ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बलात्कारको घटना मिलाउन अध्यक्ष दवाव

१० पुष २०७५, मंगलवार
१० पुष २०७५, मंगलवार

निर्मला पन्तको बलात्कारपछि हत्याको काण्डमा न्याय खोजिएका बेला कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिकाकी बलात्कारमा परेकी एक किशोरी र उनका परिवारलाई गाँउपालिकाका अध्यक्षले मिल्नका लागी दबाब दिएको खुल्न आएको छ ।
शनिबार बिहान गाँउपालिकाको वडा नम्बर २ कि मदारगढकी २१ बर्षिय किशोरीलाई सोही स्थानका ३० बर्षिय सोलिन्दर अहिरले जबरजस्ती करणी गरेको युवतीले बताईन । बिहान १० बजेको समयमा आफु नजिकैको घतुरगढबाट स्विटर बुन्नका लागी ऊन किनी आउदै गर्दा अहिरले आफुलाई लतारेर गाँउ देखी दक्षिणको कुखुरा फर्ममा लगेर कुटपिट गरेको पिडित किशोरीको आरोप छ ।
कुटपिटले आफनो मुखमा घाउचोट लागेर निलडाम समेत परे पछि जबरजस्ती करणी गरेको पिडित युवतीको भनाई छ । घटना पछि आफुहरु न्याय खोज्न प्रहरीमा गएको जनाउदै आफनो परिवारलाई घटना मिलाउन भन्दै मानसिक यातना दिईएको उनले गुनासो पोखिन । पिडितलाई कानुनी कारवाही गरि आफुलाई न्याय दिलाउनु पर्ने उनले माग गरिन ।
आफनी छोरीलाई छोरीलाई कुटपिट गरि करणी गर्नेलाई कारवाही हुनु पर्ने पिडितका बाबुले बताए । घटना पछि आफुले प्रहरीमा जाहेरी दिन जाँदा शुद्धोधन गाँउपालिकाका अध्यक्ष निसार अहमद खाँले पैसा लिएर घटना मिलाउन दबाब दिएको उनले गुनासो गरे ।
“गाँउपालिका अध्यक्ष निसार अहमद खाँले प्रहरीमा उजुरी दर्ता नगराउन दबाब दिनु भयो । केहि पैसा लिएर घटना मिलाउ, मुद्दा प्रक्रियामा गए झमेला हुन्छ भन्नु भयो । मैले पनि गरिबको छोरी पनि छोरी हो तपाईहरुलाई परे के हुन्छ भनेर प्रश्न गरें ।” उनले गम्भिर हुदै भने । आफुले छोरीलाई पिडित बनाउने पिडकलाई कारवाही र छोरीलाई न्याय प्राप्त हुनु पर्ने उनले माग राखे ।
घटना बारे बुझदा जबरजस्तीकरणी भएको पिडितको जाहेरीका आधारमा आरोपी सोलिन्दर अहिरलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रबक्ता प्रहरी नायब उपरिक्षक रबि रावलले जानकारी दिए । “घटना बारे जानकारी भए लगत्तै हामीले आरोपीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागी अदालतबाट म्याद थप गरिएको छ ।”
नायब उपरिक्षक रावलले भने । जघन्य प्रकृतीको फौजदारी कसुरमा अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाउन प्रहरीले कुनै कसर बाकी नराख्ने उनले प्रतिबद्धता व्यक्त गरे । पिडित परिवारलाई दबाब दिएको बिषयमा टुडेकर्मीले गाँउपालिका अध्यक्ष निसार अहमद खाँलाई फोनबाट प्रतिक्रिया लिदा पिडित किशोरी अबिबाहित रहेकाले घटनालाई गाँउ ठाँउमै मिलाउन आफुले पहल गरेको स्विकार गरे ।
“पिडित किशोरीको उपस्थितीमा उनका बाबु आमालाई छोरीको बिहे भएको छैन । मुद्दा लामो जाला भनेर सम्झाएको हो । उनीहरुले मानेनन ।” उनले भने । केहि रकम दिएर मुद्दा मिलाउन पहल गरे पनि पिडितका बाबुले नमानेको उनले स्पष्ट पारे । “पिडितको ईज्जतका लागी मिलाउने हो नत्र अपराध गरेकालाई किन मिलाउनु प¥यो र । मिलाउन पहल गरेको थिए किशोरीको बुवाले मानेनन ।” अध्यक्ष खाँले थपे । ३ बर्ष अघि तिनै किशोरीलाई सोही व्यक्तिले सोही प्रकृतीको घटना गर्दा मेलमिलापमा टुङ्गिएको हल्ला सुनेकाले आफुले घटना मिलाउन पहल गरेको उनले बताए ।
पहिल्लो समय स्थानिय तहमा न्यायिक समितीले कार्य सम्पदान गर्न थाले पछि जनप्रतिनिधीले फौजदारी प्रकृतिका मुद्दालाई समेत मेलमिलाप गर्न दबाव दिने गरेको बिषय सो घटनाले उजागर गरेको एक मानव अधिकारकर्मीले बताए । “स्थानिय तहका जन प्रतिनिधीले कस्ता मुद्दा मिलाउने भन्ने बिषयमा गम्भिर रुपमा जानकारी हासिल नगरेकै कारण आफनो क्षेत्राधिकार बाहिरका मुद्दामा हस्तक्षेप गर्दा बिभिन्न समस्या सिर्जना हुन सक्ने अवस्था छ ।” उनले भने ।
कानुनले नै जघन्य मानेका फौजदारी प्रकृतीका कसुरलाई मेलमिलापमा लानै नमिल्ने र सो कार्य गर्ने गराउने कार्य पनि अपराध भएको जिल्ला न्यायाधिबक्ता कमलराज पन्थी बताउछन । मुलुकी अपराध (सहिंता) ऐन २०७४ को भाग २ को परिच्छेद १८ को करणी सम्बन्धि कसुरको महलको दफा २१९ को उपदफा ३ (ङ) मा १८ बर्ष वा १८ बर्ष भन्दा बढि उमेरकी महिलालाई करणी गरेको ठहर भए ७ बर्ष देखी १० बर्ष सम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?