ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

पर्यटकको मन लोभ्याउने भू–बनोट

२ श्रावण २०७६, बिहीबार
२ श्रावण २०७६, बिहीबार

न पुर्खाले बनाए । नत नयाँ पुस्ताले नै ।
कैयौँ पुस्ता हुर्किए तर आकृति मेटिएका छैनन् ।

ढुंगा, गिट्टी, बालुवा, इटा, छड, सिमेन्ट, काठ …..केही जोड्नु परेको छैन् ।

आकृति बनाउनका लागि न कुनै लगानी गर्नु नै परेको छ । स्वतःस्र्फूत बने सारीमा शिव, गणेशका मुर्तिसहित थरीथरीका आकृति । प्रकृतिले निःशुल्क रुपमा अनुपम बरदान दियो स्वर्गद्धारी नगरपालिका वडा नम्वर पाँचलाइ । माटै माटाले भिन्नभिन्न आकृति पुस्तौदेखि बचेका छन् । मुसालधारे पानी जतिपटक परेपनि ती आकृति न भत्किए, नत मेटिए । अझै ढलेका छैनन् । चाम्रिएर बसेका छन् । समतल मैदान छ । माथीपट्टी हरियाली जंगल । नजिकै सल्लाघारी बन । अलिकती पर लागेपछि मिलेको सारी गाउँको घनाबस्ती । यही बस्तीकै एउटा कुनामा अलग प्रकृतिको ‘भू–बनोट’ छ ।

छ विघा सार्वजनिक जमिन क्षेत्रफलमा फैलिएको उक्त बनोटमा पछिल्लो समय दृश्वालोकन गर्न पुग्नेहरुको भिड लागिरहेको छ । सामाजिक संजालमा फोटा देख्नेहरु समय मिलाएर एकदिन पुगेरै फर्किने गरेका छन् । पुग्नेजति सवैको एउटै प्रश्न छ,‘कसरी बने होला यस्तो प्रकृति ?’ यसको रहस्यको बारेमा स्थानीयले खोजी गर्दैछन् । सारीका स्थानीय समाजसेवी लिलामणी रेग्मीका अनुसार आकृति प्रकृतिक रुपमै बनेको हो । मानिसले बनाउनु परेन् । पुस्तौदेखि नै बनोट यसैगरी अडिएको छ । ‘मैले देख्दासम्म जस्ताको त्यस्तै छ’,६० वर्षिय रेग्मीले भने,‘यसलाइ जोगाइराख्नुपर्ने देखिन्छ ।’ बोलियो रातोमाटो भएकाले जति भिजेपनि नमेटिने उनी सुनाउँछन् । जताततै मन्दिरै मन्दिर बनेका छन् । झण्डै हजारजति मानिसहरु डुल्नसक्ने गरी चिरैचिरा बनेका छन् । स्थानीय ढहरे खोलामा यी आकृति बनेका हुन । ‘भगवानका मन्दिर छन्’,रेग्मीले भने,‘भगवानले आफु बस्नका लागि मन्दिर बनाएको भन्ने किम्वदन्ती छ ।’ यस स्थानमा पुग्दा गर्मीको समयमा शितलता छाउने गर्छ । स्थानीय सरकारले यसको इतिहासको खोजी र संरक्षणमा चासो दिनुपर्ने उनले सुझाव दिए ।

पहिलोपटक पुग्नेहरुलाइ भू–बनोटले लोभ्याउने गरेको छ । दृश्वालोकनले नै पर्यटकहरुको मन तान्ने गरेको पाइन्छ । ‘सारीमा भु–बनोट छ भन्ने सामाजिक संजालमा देखेकी थिए’,मल्लरानी गाउँपालिका ४ खलंगाकी सचिना श्रेष्ठले भनिन्,‘पहिलोपटक पुगेर देख्दा निकै मनमोहक लाग्यो ।’ पुगिसकेपछि बसीरहौँ लाग्ने वातावरण रहेको उनले अनुभव सुनाइन ।

पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी दर्शन गर्न पुग्ने पर्यटकलाइ यस स्थानमा लैजान सकिन्छ । नयाँ पर्यटकीय गन्तव्यको रुपमा यसलाइ विकास गर्नसकिने बोलियो संभावना छ । स्वर्गद्धारीमा दिनहुँ सयौँ भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन् । ती भक्तजनहरुलाइ भू–बनोटको बारेमा जानकारी गराउनसके प्रवद्र्धनमा टेवा पुग्न सक्दछ । स्थानीयको आय आर्जनमा समेत यसले मद्दत पु¥याउन सक्ने संभावना छ । स्थानीयका अनुसार भू–बनोटदेखि माथी रहेको साउनेपानीमा स्वर्गद्धारीका प्रभुमहाराज बसेको इतिहास छ । पानीको अभाव भएपछि महाप्रभु स्वर्गद्धारीमा गएको इतिहास स्थानीय बुढापाकाहरु सुनाउछन् ।

कसरी पुग्ने भु–बनोट भएको स्थान सारी ?
भू–बनोटमा पुग्ने दुइवटा मार्ग छन् । स्वर्गद्धारीको आधारशिविर भिंगृ बजारबाट ५ किलोमिटर यात्रा पारगरेपछि भिंगृकै बाटुले भन्ने स्थानमा पुगिन्छ । त्यहाँबाट अलिकती ओरालो झरेपछि झोलुंगे पुल तर्दै मोटरसाइकलमा यस ठाउँमा पुग्न सकिन्छ । गाडीमा यात्रा गर्नेहरु भिंगृबजारदेखि नजिकै रहेको माडीखोलाको बेलिव्रिजहुँदै पुग्न सक्छन् । बजारदेखि करिव तीन किलोमिटर यात्रा पारगरेपछि भू–बनोटमा पुग्न सकिन्छ । सालघारी–बेलवास–सारी–डाँडागाँउ हुँदै रोल्पा जोड्ने फराकिलो सडकले समेत यसलाइ छोएको छ ।

के गर्दैछ स्थानीय सरकार ?
माडी क्षेत्रमा स्वर्गद्धारी पछिको गतिलो प्राकृतिक गन्तव्यको रुपमा भु–बनोटलाइ स्वर्गद्धारी नगरपालिकाले लिएको छ । यसको प्रवद्र्धनमा विशेष जोड दिएर नीति तथा कार्यक्रम बनाइएको नगरप्रमुख नेत्र बहादुर रोकायले जानकारी गराए । उनका अनुसार यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । पार्क निर्माण, वृक्षारोपण, तारवार निर्माण, सामुदायिक वनको संरक्षण गर्नका लागि कार्यक्रम बनाइएको उनले सुनाए । ‘अहिलेको संरचना नविग्रने गरी अझै मनमोहक बनाउदै छौँ’,रोकायले भने,‘प्रकृतिले दिएका उपहारलाइ संरक्षण गर्नु सरकारको दायित्व हो ।’ अन्यत्र जिल्लाहरुमा कृतिम संरचना बनाएर पर्यटक भित्र्याउने गरेको अनुभव सुनाउदै रोकायले प्राकृतिले नै साथ दिनु सोभाग्य भएको उल्लेख गरे । ‘मानिसहरु माटाका मूर्ति, मन्दिर बनाउन तछाडमछाड गर्छन्’,उनी भन्छन्,‘यहाँ आफै बनेका छन् । यसैको प्रवद्र्धन गरेर आर्य आर्जन गर्न सकिन्छ ।’

भू–बनोटको प्रवद्र्धनका लागि वडा कार्यालयले चालु आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष हिरामणी भण्डारीले बताए । दृश्वालोकनमा आउने पर्यटकहरुलाइ गाउँमै दुइ÷चार दिन भुलाउने गरी यससँग जोडिएर थप संरचना बनाउने सोँच रहेको उनले जानकारी गराए । मिश्रित जातजातीको बसोवास रहेको सारीको घनाबस्तीमा होमस्टेको अवधारणा अघि सारिएको उनको भनाइ छ । वडा कार्यालय भू–बनोट स्थलको नजिकै छ । वडा कार्यालय नजिकै सुविधासम्पन्न सामुदायिक भवन निर्माणधिन अवस्थामा छ । ठूलाठूला सेमिनार, गोष्ठी, सभा लगाएतका कार्यक्रम गर्न सभाहलको व्यवस्था शुरु भएपछि घुम्न आउनेहरुको अझ भीड लाग्ने भण्डारी अनुमान गर्छन् । समग्र सारी गाउँसहित नगरपालिकाकै आर्थिक विकासमा टेवा पु¥याउन भू–बनोटले मद्दत पुग्ने उनले आशा व्यक्त गरे । यसको संरक्षण, प्रवद्र्धन र भौतिक संरचना विकास निर्माणमा स्थानीयले साथ दिन समेत उनले आग्रह गरे । प्यूठानका सवै स्थानीय तहमा थरीथरीका धार्मिक, पर्यटकीय एवं प्राकृतिक सौन्दर्यतासँग जोडिएको स्थलहरु छन् । स्थानीय तह सहित प्रदेश र संघीय सरकारले समेत सम्पदाहरुको प्रवद्र्धन र विकासमा लगानी गर्नसके समग्र आर्थिक विकासमा विशेष योगदान पुग्न सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?