ट्रेंडिंग:

>> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न

लकडाउनमा २९ जना जेल चलान

२१ असार २०७७, आईतवार
२१ असार २०७७, आईतवार

दाङमा लकडाउनको समयमा २९ जना जेल चलान भएका छन् । लकडाउनको अवधिमा दाङ देउखुरी जिल्ला अदालतमा दर्ता भएका ६३ वटा मुद्दामा २९ जना जेल चलान भएको दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले जानकारी दिएका छन् ।

अदालतमा सबैभन्दा धेरै ज्यान सम्बन्धी कसुरका १७ वटा मुद्दा परेका छन् । त्यस्तै करणी सम्बन्धी १४, सवारी ज्यानका १०, वन सम्बन्धी ९, बालविवाह कसुर ३, लागूऔषध, गौवध र ठगी सम्बन्धी २/२ वटा र नागरिकता सम्वन्धी, अपमानजनक व्यवहार, गर्भपतन सम्वन्धी र हातहतियार खरखजना मुद्दा १/१ गरी ६३ वटा मुद्दाहरु दर्ता भएको दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश थापाले जानकारी दिए । ४९ जना धरौटी राखेर तारिखमा छुटेका छन् भने १२ जना साधारण तारिखमा छुटेको न्यायाधीश थापाले बताए ।

थापाका अनुसार २१ जना फरार रहेका छन् भने ४ जनालाई अभिभावकको जिम्मा लगाइएको छ । ६३ मुद्दामध्ये ६१ वटा मुद्दाहरू फैसला भएका छन् । जसमध्ये २९ वटा मुद्दाहरूमा भिडियो कन्फ्रेन्सिङ्ग प्रयोग गरिएको थियो । त्यसैगरी अदालतले बन्दाबन्दीको समयमा ८३ वटा मुद्दामा म्याद थप, ५१ मुद्दामा पक्राउ अनुमति र १ सय ११ मुद्दामा जरुरी पक्राउ पूर्जीका अनुमति दिएको समेत जानकारी दिए । यसैबीच जिल्ला अदालतले यस आर्थिक बर्षको हालसम्म एक हजार बढी मुद्दा फच्र्यौट गरेको छ । यस आर्थिक बर्षको हालसम्म १ हजार १ सय ७१ मुद्दा फच्र्यौट गरेको जिल्ला न्यायाधीश थापाले जानकारी दिए । फच्र्यौट भएका मध्ये ५ सय ८८ मुद्दाहरू जिम्मेवारी सरी आएका र ५ सय ८३ मुद्दाहरू यसैबर्ष दर्ता भएका हुन् ।

न्यायाधीश थापाका अनुसार अदालतमा गतबर्ष जिम्मेवारी सरेर आएका १ हजार २ र नयाँ दर्ता भएका १ हजार ५ सय ३६ गरी २ हजार ६ सय १ मुद्दा रहेका छन् । २ हजार १३ फच्र्योट गर्ने लक्ष्य रहे पनि बन्दाबन्दीका कारण लक्ष्य भन्दा आधा कम १ हजार १ सय ७१ मुद्दा फच्र्याैट गरेको थापाले जानकारी दिए । उनका अनुसार अब अदालतमा दर्ता भएका १ हजार ४ सय ४७ मुद्दाहरु बाँकी रहेका छन् । अदालतले १ हजार ८ सय ५० मुद्दाहरु फच्र्यौट गर्ने लक्ष्य लिए पनि बन्दाबन्दीका कारण लक्ष्य पूरा गर्न नसकेको थापाले बताए । अदालतमा यो बर्ष १ हजार ८ सय ६३ मुद्दाहरु दर्ताहरु हुने अनुमान गरिए पनि जेठको १८ गतेसम्म १ हजार ५ सय ३६ मुद्दाहरु मात्रै दर्ता भएका छन् । त्यसैगरी अदालतमा बाल इजलासका ३७ वटा मुद्दाहरु फर्यौट भएका छन् । जिम्मेवारी सरेर आएका ३३ र नयाँ दर्ता भएका ३९ गरी जम्मा ७२ मुद्दा मध्ये ३७ वटा फच्र्यौट भएको न्यायाधीश थापाले जानकारी दिए । बाल इजलासका ३५ मुद्दाहरु बाँकी रहेका छन् । जसमध्ये जिम्मेवारी सरी आएका २५ र नयाँ दर्ता भएका १२ वटा मुद्दाहरु यो बर्ष फैसला भएको उनले जानकारी दिए ।

अदालतले १ सय ८ वटा थनुवा मुद्दा फच्र्यौट गरेको छ । जिम्मेवारी सरेर आएका १ सय ८ र नयाँ १ सय १२ गरी अदालतमा दर्ता भएका २ सय २० मुद्दामध्ये अदालतले यो बर्ष १ सय ८ वटा मुद्दाहरु फच्र्यौट गरेको हो । १ सय १८ मुद्दाहरु बाँकी रहेका छन् । ९७ जना थुनुवा मध्ये ८ जना महिला र २ जना बालबालिकाहरु रहेका न्यायाधीस थापाले जानकारी दिएका छन् । यसबर्ष ५३ वटा मुद्दामा मेलमिलाप भएको छ । अदालतले मेलमिलापमा पठाएका ३ सय ७६ मुद्दामध्ये ५३ मुद्दाहरुमा मिलाप भएको न्यायाधीश थापाले जानकारी दिए । जसमध्ये २ सय ६३ मुद्दाहरुमा मेलमिलाप हुन बाँकी रहेको समेत उनले बताए । मेलमिलापमा पढाएका मध्ये १९ वटा मुद्दाहरु गत बर्षबाट जिम्मेवारी सरेर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?