ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

रोजगारीमा प्रदेश ५ देशमै तेस्रो

२३ मंसिर २०७५, आईतवार
२३ मंसिर २०७५, आईतवार

रोजगारी सिर्जना गर्ने तेस्रो प्रदेशमा प्रदेश नम्बर ५  देखिएको छ । उद्योग, कलकारखाना, सेवामुलक प्रतिष्ठान र व्यवसायिक प्रतिष्ठानहरूमा रोजगारी गर्दै आएका रोजगारदाताहरूको संख्याको आधारमा प्रदेश ५ नेपालमा तेस्रो नम्बरमा परेको छ ।
प्रदेश ५ मा पाँच लाख २७ हजार नौ सय ६० जनाले रोजगारी पाएका छन् । त्यसमध्ये तीन लाख २५ हजार नौ सय १७ जना पुरुष र दुई लाख दुई हजार ४३ जना महिला संलग्न छन् । १ लाख ४७ हजार ८ सय ९२ वटा औद्योगिक प्रतिष्ठान प्रदेश नम्बर ५ मा रहेका छन् । औसतमा १ प्रतिष्ठानले करिब ४ जनालाई मात्रै रोजगारी पाएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश ५ को तथ्यांक अनुसार नेपालका औद्योगिक प्रतिष्ठानले निकै कम संख्यामा रोजगारी उपलब्ध गराएका छन् । अधिकांश सर्वसाधारण व्यापार–व्यवसायमा संलग्न हुने गरेकाले रोजगारी सिर्जनाको अवस्था न्यून देखिएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै केन्द्रीय तथ्यांक विभागले गरेको राष्ट्रिय आर्थिक गणनाले औद्योगिक प्रष्ठिानको तुलनामा रोजगारी सिर्जना हुन नसकेको देखाएको छ । सर्वेक्षणअनुसार औसतमा एक प्रतिष्ठानले करिब चार जनालाई मात्रै रोजगारी दिएका छन् । गणनाको प्रारम्भिक नतिजा अनुसार नेपालमा नौ लाख २२ हजार चार सय ४५ वटा औद्योगिक प्रतिष्ठान सञ्चालनमा छन् । ती प्रतिष्ठानमा ३४ लाख आठ हजार सात ४६ जनाले मात्रै रोजगारी पाएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश ५ को तथ्यांकका सूचना अधिकारी जीवन पाण्डेका बुटवलको मोतिपुरमा निर्माणाधीन अवस्थमा रहेको मोतिपुर औद्योगीक क्षेत्र र बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको डीपीआर तयार भैसेकको कारण अझै प्रदेश ५ मा थप रोजगारीका वातावरण सृजना हुने देखिएको छ ।
जसअनुसार रूपन्देहीको मोतीपुरमा प्रादेशिक औद्योगिक क्षेत्रमा ८ सय १३ बिगाह जग्गामा ५४४ प्लट बन्ने छन् । यस्तै बाँकेको बैजनाथमा बन्ने नौवस्ता औद्योगिक क्षेत्र परियोजनामा ३ सय ३८ विगाहा जग्गा रहेको छ । आगामी पाँच बर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रका लागि कुल ८ अर्ब सात करोड खर्च हुने अनुमान छ । उक्त औद्योगिक क्षेत्रभित्र उद्योग खोल्न ३ सय ५० उद्योगीले आवेदन दिइसकेका छन् । नेपालमा कुल औद्योगिक प्रतिष्ठानमा पुरुषको तुलनामा ७ लाख कम महिला संलग्न छन् । प्रतिष्ठानमा १३ लाख ६३ हजार सात ५७ जना महिलाले रोजगारी पाएका छन् भने २० लाख ४४ हजार नौ सय ८९ जना पुरुषले रोजगारी पाएका छन ।
सबैभन्दा धेरै प्रदेश ३ का सर्वसाधारण रोजगारीमा संलग्न छन्। यहाँ औद्योगिक प्रतिष्ठान अरू प्रदेशको तुलनामा बढी नै स्थापना भएकाले रोजगारी पनि बढी सिर्जना भएको छ । प्रदेश ३ मा दुई लाख ८२ हजार ५६ वटा औद्योगिक प्रतिष्ठान छन् । ती प्रतिष्ठानमा ११ लाख ९० हजार सात सय २१ जना रोजगारीमा संलग्न छन् । तीमध्ये ६ लाख ९७ हजार ७७ जना पुरुष र चार लाख ९३ हजार ६ सय ४४ जना महिलाले काम गर्ने गरेका छन् ।
सर्वेक्षणअनुसार सबभन्दा कम रोजगारी गर्नेमा कर्णाली प्रदेशका देखिएका छन्। कर्णाली प्रदेशमा एक लाख ३२ हजार चार सय २५ जनाले रोजगारी गर्दै आएका छन ्। तीमध्ये ५५ हजार आठ सय ७६ जना महिला र ७६ हजार पाँच सय ४९ जना पुरुष हुन् । कर्णालीमा ४२ हजार आठ सय ७१ वटा औद्योगिक प्रतिष्ठान स्थापना भएका छन ्।

प्रदेश ३ पछि धेरै रोजगारी सिर्जना गर्ने प्रदेश १ देखिएको छ । प्रदेश १ मा एक लाख ६८ हजार ४३४ औद्योगिक प्रतिष्ठान सञ्चालनमा छन् । ती प्रतिष्ठानमा पाँच लाख ८० हजारले रोजगारी पाएका छन् । त्यसमध्ये तीन लाख ३४ हजार १९० पुरुष र दुई लाख ४५ हजार आठ सय १० जना महिला संलग्न छन् । कर्णालीपछि प्रदेश ७ का केही बढी मानिस रोजगारीमा संलग्न रहेको देखिएको छ । प्रदेश ७ मा ८० हजार सात सय ७६ जना महिला र एक लाख ३० हजार आठ सय नौ जना पुरुष गरी दुई लाख ११ हजार पाँच सय ५५ जनाले काम गर्दै आएका छन् । प्रदेश ७ मा ६२ हजार नौ सय ७० वटा औद्योगिक प्रतिष्ठान स्थापना भएका छन् ।गण्डकी प्रदेशमा तीन लाख ४१ हजार आठ सय ११ जनाले रोजगारी गर्दै आएका छन् । एक लाख ८६ हजार ८४ जना पुरुष र एक लाख ५५ हजार सात सय ३४ जना महिला रोजगारीमा संलग्न भएका हुन् । गण्डकी प्रदेशमा एक लाख ६ सय ८८ वटा औद्योगिक प्रतिष्ठान दर्ता भएका छन । गणनाअनुसार प्रदेश २ मा एक लाख १७ हजार पाँच सय ८८ वटा औद्योगिक प्रतिष्ठान दर्ता भएका छन् । ती प्रतिष्ठानमा चार लाख २४ हजार दुई सय ६७ जनाले रोजगारी पाएका छन् । प्रदेश २ मा पुरुष दुई लाख ९४ हजार तीन सय ६३ जना पुरुष र एक लाख २९ हजार नौ सय चार जना महिला संलग्न छन् ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?