिकाभरका स्वास्थ्य कर्मचारीहरुको बैठकले गाँउपालिकाका स्वास्थ्य संयोजक प्रति असन्तुष्टी जनाउदै उक्त पदमा सक्षम संयोजकलाई पदस्थापन गराउन माग गर्ने निर्णय गरेका छन । सो सगै कर्मचारीले जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ मा उल्लेख भए अनुसार स्वास्थ्यकर्मीले पाउने जोखमि भत्ता नपाए स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने सेवा ठप्प पार्ने निर्णय गरेका छन । त्यसै गरि स्वास्थ्य शाखाले गत आर्थिक बर्ष २०७६/७७ मा ससर्त कार्यक्रमको बजेटका करिब ८० प्रतिशत कार्यक्रम गर्न नसक्ने स्वास्थ्य संयोजकको भुमिका माथी प्रश्न उठाउदै स्वास्थ्यका कार्यक्रम समयमै सम्पन्न हुनु पर्ने तथा गत आबमा स्वास्थ्यकर्मीले फिल्ड कार्यक्रम सञ्चालन गरे बापत पाउनु पर्ने फिल्ड भत्ता समेत समयमै उपलब्ध गराउन माग गर्ने बैठकको निर्णय छ । बैठकमा पालिकाका ८ वटा वडाका स्वास्थ्यचौकी मध्य अधिकांस स्वास्थ्यचौकीका प्रमुख र प्रतिनिधीको उपस्थिती देखिएको छ । त्यस्तै साउन ४ गतेको बैठकले आफना मागहरु पुरा नभए चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । आफनो माग सम्बोधन हुनु पर्ने निर्णय गरेका स्वास्थ्यकर्मीले साउन ४ गते नै यशोधरा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकाललाई ज्ञापनपत्र बुझाएका छन ।

सरकारले जारी गरेको आदेशमा उल्लेख भए अनुसार छिमेकी मायादेवी गाँउपालिकाले स्वास्थ्यकर्मीलाई नेपाल सरकारले तोकेको शुरु तलब स्केलको ५० देखी १ सय प्रतिशत जोखिम भत्ता दिएको छ । त्यसै गरि शुद्धोधन गाँउपालिकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता मात्रै नभई सुरक्षाकर्मीलाई समेत खाजा र ईन्धनखर्च उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवाली बताउछन । कपिलवस्तु नगरपालिकाको कार्यपालिका बैठकले नै जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ आउनु पुर्व नै फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीलाई ३५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्इ संयोजक उमेश गुप्ताले बताए । माहाराजगंज नगरपालिकाले काममा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिएको छ ।

तर यशोधरा गाँउपालिकामा भने मर्यादपुर स्थित सिमा नाकामा राखिएको हेल्प डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई समेत जोखिम भत्ता नदिईएको गुनासो छ । कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ को दफा ७ को उपदफा (ग) मा हेल्प डेस्कमा खटिने जनशक्तिलाई दोहोरो नपर्ने गरि नेपाल सरकारले तोकेको शुरु तलब स्केलको ५० प्रतिशत भत्ता उपलब्ध गराउने व्यवस्था रहेको छ ।

यशोधरा गाँउपालिकाले हाल सम्म कोरोना संक्रमण सचेतना, राहत र व्यवस्थापन सम्बन्धि कार्यक्रमकै लागी २ करोड २८ लाख बढि रकम खर्च गरेको खुल्न आएको छ । तर पालिकाभरीका अधिकांस स्वास्थ्यकर्मीलाई खर्च बिवरणमा समेत चित्त बुझेको देखिदैन । “घरबाटै खाना ल्याएर ख्वाईएका क्वारेन्टिनका व्यक्तिको नाममा समेत फर्जि बिल बनाएर रकम निकाशा गरिएको छ । तर कार्यक्षेत्रमा खटिएर काम गरेका स्वास्थ्यका कर्मचारीलाई सरकारले देउ भनेको सुबिधा समेत खोसिएको छ ।” एक स्वास्थ्यकर्मीले गुनासो गरे । पालिका र वडाले कोभिड १९ संक्रमणका बेला पालिकाका क्वारेन्टाईन र आईशोलेशनका नाममा तयार पारेको खाना देखी मास्कका बिल सम्म फर्जि भएको स्वास्थ्यकर्मीहरुकै आरोप छ । “३० रुपैया देखी २ सय रुपैयामा खरिद गरिएको मास्कलाई समेत ५÷७ सय रुपैयाको बिल बनाएर रकम निकाशा गरिएको छ । तर संक्रमणको जोखिममा काम गरेका स्वास्थ्यकर्मीलाई सरकारले तोकेको सेवा दिईएको छैन ।” अर्का स्वास्थ्यकर्मीको आरोप छ । कोभिड १९ संक्रमणका बेला पालिकाले गरेका खर्चहरु प्रति अख्तियार सहितका नियामक निकायहरुको ध्यान जान आवश्यक रहेको स्वास्थ्यकर्मीहरु बताउछन । स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराईएको बिषयमा बुझदा यशोधरा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकालले कोभिड संक्रमणका बेला स्वास्थ्यकर्मीलाई निर्णय गरेर नखटाईएको र मापदण्ड अनुसार खटिएका कर्मचारीलाई मात्रै भत्ता उपलब्ध गराईएको बताए । “जता पायो उतै खर्च गर्न दिईएन, त्यसैले समस्या आएको हो ।” प्रमुख प्रशासकिय अधिकृत ढकालले भने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?