ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

सन्दिपको अलराउण्ड प्रदर्शनमा कतार पराजित,नेपाल सेमिफाइनलमा

१४ बैशाख २०८०, बिहीबार
१४ बैशाख २०८०, बिहीबार

बुटवल,१४ बैसाख ।  सन्दीप लामिछानेको सानदार अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी प्रिमियर कपमा कतारलाई ६८ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले सेमिफाइनल खेलमा समूह बी को उपविजेतासँग खेल्नेछ । नेपाल ४ खेलमा ३ मा जित र १ मा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहेर समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।

जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको २५.१ ओभरमा ८९ रनमा अल आउट भयो । कतारका जाहिर इब्राहिम र खुराम शाहजादले सर्वाधिक १५ रन बनाए । ओपनर कमरान खान ८ रनमा क्याच आउट भए । स्पिनर ललितनारायण राजवंशीको तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर उनी दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए ।

कतारका प्रमुख ब्याटर इमाल लियानागेलाई सोमपाल कामीले छैटौं ओभरको अन्तिम बलमा ६ रनमा बोल्ड आउट गरे । सन्दीप लामिछानेले ओपनर जाहिर इब्राहिमलाई फस्ट स्लिपमा आरिफ शेखबाट १५ रनमा क्याच गराए ।

उनले २३ बलमा ३ चौका प्रहार गरे । सोमपाल कामीले मोहम्मद तनविरलाई शून्यमा बोल्ड गरेपछि कतार ९।४ ओभरमा ३२९४ को कमजोर अवस्थामा पुगेको थियो । सोमपाल कामीको १२ औं ओभरको अन्तिम बलमा इक्रामउल्लाह खान पाँच रनमा भीम सार्कीले स्क्वायर लेगमा सानदार क्याच लिएपछि कुवेत ३७.५ को अवस्थामा पुगेको थियो ।

सन्दीपको १३ औं ओभरको चौथो बलमा कप्तान मोहम्मद रिजलान आसिफ शेखबाट स्टम्पिङ आउट भएपछि संकटमा पुगेको छ । त्यसपछिका ब्याटरले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । आमिर फारुक १४ र वलिद ३ रनमा आउट भए ।

नेपालका सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनससहित २४ रन खर्चेर ३ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले ५ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । नेपालका स्पिनर सन्दीप लामिछानेले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहेका थिए । एक समय २८ ओभरमा १११(९ को अवस्थामा पुगेको नेपाललाई ललित र सन्दीपले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुराएका थिए ।

आमिर फारुकको बलमा ललित एलबीडब्लू आउट भएपछि नेपाल अल आउट भएको थियो । ललितले १७ बल खेल्दा एक रन बनाए । सन्दीपपछि रोहित पौडेलले ३६ बलमा २ चौकासहित २७ रन बनाएका थिए । आसिफ शेख २७ बलमा २ चौकासहित १९ रनमा आउट भए । नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो ।

तीव्र गतिका बलर गयान मुनाविराको दोस्रो ओभरको दोस्रो बलमा कुशल शट लेगमा खुराम शाहजादबाट क्याच आउट भएका थिए । मुनाविराको चौथो ओभरको तेस्रो बलमा स्वीप खेल्ने धुनमा एज लागेर भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच हुँदै पेभेलिएन फर्केका थिए ।

नेपालले आसिफ आउट भएपछि आश्चर्य रुपमा सोमपाललाई ब्याटिङमा पठाएको थियो । कप्तान रोहित पौडेल कट बिहाइन्ड हुँदै पेभेलिएन फर्किए । स्पिनर क्वाइस अहमदको १६ औं ओभरको तेस्रो बलमा रोहित कट खेल्ने धुनमा विकेटकिपरबाट क्याच आउट भएका थिए ।

यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल भने संकटमा पुगेको छ । कुशल स्पिनर क्वाइस अहमदको १८ औं ओभरको पहिलो बलमा ३ रनमा कट एण्ड बोल्ड आउट भएका थिए ।

सोमपाल कामी ११ रनमा क्याच आउट भए । सोमपाल आउट हुँदा नेपाल २१ ओभरमा ८४–६ को दयनीय अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि दीपेन्द्र र आरिफले १८ रनको साझेदोरी गरेका थिए । आमिर फारुकको २७ औं ओभरको दोस्रो बलमा आरिफ शेख थर्डमा खुरामबाट ११ रनमा क्याच आउट भएपछि नेपाल १०२–७ को दयनीय अवस्थामा पुगेको थियो ।

आमिरकै बलमा दीपेन्द्र टप एज लागेर १२ रनमा क्याच आउट भए । गुलशन झा ७ रनमा क्याच आउट भए । स्पिनर क्वाइस अहमदको बलमा ठूलो सट खेलेका गुलशन लङअनमा मुनाविराबाट विश्वस्तरीय क्याच आउट भएका थिए । उत्कृष्ट क्याच लिनेक्रममा उनले छक्का बचाउँदै बाहिर बल फालेर आफैं क्याच लिएका थिए ।

कतारका बायाँ हाते तीव्र गतिका बलर आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गयान मुनाविराले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । इक्रामउल्लाह खानले १० ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।

समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । हङकङ र कुवेतबीचकोा खेल मुलपानी क्रिकेट मैदानमा जारी छ ।

उक्त खेलको नतिजापछि समूह बी को विजेता र उपविजेता निर्धारण हुनेछ । सेमिफाइनल शनिबार र फाइनल सोमबार हुनेछ । उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?