© २०२३
घोराही उपमहानगरपालिका–६ की मञ्जु चौधरीलाई घर निर्माणका लागि ढुङ्गाको आवश्यकता प¥यो । उनले ढुङ्गा पाउनका लागि स्थानीय सरकारको वडा कार्यालयमा गएर प्रक्रियाका बारेमा बुझिन् । उप महानगरपालिकाको प्रक्रिया पु¥याउनु भन्दा उनलाई दलाल मार्फत ढुङ्गा ल्याउन सस्तो पर्ने देखियो । उनी तिन छक परिन् ।
हामीले निर्वाचित गरी पठाएका जनप्रतिनिधिहरू भए भने सहज रूपमा आफ्ना माग सम्बोधन होलान् भनेको त दलाल मार्फत नै उनलाई सहज हुने भएपछि उनले ढुङ्गा मगाएर घर निर्माण गरीरहेकी छिन् । त्यस्तै घोराही उप महानगरपालीका ६ कै बसन्तराज अधिकारीले घर निर्माणका लागि ढुङ्गा ल्याउन त्यस्तै झन्झट व्यहोर्नुपर्ने भएपछि दलाल मार्फत नै ल्याएर अहिले घर निर्माण गरिरहेका छन् । अधिकारीलाई नदी तथा खोलाहरुमा नदीजन्य पदार्थ निकासी नखोलीएकोले समस्या भएको जनप्रतिनिधिहरूले बताए ।
तर अहिले पनि राजनीतिक पहँुच तथा प्रहरीको सेटिङमा नदीजन्य पदार्थको अवैध ओसार पसार भने भैरहेको छ ।
अधिकारीले नियमसंगत ढंगवाट ढुङ्गाको निकासी गर्दा भन्दा अवैध निकासीमा सस्तो परेको स्थानीयहरूले बताएका छन् । “नियम कानुन कसका लागि हो रु नियम कानुन छ भने सवैलाई एउटै हुनुपर्छ” अधिकारीले भने । कानुन सम्वत ढंगले स्थानीय सरकारलाई कर तिरेर लैजान नपाउनु कस्तो सरकार हो उनले आक्रोस ब्यक्त गरे । घर नजिक भएको खोला त्यसमा पनि आफ्नै जग्गामा भएको गिट्टि समेत उडाउनका लागि लामो प्रकृया पु¥याउनुपर्ने झन्झटले स्थानीयलाई आजीत बनाएको उनको भनाई छ ।
स्थानीय सरकार सकृय भैरहेका समयमा पनि जिल्लाका नदी तथा खोलाहरूवाट अवैध उत्खनन् भैरहेको छ । टाठाबाठा नागरीककहरूले भने फाईदा उठाएको भएपनि सोझा नागरीकहरू नियमको मारमा परेका छन् ।
अवैध रूपमा उत्खनन् गर्ने सवारी साधनहरूलाई प्रहरी तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई कारबाहीको लागि जिल्ला समन्वय समितिमा समेत पठाउँदै आएको छ । शसस्त्र प्रहरी बल सुरक्षा बेस तुलसीपुरले तीन महिनामा अबैध रूपमा नदीजन्य बस्तु उत्खनन् गर्ने ४३ सवारी साधनलाई कारबाही गरेको छ । प्रहरी निरीक्षक अशोक न्यौपानेका अनुसार तीन महिनामा ३७ वटा ट्रयाक्टर, ५ वटा टिप्पर र एउटा जेसिबि नियन्त्रणमा लिएर कारबाही गरेको हो । जसबाट १० लाख ६० हजार राजश्व संकलन भएको छ । ३७ वटा ट्रयाक्टरबाट २० हजारका दरले सात लाख ४० हजार राजश्व संकलन गरेको छ । त्यस्तै ५ वटा टिप्परको ५० हजारका दरले दुई लाख ५० हजार र एउटा जेसिबिलाई ७० हजारका दरले राजश्व संकलन गरेको छ ।
अबैद्य रूपमा तुलसीपुर क्षेत्रका नदी तथा खोलाहरूमा भईरहेको उत्खनन् रोक्न शसस्त्र प्रहरी सक्रिय भएको छ । असोज देखि मंसिरसम्म खोलाहरूबाट अबैध रूपमा उत्खनन गरिरेहेका सवारीलाई नियन्त्रणमा लिएर उक्त राजश्व संकलन गरेको हो । तुलसीपुरको पातुखोला, ग्वारखोला, कालाखोला लगायतबाट अबैद्य रूपमा उत्खनन् हुने गरेको छ । अबैद्यरूपमा खोलाहरूबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् हुँदा खोलाहरू समेत गहिरिदै जान थालेका छन् । अर्को तर्फ ढुंगा, गिट्टी, बालुवा पर्याप्त मात्रामा नहुँदा विकास निर्माणको कार्यले तिब्रता लिन नसकेको समेत गुनासो बढ्ने गरेको छ । त्यस्तै अवैध उत्खनन् गर्नेलाई स्थानीय सरकारले प्रोत्साहन गरेको भन्ने आवाज समेत उठ्न थालेको छ ।