ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

संरचना नभत्काउन उच्च अदालतको अन्तरिम आदेश

२ श्रावण २०७७, शुक्रबार
२ श्रावण २०७७, शुक्रबार

उच्च अदालत तुलसीपुर बुटवल ईजलासले रिट निवेदकको घर लगायतका संरचना भत्काउने कार्य नगर्नु नगराउनु भनी बिपक्षीका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत बुटवल ईजलासका न्यायाधिस बाबुराम रेग्मीको एकल ईजलासले निषेधाज्ञा उत्प्रेषण परमादेश समेतको मुद्दा उपर सुनुवाई गर्दै रिट निवेदक र बिपक्षी गरि दुई पक्ष बिच २०७७ श्रावण १२ गते छलफल नभए सम्मका लागी सो अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । रोहित प्रसाद उपाध्याय र कालीपद शर्मा (जानशन) ले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, कपिलवस्तु नगरपालिका कार्यालय, पश्चिमाञ्जल सडक डिभिजन कार्यालय र हुलाकी सडक परियोजनालाई बिपक्षी बनाई हालेको मुद्दामा रिट निवेदकका तर्फबाट अधिवक्तात्रय सुर्य प्रसाद श्रेष्ठ आजाद, ओमप्रकाश पंगेनी र श्रवण कुमार उपाध्याय (राजन) ले बहस गरेका थिए ।

अदालतले जारी गरेको अल्पकालिन अन्तरिम आदेशमा यसमा के कसो भएको हो ? निवेदकको निवेदनमा माग भए बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत साथै राखी म्याद सुचना प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र बिपक्षी नम्बर १ र २ का हकमा उच्च सरकारी वकिल कार्यालय बुटवल मार्फत र बिपक्षी नम्बर ३ र ४ को हकमा आफै वा कानुन बमोजिमको प्रतिनिधी मार्फत लिखित जवाफ लिई आउन आदेश दिईएको छ । साथै निवेदकले अन्तरिम आदेशको समेत माग गरे सम्बन्धमा बिचार गर्दा, कपिलवस्तु नगरपालिका कार्यालय कपिलवस्तु तौलिहवाबाट टोलबासी समेतको उपस्थितीमा २०५९÷१२÷१४ को निर्णय अनुसार मुल सडक केन्द्रबाट ८ मिटर भित्र पर्ने संरचना हटाउने सुचना प्रकाशन भएको देखिन्छ आदेशमा छ ।

आदेशमा पुनः लेखिएको छ, अहिले कपिलवस्तु नगरपालिका नगर प्रमुखबाट सडक केन्द्रबाट दुबै तर्फ १५ मिटर पर्ने भौतिक संरचना हटाउने बिषयको प्रेस बिज्ञप्ती २०७७ अषाढ ३० मा जारी भएको भन्ने कुरा रिट निवेदन साथ पेश भएको प्रतिलिपीबाट देखियो । सडक बिस्तारका लागी निवेदकहरुको सहमती लिईएको छ वा छैन भन्ने समेतका बिषयमा दुवै पक्ष राखी छलफल गराएर मात्र अन्तरीम आदेश जारी गर्नु पर्ने हो होईन भन्ने बिषयको निष्कर्षमा पुग्न उपयुक्त देखिएकाले दुई पक्ष बिच २०७७ श्रावण १२ गते छलफलको मिती तय गरिएको आदेशमा प्रष्ट पारिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?