ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

प्रदेश मातहतका कार्यालय कामविहीन

२६ मंसिर २०७५, बुधबार
२६ मंसिर २०७५, बुधबार

प्रदेश मातहतमा सरकारी कार्यालय खुलेको महिनौं वितेपनि मन्त्रालयको नीति, कार्यक्रम तथा बजेटको अख्तियारी नआउँदा जिल्लामा रहेका कार्यालय काम बिहिन भएका छन् ।
प्रदेश मन्त्रालयले बजेट विनियोजन गरेपनि अख्तियारी नदिँदा चालु आर्थिक बर्षको पहिलो चौमासिक बितिसक्दा समेत कुनै पनि कार्यालयले काम गर्न सकेका छैनन् ।
गत साउन १ गतेदेखि जिल्ला स्तरका सबै विषयगत कार्यालयहरू स्थानीय तहमा गएपछि जिल्लामा रहेका विषयगत कार्यालयहरू प्रदेश कार्यालयका रूपमा खुल्दै गएका छन् । दाङमा प्रदेश सरकार अन्तर्गत कृषि क्षेत्रका लागि कृषि ज्ञान केन्द्र दाङ, जिल्ला भेटेनरी अस्पताल तथा पशु ज्ञान केन्द्र, भौतिक पूर्वाधार अन्तर्गत पुल र सडकको काम गर्ने गरि पूर्वाधार विकास कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय लगायतका कार्यालयहरू दाङमा स्थापना भएका छन् ।
तर मन्त्रालयको अख्तियारी नआउँदा कार्यालय स्थापना भएको लामो समय बितिसक्दा पनि प्रदेश सरकारले निकालेका सूचना स्थानीय तहसम्म पु¥याउने र सेवाग्राहीहरूलाई प्राविधिक सल्लाह दिने काम मात्र गर्दै आएका छन् । एकभन्दा बढी जिल्ला हेर्नेगरी स्थापना गरिएका कार्यालयहरूमा दरबन्दी अनुसारका कर्मचारीहरू समेत छैनन् ।
प्रदेश सरकारले समयमै अख्तियारी नपठाउँदा कर्मचारीहरूले गत साउन महिनादेखि तलब भत्ता समेत खान नपाएको कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत भरत पोख्रेलले बताए । ‘प्रदेश मन्त्रालयले अख्तियारी नपठाउँदा साउनदेखि कर्मचारीहरूले तलब भत्ता खान पाएका थिएनन्” कृषि प्रसार अधिकृत पोख्रेलले भने ।
अहिले कर्मचारीहरूलाई तलब भत्ता खानलाई केही दिन पहिले प्रदेश मन्त्रालयले अख्तियारी पठाएको उनले जानकारी दिए । अख्तियारी अनुसार कर्मचारीहरूले तलव खाने प्रक्रियामा रहेपनि अन्य कामको लागि मन्त्रालयले अख्तियारी नपठाएको उनले बताए ।
कार्यालयले प्रदेश सरकारले पठाएका सूचनाहरू स्थानीय तह तथा कृषि सहकारी र किसानहरूसम्म पु¥याउने तथा कार्यालयमा आउने किसानहरूलाई परामर्श दिने काम मात्र गर्ने गरेको बताए । उनका अनुसार यही महिना भित्रै प्रदेश सरकारले अख्तयारी पठाउने बताए । पोख्रेलका अनुसार कार्यालयमा १६ जनाको दरबन्दी रहेकोमा अहिले १४ जना कार्यरत छन् । तर जिल्ला पूर्वाधार विकाश कार्यालयमा भने कर्मचारीहरूको अभाव छ । मंसिर २ गतेदेखि सञ्चालनमा आएको कार्यालयमा १६ जनाको दरवन्दी रहेपनि अहिले कार्यालयमा ४ जना कर्मचारीहरू रहेको जिल्ला पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख बाशुदेव भण्डारीले जानकारी दिए ।
जिल्लामा कार्यालय ढिला स्थापना भएकाले अख्तियारी पनि आएको छैन, कार्यालयमा कर्मचारी नि नभएको र अख्तियारी पनि नआएकाले केही काम गर्न सकेका छैनौ निमित्त कार्यालय प्रमुख भण्डारीले भने । उनका अनुसार प्रदेश सरकारले कर्मचारी र कामका लागि अख्तियारी दिए कार्यालय कामको तयारीमा लाग्ने थियो । जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भने जिल्लामा सेवाग्राहीहरूलाई कार्यालयले सेवा दिने काम गरिरहेको कार्यालयले जनाएको छ ।
दरबन्दी अनुसार कार्यालयमा कर्मचारी नभएपनि जिल्लामा कार्यालय स्थापना भएदेखि नै कार्यालयमा आउने सेवाग्राहीहरूलाई भेटेनरी तथा पशु सेवा दिँदै आएको कार्यालय प्रमुख बेदबहादुर केसीले जानकारी दिए । ‘हामीले हेर्ने पशुहरूको स्वास्थ्य सम्बन्धी हो, त्यो काम अस्पतालवाट गरिरहेका छौ, केसीले भने । अन्य काम भर्खरै प्रदेश कार्यालयले अख्तियारी पठाएकाले अवका दिनहरूमा गर्ने तयारीमा लागेको उनको भनाई छ ।
प्रदेश मन्त्रालयले अख्तियार पठाएपनि प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयलाई बजेट खर्चको स्वीकृति नदिएकाले अन्य काम गर्न नसकिएको कार्यालय प्रमुख केसीले बताए ।
अहिले जिल्लामा प्रदेश मातहतमा रहेका कार्यालयहरूले समयमै अख्तियारी नपाउँदा कुनै काम गर्न सकेका छैनन् । कार्यालयमा आउने सेवाग्राहीहरूलाई सेवा दिने बाहेक बजेट मन्त्रालयले सम्वन्धीत क्षेत्रमा छुट्टाएको बजेट खर्च गर्न समेत समस्या भएको अधिकारीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?