ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

विद्यार्थीद्धारा करोडको अक्षयकोष स्थापना

१४ फाल्गुन २०७५, मंगलवार
१४ फाल्गुन २०७५, मंगलवार

रोल्पाको एक विद्यालयका पूर्व विद्यार्थीले १ करोडको अक्षय कोष घोषणा गरेका छन । रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले छात्रवृत्तीका लागी उक्त अक्षयकोष स्थापना गरेका हुन ।
रोल्पा जिल्लावाट संघीय संसद र प्रदेश सभामा निर्वाचित वर्तमान तथा पूर्व जनप्रतिनिधिहरुवाट ३५ लाख उठाउने भएको छ । यसैगरि जिल्लाका स्थानीय तह र वडाहरुवाट ३० लाख संकलन गरिने भएको छ । उद्योग वाणिज्य संघ तथा व्यवसायीहरुवाट १६ लाख संकलन हुने अपेक्षा गरिएको छ । जिल्ला स्थीत सरकारी र गैर सरकारी कार्यालय तथा कर्मचारीहरुवाट ५ लाख, विद्यालयको आन्तरिक कोषवाट ५ लाख,पूर्व विद्यार्थीहरुवाट ५ लाख संकलन गरिने भएको छ । अभिभावक तथा विद्यार्थीवाट २ लाख र विद्यालयका शिक्षक,कर्मचारी तथा अन्यवाट २ लाख संकलन गरि सो अक्षयकोष स्थापना गरिने पुर्व विद्यार्थी मंचका अध्यक्ष खिमवहादुर घर्तीले जानकारी दिए ।
उक्त अक्षय कोष स्थापनाको पहिलो दिन उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सो कोषका लागि ५ लाख सहयोग गरेका छन । यसैगरि विद्यालयको तर्फवाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले समेत ५ लाख रकम सो कोषमा जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । वाँकी रकम निकट भविष्यमा संकलन गरि अक्षय कोष स्थापना गर्छौ पुर्व विद्यार्थी मंचका कोषाध्यक्ष नैना डाँगीले भनिन । रकम संकलन हुने वित्तिकै अक्षयकोष नियमावली वनाई त्यसको व्याजवाट गरिव,द्धन्दपीडित, अपांगता भएका र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती वितरण गछौ कोषाध्यक्ष डाँगीले भनिन ।
पूर्व विद्यार्थी मंचको प्रथम अधिवेशन तथा अक्षय कोष घोषणा कार्यक्रममा सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुन प्रमुख अतिथि थिए । कार्यक्रममा वोल्दै मन्त्री पुनले २०४२ साल देखी आफुले माध्यमिक तहमा आफुले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउदा निकै खुसी लागेको वताए । छात्रवृत्तीले गरिव, जेहेन्दार द्धन्द्धपिडित र अपांग विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने मन्त्री पुनले आशा व्यक्त गरे । विद्यालय आउदा आफुले लामो समय सम्म जुत्ता चप्पल लगाउन नपाएको स्मरण गर्दै गरिव भएकै कारण पढाई छोड्नु पर्ने वाध्यता अहिले नभएको मन्त्री पुनको भनाई थियो ।
जिल्लाको नमूना माविको थप विकास र स्तरवृद्धीका लागि पूर्व विद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गर्दै विद्यालयलाई देशकै नमूना वनाउन आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । पढ्नको लागि अझै पनि जिल्ला वाहिर जानु पर्ने वाध्यता रहेको औल्याउदै जिल्ला भित्रै गुणस्तरीय प्राविधिक शिक्षालयको स्थापना गर्न आफु लागि परेको मन्त्री पुनको भनाई थियो ।
जिल्ला सदरमुकाम लिबाङमा २०२३ सालमा स्थापना भएको सो विद्यालयमा हालै पूर्व विद्यार्थी मंच गठन गरिएको छ । मंचमा उपराष्ट्रपति नन्दवहादुर पुन, सभामुख कृष्णवहादुर महरा, मन्त्री वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी समेत आजिवन सदस्य रहेका छन । प्रथम अधिवेशन मार्फत मंचले नयाँ नेतृत्व समेत चयन गरेको वताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?