ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

गाँउपालिकाको सहयोगमा किशोरीले बनाए मास्क

२५ असार २०७७, बिहीबार
२५ असार २०७७, बिहीबार

कपिलवस्तुको शुद्धोधन गाँउपालिका भरका किशोरीहरुको सञ्जालको अगुवाईमा निर्माण गरिएको ७ सय ५० थान मास्क पालिकालाई हस्तान्तरण गरिएको छ । शुद्धोधन गाँउपालिकाको आर्थिक सहयोगमा पालिकास्तरीय किशोर किशोरी सञ्जालले बनाएको कपडाको दुई लिएर मास्क हस्तान्तरण गरिएको हो । गाँउपालिकाको लबनी स्वास्थ्य चौकीमा आयोजित हस्तान्तरण कार्यक्रममा सञ्जालकी अध्यक्ष शेषकला पाण्डेयसहितका सञ्जालका प्रतिनिधीले गाँउपालिका अध्यक्ष निसार अहमद खाँ र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई मास्क हस्तान्तरण गरेका थिए । गाँउपालिका सँग २५ हजारको सहयोग लिई एक साताको अबधीमा समुहका तिन जना किशोरीले ७ सय ५० वटा मास्क तयार पारेको सञ्जाल अध्यक्ष पाण्डेयले जानकारी दिईन ।

एक बर्ष अघि पालिकाभरका ३५ किशोर किशोरी मिलेर पालिकाकास्तरीय सञ्जाल गठन गरेका थिए । सञ्जालमा आबद्ध सिलाई जानेका सदस्यहरु सुनिता गुप्ता, सिमा यादव र सिर्जना बनियाले पाँच दिनमा सो मास्क तयार पारेका हुन । “गाँउपालिकाको आर्थिक सहयोगमा कोरोना संक्रमणका बेला किशोरीहरुले नै मास्क बनाउन सिकेका छौ । अब उत्पादन सामाग्री व्यवस्था भए आवश्यकता अनुसारको मास्क बनाउन सहयोग गर्न सक्छौ ।” सञ्जालकी सदस्य प्रिया शर्माले भनिन । गाँउपालिकाले आर्थिक सहयोग माग गरेको आफुहरुको प्रस्ताव स्विकारेर किशोरीहरुको अग्रसरतालाई प्रबद्र्धन गरेको उनले बताईन । “गत आर्थिक बर्षमा पनि गाँउपालिकाले किशोर किशोरी सञ्जालका लागी २ लाख बजेट दिएको थियो । हामीले किशोर किशोरीका लागी अगरबत्ती, मैनबत्ती र सर्फ बनाउने तालिम दिएका थियौ । अहिले तिनै तालिम लिएका किशोरी राम्रा प्रशिक्षक बनेका छन ।” उनले थपिन । पछिल्लो समय सरकारले मास्क प्रयोगमा कडाई गरेका बेला किशोरीहरुले निर्माण गरेको मास्कले बजार पाउने सम्भावना बढेको नेपाल परिवार नियोजन संघबाट किशोरीहरुका लागी सञ्चालित कार्यक्रमकी सहजकर्ता सुस्मा आचार्यले बताईन ।

पालिकाका किशोरीले गाँउपालिकास्तरमै मासक उत्पादन गरि उदाहरणीय कार्य गरेको बताउदै किशोर किशोरीहरु अझै अग्रसर बन्न आवश्यक रहेको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए । कोरोना संक्रमणको शूरुवातमा बेला स्थानियस्तरमा उत्पादन नहुदाँ २० रुपैया पर्नेलाई दुई तिन गुना बढि रकममा किन्नु पर्ने बाध्यता भएको गाँउपालिका अध्यक्ष निासर अहमद खाँले गुनासो गरे । आगामी आर्थिक बर्षको बजेटमा स्थास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिदै कोरोना संक्रमण रोकथाम गर्न वडा र पालिकामा गरि २ करोड १० लाख बजेट बिनियोजन गरिएको उनले जानकारी दिए । “किशोरी समुहलाई मास्क बनाउन सिक्न अन्तिम समय भएकाले सिमित रकम व्यवस्था गरिए पनि अब पालिकाभरी मास्क बितरण गर्ने योजना पुरा गर्न किशोर किशोरीको सिपलाई प्रयोग गर्ने छौ ।” अध्यक्ष खाँले भने । किशोर किशोरी सञ्जाल मार्फत स्थानियस्तरमा मास्क उत्पादन गर्ने कार्य देशभरमै नौलो भएकाले यस्ता कार्यलाई प्रोत्साहन गर्न आफुले कुनै कसर नराख्ने उनले प्रतिबद्धता जनाए । किशोर किशोरीको प्रबद्र्धनका लागी शिक्षा, स्वास्थ्य र सिप बिकासमा प्रयाप्त बजेट बिनियोजन गर्दै आएको अध्यक्ष खाँले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा स्थानिय स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा क्रियाशिल सरोकारवाला निकायका प्रतिनिधीको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?